काठमाडौँ, २३ साउन– प्रमुख प्रतिपक्ष दल एमालेले आजको प्रतिनिधिसभाको बैठक चल्ने दिने भएको छ ।
उपप्रधान एवं गृहममन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिने भएपछि एमाले तत्कालका लागि बैठक चल्न दिन सहमत भएको एमालेका समेतक महेश बर्तौलाले जानकारी दिएका छन ।
आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा भएको तीन दलको शीर्ष नेताहरूको बैठक आज सदन चल्न दिने सहमति भएको एमालेका समेतक महेश बर्तौलाले जानकारी दिएका छन ।
उनले आजको बैठकमा गृहमन्त्रीले जवाफ दिने र नेताहरूले पनि आफ्नो कुरा राख्ने बताएका छन । गृहमन्त्रीले जवाफ दिँदा आफ्नो माग सम्बोधन नगरेर पुनः सदन अवरोध गर्ने एमालेको तयारी रहेको उनले बताएका छन ।
उनले सरकारले प्रतिपक्षलाई गलाउने नीति लिएको बताएका छन । सरकारले प्रतिपक्ष दलहरूबीच पनि फाटो ल्याउने नीति बनाएको उनले बताएका छन ।






Discussion about this post