HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

कती मुखी रुद्राक्षको के छ महत्व ? जान्नुहोस्

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

भगवान शिवको कृपा पाउन रुद्राक्षको धारण गरिन्छ । शिवको आशुद्धारा उत्पती भएको मानिने रुद्राक्षमा रुद्रको अर्थ शिव र अक्षको अर्थ आशु मानिन्छ ।भगवान शिवसंग जोडिएको यस पवित्र रुद्राक्ष धारण गर्ने ब्यक्तिको रक्षा स्वयम् भगवान शिलले गर्ने मान्यता रहेको छ । रुद्राक्षको धारणले सम्पुर्ण ग्रहको दोष नास हुने धार्मिक मान्यता छ

रुद्राक्षलाई धारण गर्नुपुर्व यसको विधि विधानपुर्वक पुजा गरेर ॐ नमः शिवायको मन्त्र जप गर्नु पर्दछ । बिना मन्त्रको जप रुद्राक्ष धारण गरेमा दोष लाग्ने मान्यता रहेको छ । साउनको महिनामा रुद्राक्ष धारण गर्नु अत्यन्त शुभ मानिन्छ ।

शिवको आर्शिवाद कृपा दिलाउने रुद्राक्षको अलग अलग प्रकार हुने गर्दछ । यसको मुख अनुसार रुद्राक्षको धारणमा अलग अलग लाभ मिल्ने गर्दछ ।जान्नुहोस् कति मुख भएको रुद्राक्ष धारण गर्दा कस्तो फल प्राप्त हुन्छ :एक मुखे रुद्राक्ष:एक मु्खे रुद्राक्ष धारण गर्दा सम्पुर्ण पापबाट मुक्ति पाइने तथा सबै कार्यमा सफलता पाउने विश्वास गरिन्छ ।दुई मुखे रुद्राक्ष:दुई मुखे रुद्राक्ष धारण गर्दा मानसिक शान्ति र व्यापारमा सफलता पाइने विश्वास गरिन्छ ।

तीन मुखे रुद्राक्ष:तीन मुखे रुद्राक्ष धारणले मनुष्यमा आत्मबल बढाउने र धनधान्य बढाउने विश्वास गरिन्छ ।चार मुखे रुद्राक्ष:चार मुखे रुद्राक्ष मानसिक समस्या, रोग र कष्ट निवारण गर्न धारण गर्नु उपयुक्त मानिन्छ ।पाँच मुखे रुद्राक्ष:पाँच मुखे रुद्राक्ष यश कीर्ति र सुख बढाउन धारण गरिन्छ ।छ मुखे रुद्राक्ष:छ मुखे रुद्राक्षको धारण सम्पुर्ण प्रकारका समस्याबाट मुक्ति पाउन र विशेष देवी लक्ष्मीको कृपा पाउन धारण गरिन्छ ।

सप्त मुखे रुद्राक्ष:सात मुखे रुद्राक्ष आयु वृद्धि गर्न अचानक आउने कुनै पनि विपतबाट बच्न धारण गरिन्छ ।अष्ट मुखे रुद्राक्ष:आठ मुखे रुद्राक्ष न्यायालय सम्बन्धी मामलामा विजय पाउन धारण गर्नु उपयुक्त हुन्छ ।नौ मुखे रुद्राक्ष:नौ मुखे रुद्राक्ष शत्रुको नाश गर्न र माता दुर्गाको कृपा पाउन धारण गरिन्छ ।

दस मुखे रुद्राक्ष:दश मुखे रुद्राक्ष भूतप्रेत, बाधा र दुर्घटना लगायतका घटनाबाट बच्न धारण गरिन्छ ।एघार मुखे रुद्राक्ष:एघार मुखे रुद्राक्ष समाजमा प्रतिष्ठा र सम्मान दिलाउन धारण गरिन्छ ।बाह्र मुखे रुद्राक्ष:बाह्र मुखे रुद्राक्ष सम्पुर्ण मानसिक समस्या, अशान्ति एवम् दरीद्रता नास गर्न धारण गरिन्छ ।

तेह्र मुखे रुद्राक्ष:तेह्र मुखे रुद्राक्ष सम्पुर्ण प्रकारका मनोकामना पुरा गर्न धारण गरिन्छ ।चौध मुखे रुद्राक्ष:चौध मुखे रुद्राक्ष आत्म र शारीरिक बल वृद्धिका लागी धारण गरिन्छ ।गौरीशंकर रुद्राक्ष:गौरी शंकर रुद्राक्ष वैवाहिक जीवनलाई सुखमय बनाउन धारण गरिन्छ ।गणेश रुद्राक्ष:गणेश रुद्राक्ष सम्पुर्ण बाधा नास गर्न र सुख सम्वृद्धि प्राप्त गर्न धारण गरिन्छ ।

