HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

कस्तो खानपान खाने क्यान्सरबाट जोगिन ? जानी राखौ

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
khana set

khana set

136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कुनै पनि रोगको प्रमुख कारण खानपान नै हो । किनकि खानपान नमिल्दा पाचन प्रक्रियामा गडबडी हुन्छ र शरीरमा रोग लाग्छ ।अस्वस्थ खानपान क्यान्सरको पनि कारण बन्न सक्छ । जस्तै मदिरा धेरै सेवन गर्नेलाई मुख, घाँटी र कलेजोको क्यान्सर हुने खतरा हुन्छ भने बोसोयुक्त खानेकुराले आन्द्रामा क्यान्सर हुने जोखिम बढी हुन्छ । आजभोलि प्रायजसो खाना नली र ठूलो आन्द्राको क्यान्सर अत्यधिक मात्रामा देखिन्छ, जुन बोसोयुक्त मासु, तारेको भुटेको, जंकफुड, केमिकल र विषादीयुक्त खानेकुराको दैनिक उपभोग गर्नेलाई देखिन्छ । यसको कुनै अनुसन्धानबाट प्रमाणित भएको छैन ।

क्यान्सर रोगबाट बच्न कस्तो खानपान ?ताजा खानेकुरा, हरियो सागसब्जी, चुकन्दर, बोक्रासहितको गेडागुडी, झोलिलो खानेकुरा, अण्डा, फलफूल, बोसोरहित मासुसँगै फाइबरयुक्त खानेकुरा खानुपर्छ ।खान नहुने खानेकुरामा तारेका, भुटेका, अखाद्य रंग राखिएका र प्रिजरभेटिभ हालेका, बट्टा बन्द गरिएका अचार, बासी खानेकुरा, बासोयुक्त मासु, जंकफुड, केमिकल हालेर उत्पादन वा बनाइएका खानेकुरा खानु हुँदैन । यी खानेकुरा क्यान्सर रोगमा मात्र नभई अन्य रोगमा पनि हानिकारक हुन्छ । साथै धुम्रपान, मद्यपान, खैनी, गुट्का, सुर्तीबाट रहनुपर्छ ।

बेसार र लसुन क्यान्सर प्रतिरोधी हुन्छ ?बेसार र लसुन दैनिक खाँदा क्यान्सरको जोखिम हुने सम्भावना कम हुन्छ । विभिन्न अनुसन्धान अनुसार यो एकदम लाभदायक भएको देखिएको छ । साथै अमेरिकन क्यान्सर सोसाइटी (एसीएस)मा अनुसन्धान भइरहेको छ । तर लसुन वा बेसारकै कारण क्यान्सर नलागेको भनेर कुनै तथ्य वा अनुन्धान गरिएको छैन ।

बेसारमा ‘कुर्कुमिन’ भन्ने तत्व हुन्छ । जसमा एन्टिअक्सिडेन्ट र एन्टिइन्फ्ल्यामेटरी गुण हुन्छ । यसले शरीरमा क्यान्सरका कोष मार्ने र अरू बढ्नबाट जोगाउने काम गर्छ । तर बजारमा पाइने धुलो बेसारमा भने कुर्कुमिन तत्व नै निकालिएको हुन्छ । जसले बेसार खाए वा नखाएकोमा केही फरक पर्दैन । त्यसैले सकेसम्म घरमै उत्पादन गरेर त्यसलाई धुलो बनाएर खान सकिन्छ वा कच्चा पदार्थ किनेर धुलो बनाएर खान सकिन्छ ।

यो स्वास्थ्यका लागि लाभदायक हुन्छ । बिहान वा बेलुका आधा-आधा चम्चा गरी वा एकैपटक सानो एक चम्चा दैनिक खानुपर्छ । यो दूध र पानीसँग सेवन गर्न सकिन्छ । तर हरेक दिन तरकारीमा हालेर खाने बेसार मात्राले भने क्यान्सरको जोखिम न्यूनीकरण गर्दैन ।त्यस्तै लसुनमा पनि एन्टिइन्फल्यामेरी गुण हुन्छ । यसले शरीरमा भएको इन्जाइम्सलाई बढाएर क्यान्सर पैदा गर्ने कार्सिजेनिक तत्व बढ्नबाट रोक्न मद्दत गर्छ । यसमा धेरै मात्रामा जीवाणुनाशक तत्व हुन्छ जसले शरीरलाई संक्रमणबाट बचाउने र प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।

अनुसन्धानअनुसार लसुनको सेवनले खानानली, आन्द्रामा हुने क्यान्सरमा विशेष राहत दिन्छ । त्यसो भन्दैमा अन्य क्यान्सरलाई फाइदा गर्दैन भन्ने होइन । यसले अन्य क्यान्सर पनि उत्तिकै फाइदाजनक हुन्छ ।लसुन टुक्रा नगरी दिनभरिमा चारदेखि पाँच केस्रा खान सकिन्छ । यो पनि लसुनको साइजअनुसार हुन्छ । सकेसम्म लसुन पोलेर वा पकाएरभन्दा पनि काँचै खाँदा उपयुक्त हुन्छ ।

यदि सकिंदैन भने केस्रा टुक्रा नगरी सिंगै तरकारीमा हालेर सेवन गर्न सकिन्छ । किनकि लसुनलाई टुक्राउँदा वा पिसेर धुलो पर्दा त्यसमा हुने औषधीय गुण कटौती हुने गर्छ । त्यसैले बजारमा सहजै पाइने धुलो वा पिनेको लसुनभन्दा गोटा नै सेवन गर्नु लाभदायक हुन्छ । जसमा औषधीय गुण हुन्छ ।

Previous Post

आजको मौसम :देशभर भारी वर्षाको सम्भावना सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाकोअनुरोध

Next Post

कक्षा १२ को नतिजा कहिले आउँछ ? यस्तो छ बोर्डको तयारी

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

कक्षा १२ को नतिजा कहिले आउँछ ? यस्तो छ बोर्डको तयारी

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.