HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

महरा बाबुछोरासँग बयान लिन प्रहरीलाई प्रचण्डको निर्देशन

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डु, ३० साउन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९ केजी सुन तस्करी प्रकरणमा संलग्नताको आरोप लागेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि प्रहरीले अभियोजन दर्ता गर्ने बताएका छन् ।

उनले केही दिनभित्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले महरालाई प्रतिवादी बनाएर अभियोजन दर्ता गर्ने बताए । उनले आज÷भोलिमै प्रहरीले त्यसबारे कदम चाल्ने स्पष्ट गरे ।

मंगलबार सम्पादकहरुसँगको छलफलमा उनले सुन तस्करीमा संलग्न जोसुकैमाथि कारबाही हुने बताए । महरालाई आफूले बोलाएर के भएको भन्नेबारे सोधिसकेको उनले जानकारी दिए । प्रहरी उच्च नेतृत्वलाई पनि दोषी देखिए नछाड्ने भनेको प्रचण्डको भनाइ थियो ।

‘प्रहरी नेतृत्वलाई निष्पक्ष छानबिन गर्न भनेको छु’, उनले भने, ‘दोषी कोही नउम्किऊन्, निर्दोष नपरून् भनिएको छ । चिनियाँ व्यापारीले चुरोट (भेप) मा लुकाएर ल्याएको ९ केजी सुन प्रकरणमा महरा मुछिएका छन् ।

तस्कर चिनियाँ नागरिकसँग महरा र उनका छोरा राहुलको पटकपटक कुराकानी भएको प्रतिवेदनसहितको कल रेकर्ड प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ । प्रधानमन्त्रीले महरा संलग्न भएको भए किन अनुसन्धान नगरेको भनेर सोधेको बताए ।

‘प्रतिवेदनमा संलग्न भनेर उल्लेख भगरेपछि महराजीमाथि किन अनुसन्धान भएन र मुद्धा चलेन भनेर प्रहरीलाई भनें’, उनले भने, ‘दोषी नभए आमनागरिकलाई दोषी छैनन् भन्ने कुरा प्रहरीले भन्नुपथ्र्यो ।’

उनले महराका बाबुछोरा संलग्न भए बोलाएर बयान लिन र अनुसन्धान गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिएको प्रचण्डले जनाए ।

Previous Post

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड हुने मिति तोकियो !

Next Post

भोलि देखि बड्यो पेट्रोल र डिजेल को मूल्य

HoKhabar

HoKhabar

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

भोलि देखि बड्यो पेट्रोल र डिजेल को मूल्य

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.