यसैगरी शङ्ख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो। यो विशेषगरी धार्मिक कार्यमा प्रयोगमा ल्याइन्छ। शङ्ख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो। यो विशेषगरी धार्मिक कार्यमा प्रयोगमा ल्याइन्छ।जीउँदो शङ्ख समुद्रमा पाइने जलचरले बनाएको खबटा हो, यो धेरै जसो वामावर्त अथवा दक्षिणावर्तमा बनेको हुन्छ। प्राचीनकालदेखि नै विभिन्न प्रयोजनमा ल्याइने शंख एक प्रकारको समुद्री चिप्लेकिराको कडा आवरण हो यो समुन्द्रको किनार मा पाईने गर्दछ।

धार्मिक अवसर एवम् सांस्कृतिक कार्यमा यसलाई फूकेर बजाउन पनि सकिन्छ। तसर्थ यसलाई एक बाजाका रूपमा पनि लिइन्छ। नेपाल, भारत, श्रीलंका, बंगलादेश आदि मुलुकमा यसको यसरी प्रयोग भएको पाइन्छ ।विषयसूची १ किसिम २ हिन्दू धर्ममा प्रयोग३ औषधीका रूपमा प्रयोग४ सन्दर्भकिसिम शंख विभिन्न किसिमका हुन्छन्, तीमध्ये दाहिना शंख बहुमूल्य मानिन्छ, जुन निकै महँगो हुन्छ ।

लाखौं शंखमा दाहिना शंख एउटा पाइन्छ ।हिन्दू धर्ममा प्रयोगरामायण, महाभारतमा शंखको महिमा प्रसस्त छ भने हाम्रो समाजमा मंगल कार्यदेखि मृत्युजन्य शोकको घडीमा समेत शंखवादनलाई महत्त्व दिइन्छ । शंख बजाउँदा त्यसको ध्वनिले विभिन्न प्रकारका रोगाणु र विषाणुलाई मार्ने वर्णन ऋग्वेदमा छ ।शंख महाभारतमा वर्णित एक राजा विराटको एक पुत्रको नाम पनि थियो।

यो हिन्दु धर्ममा अति पवित्र मानिन्छ।यो धर्मको प्रतीक मानिन्छ। यो भगवान विष्णुको दायाँ माथिल्लो हातमा शोभायमान देखिन्छ। बिहान र बेलुकी आरती गर्दा शंख बजाइन्छ । पूजापाठ सुरू गर्दा र सकिने बेलामा पनि शंख बजाइन्छ । कतिपय जातिमा मुर्दालाई घाट लैजाँदा शंख बजाउने चलन छ ।औषधीका रूपमा प्रयोग आयुर्वेद उपचारमा शंख भस्मको ठूलो महत्त्व छ ।

शंख भस्म बनाउन शंखलाई माटोको भाँडोमा राखेर पाँच/छ फिट गहिरो खाल्डोमा गुइँठाले पोलेर निकाली घ्यूकुमारीको रसमा पिन्नु पर्छ । यसमा क्याल्सियम, क्याल्सियम सल्फेट, म्याग्नेसियम आदि तत्त्व प्रसस्त पाइन्छन् ।शंख भस्म अम्लपित्त, अनुहारको चाया, डण्डीफोर र खत हटाउन उपयोगी हुन्छ ।

अनिद्राको बिरामीलाई कानमा दुइटा शंख राख्दा समुद्री लहरको कर्णप्रिय आनन्दले निन्द्रा लगाउँछ भने शंख जलले मुख धुँदा अनुहार उज्यालो हुन्छ ।कान पाक्ने रोगको उपचारमा प्रयोग हुने शंख मोतिविन्दु, रतन्धोलगायतका आँखासम्बन्धी रोगमा पनि लाभदायक मानिन्छ । आयुर्वेदमा विभिन्न १५ रोगमा शंखबाट बनाइएका औषधी प्रयोग हुन्छन्।

Previous Post

सुनचाँदीको मूल्य घटेको छ, कतिमा हुँदैछ कारोबार ?

Next Post

चौधरीको नेतृत्वमै टीकापुर घटना भएको सर्वोच्चको ठहर, जन्मकैद मिनाहामा गम्भीर प्रश्न

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

चौधरीको नेतृत्वमै टीकापुर घटना भएको सर्वोच्चको ठहर, जन्मकैद मिनाहामा गम्भीर प्रश्न

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.