HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

के वास्तवमै दुबोको प्रयोगले हाल फैलिरहेको आँखा पाक्ने समस्या निको हुन्छ त ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

आँखा पाक्ने समस्या अहिले प्रकोप बनिरहेको छ । अस्पतालहरुमा आँखाको समस्या लिएर आउनेको संख्या बढ्दो छ । यस्तोमा धेरैले आँखामा दुबोको रस राखे निको हुने भन्दै यसको प्रयोग गरेको पाइन्छ ।
के वास्तवमै दुबोको प्रयोगले हाल फैलिरहेको आँखा पाक्ने समस्या निको हुन्छ त ?

आयुर्वेदिक चिकित्सक डा. पुनेश्वर केशरी भन्छन्, ‘हाल देखिएको आँखाको समस्यालाई आयुर्वेदिक भाषामा अभिसेन्त भनिन्छ । अर्थात्, आँखाबाट सर्ने संक्रमण । जसमा दुबोको प्रयोगले आँखालाई राहत दिन्छ ।’

दुबोमा एन्टीभाइरल, एन्टीमाइक्रोबियल र एन्टीहेमेर्जिक तत्व हुन्छ । जसकारण यसको रसले आँखा पाक्ने समस्यामा प्रमुख देखिने लक्षण आँखा रातो हुने, पोल्ने तथा चिलाउने समस्यालाई कम गर्ने उनको दाबी छ ।

यद्यपि, आँखामा बाक्लो कचेरा आउने तर चिलाउने र पोल्ने छैन भने दुबो नहालेको बेस हुने र अरु नै उपचार प्रक्रिया अपनाउन उनी सुझाउँछन् । आयुर्वेदको ग्रन्थमा उल्लेख भएअनुसार संक्रमणजन्य समस्या भएकाले संक्रमितको रुमाल, कपडा प्रयोग गर्नुहुँदैन । साथै चश्मा लगाउनाले अरुलाई संक्रमण हुने जोखिम कम हुन्छ ।

यता, दुबोबारे भएका विभिन्न अध्ययनले पनि आँखामा हुने संक्रमणमा दुबो प्रभावकारी हुने उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय जनरल साइन्स अलर्टमा प्रकाशित एक अध्ययन अनुसार दुबोको प्रयोगले आँखासम्बन्धी समस्यामा फाइदा पुर्‍याउनुका साथै खोकी, ऐंठन, झाडापखाला, एपिलेप्सी, टाउको दुखाइ, रक्तस्राव, उच्च रक्तचाप, हिस्टेरिया, ब्रोन्काइटिस, दमा, ट्युमर, सोरुबेलाकेस, दादुरा, मूत्रजनन विकार, घाउ पनि निको पार्न सहायक हुने देखाएको छ ।

त्यस्तै, बच्चाहरूमा दुखाइ, सुजन, दाँत दुखाइमा पनि दुबो उपयोगी हुन्छ ।

कसरी प्रयोग गर्ने ?

-दुबोलाई राम्रोसँग पखालेर यसको रसलाई राम्रोसँग छान्नुपर्छ । किनकि, मसिनो टुक्रा मात्र भयो भने पनि आँखालाई फाइदाको साटो बेफाइदा गर्न सक्छ ।

-संक्रमणरहित सफा सुतीको कपडा सात पटक बेर्ने र त्यसमा दुबो छानेर रस निकाल्नुपर्छ । सो रस दिनको दुई पटक आँखामा एक थोपा लगाउन सकिन्छ । यद्यपि लगाउनुअघि चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा मात्र लगाउनु राम्रो हुन्छ ।

यता, नेत्ररोग विशेषज्ञ डा. बेन लिम्बू भने दुबो आँखा पाक्ने समस्यामा प्रभावकारी हुन्छ भन्ने विषयमा किटान गर्ने नसकिने बताउँछन् । ‘दुबोले फाइदा गर्छ भनेर किटान गरेर हामी भन्न सक्दैनौं । तर कसैलाई यसको प्रयोगले फाइदा गरेको छ भने लगाउँदा हुन्छ,’ उनले भने, ‘तर लगाउनुपूर्व चिकित्सकलाई आँखाको अवस्थाबारे परीक्षण गराउनु आवश्यक छ । जथाभावी कुनै पनि घरेलु उपाय अपनाउनु कहिलेकाहीं जोखिम साबित हुन सक्छ ।’

आँखा पाक्ने रोग लाग्दा आत्तिनु पर्दैन

हाल एडिनो र इन्टरो भाइरसको जीवाणुका कारण मुलुकभर नै आँखा पाक्ने रोगको प्रकोप बढेको छ । तर यो समस्या देखिने बित्तिकै आत्तिहाल्नुनपर्ने डा. लिम्बू बताउँछन् ।

‘यो संक्रमण छिटो गर्ने भए पनि केही दिनपछि आफैं निको हुने हुँदा आत्तिहाल्नुपर्दैन, तर महामारी बन्न नदिन प्रयास भने गर्नुपर्छ, ‘ उनले भने, ‘त्यसको समाधान भनेको एकबाट अर्कोमा सर्न नदिनु हो ।’

त्यसो भए के गर्ने सकिन्छ, त ?

-व्यक्तिगत सरसफाइमा ध्यान दिने

-संक्रमण भएको आँखामा मात्र औषधि लगाउने

-आँसुको माध्यमबाट पनि सर्ने हुँदा रुमाल अरुलाई प्रयोग गर्न नदिने

-सुत्दा अलग सुत्ने

-आँखालाई नचलाउने

-विद्यार्थी वा कार्यालयमा काम गर्ने कर्मचारीमा संक्रमण भए केही दिन घरमै आराम गर्ने

-भीडभाड भएको ठाउँमा नजाने

आँखा धेरै सुन्निएर रगत नै आउने अवस्था भएमा आइसलाई कपडामा बेरेर आँखालाई सेक्न सकिन्छ । आँखामा यो समस्या प्रतिरोधात्मक प्रणाली कम हुने हुँदा अन्य समस्या जस्तै, रुघाखोकी र ज्वरो आउने सम्भावना बढ्छ । जुन सम्भावित जोखिमलाई रोक्न चिकित्सकको सल्लाहमा एन्टीबायोटिक औषधि लिन उनी सुझाउँछन् ।

आँखा पाक्ने बित्तिकै जथाभावी स्टोरायड लगाउनु राम्रो नहुने डा. लिम्बू बताउँछन् । ‘स्टोरायड कडा औषधि हो । जसको प्रयोगले आँखा धमिलो देख्ने समस्या र नानीमा घाउ आउँदा मात्र हुन्छ । त्यसैले जथाभावी आँखा पाक्ने बितिकै स्टोरायड औषधि प्रयोग गर्नु हुँदैन,’ उनी भन्छन् ।

Previous Post

श्रीमान् श्रीमतीको सम्बन्धमा फाटो ल्याउने यी हुन् ५ बानीहरु !

Next Post

पिसाबको संक्रमणदेखि दीर्घरोगको पत्ता लगाउन पिसाबको जाँच ? थाहा पाउनुहोस्

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

पिसाबको संक्रमणदेखि दीर्घरोगको पत्ता लगाउन पिसाबको जाँच ? थाहा पाउनुहोस्

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.