राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने सरकारले मसिनो गरी छानबिन गर्नसके मुख्य दलका अधिकांश नेताहरू जेलमा जानसक्ने संकेत देखिएको बताएका छन् । पार्टीको पश्चिम नवलपरासीमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले मसिनो गरी छानबिन गर्नसके मुख्य दलका अधिकांश नेताहरू जेलमा जानसक्ने संकेत देखिएको बताएका हुन् ।
उनले भने, ‘सरकारले सबै काण्डको छानबिन गर्यो भने औंलामा गन्नसक्ने नेता बाहेक सबै जेलमा हुन्छन्, त्यो रोक्नका लागि बहानाबाजी गरिनेछ हामी निरन्तर खबरदारी गरिरहने छौं ।’
उनले सभापति लामिछानेले भरतपुरमा सञ्चालन गरेको ब्लु बसको बिरोध गर्नुको कुनै अर्थ नभएको समेत बताए ।






Discussion about this post