बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्ड आज विहान १० बजेदेखि बन्द भएको छ ।
सडकखण्डको तिनाउँ गाउँपालिका ३ स्थित दोभान प्रहरी चौकीदेखि सिद्धबाबा हेडबक्स क्षेत्रको सडक छेउछाउका ढुङगा र पहिरो हटाउन बिहान १० बजेदेखि सडक बन्द गरिएको डिभिजन सडक कार्यालय पाल्पाले जानकारी दिएको छ ।
दिउँसो ३ बजेसम्म सडकमा जम्मा भएको पहिरो हटाउन सडक अवरुद्ध गरिएको र अहिले डोजर लगाई काम भइरहेको डिभिजन सडक कार्यालय सडक डिभिजन कार्यालयका प्रमुख प्रमुख ईन्जिनियर केदारप्रसाद नेपालले जानकारी दिएका छन् ।सडक बन्द भएवपछि सिद्धवावामा सवारी साधन रोकिएका छन् ।






Discussion about this post