HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

चामलमा मूल्यवृद्धि गर्नुपर्ने कुनै कारण छैन, गरेको भेटिएमा कारबाही हुन्छ

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अन्तर्राष्ट्रियस्तरमै अर्थात् स्रोत देशमै मूल्यवृद्धि भयो भने त्यो चामल आउँदा हाम्रो बजारमा त्यसको असर पर्ने नै हुन्छ । तर भएको मौज्दातमा मूल्यवृद्धि गर्नुपर्ने कारण छैन । व्यवसायीहरूले पनि पुरानो मौज्दातमा मूल्यवृद्धि हुन दिने छैनौँ र अनुगमनलाई पनि सहजीकरण गर्छाैँ भनेर भनेका छन् । हामीहरू निरन्तर सम्पर्कमै छौँ । तर पनि हामीले बजार अनुगमन गर्दा यदाकदा खुद्रा पसलहरूमा मूल्यवृद्धि भएकोजस्तो देखिएको छ ।
किन मूल्यवृद्धि भयो भन्दा उनीहरूले थोक बिक्रेताहरूबाटै भाउ बढेर आएकाे छ भन्ने गरेका छन् । हामी त्योभन्दा बाहेक अर्को चरणमा गएर अध्ययन गर्दैछौँ । त्यो अध्ययन गर्दा थोक बिक्रेताहरूबाट पनि अर्को आयातकर्ता वा उत्पादककहाँ पुग्नुपर्नेजस्तो अवस्था देखिएको छ । उनीहरूले केही तर्कहरू दिएका छन् । ती तर्कहरू कति सत्यको नजिक छन् भन्ने अध्ययन गर्दैछौँ । जस्तो व्यवसायीहरूका अनुसार चामलको मूल्य बढ्ने कारण भनेको धान किनेर राखेपछि घुनपुत्ला लाग्छ, सुकेर भुस सात/आठ प्रतिशत जान्छ भन्ने छ । केही हदसम्म किरा लाग्छ । बैंकको ब्याज पनि बढिरहेको हुन्छ । अर्को भनेको ढुवानी खर्च पनि बढी छ । त्यो भनेको नेपालगञ्जको धान विराटनगर गयो, अनि विराटनगरमा कुटेर प्याक गरेर काठमाण्डौ पुर्‍यायाे भने ढुवानी खर्च बढी लाग्ने हाे । यसो गर्दा दोहोरो ढुवानी खर्च लाग्यो । अहिले ढुवानीमा पनि भ्याट लाग्ने गरेको छ । यो व्यवसायीहरूको कुरा भयो । यतातिर नजाउँ । यी तर्कहरू कति सत्यको नजिक छन् भन्ने अध्ययन गर्दैछौँ

र्को कुरा, सरकारले बजार हस्तक्षेप गर्ने उद्देश्यले साल्ट ट्रेडिङ कर्पोरेशनको आठ वटा बिक्री केन्द्रबाट काठमाण्डौ उपत्यकाभित्र सुपथ मूल्य पसलबाट चामल बिक्री गर्दैछ । यसको अर्थ मूल्यवृद्धि हुन नदिनका लागि सरकार निरन्तर लागिरहेको छ । अवाञ्छित रूपले मूल्यवृद्धि भएको पाइएमा कानुन बमोजिम कारबाही हुन्छ। भारतमा अहिले नाकाबन्दीको कारण देखाउँदै व्यापारीहरूले मूल्यवृद्धि गर्ने सम्भावना देखिन्छ । अर्को कुरा भारतले अहिले नै मूल्यवृद्धि गर्‍याे भने पनि त्यो आजको भोलि नै मूल्यवृद्धि हुने त होइन । त्यसमा तीन महिना पुग्ने चामल मौज्दात छ भन्ने कुरा तथ्याङ्कले देखाउँछ । त्यसकारण पनि हाम्रो बजार अनुसन्धान केतर्फ केन्द्रित छ भने भन्सार विन्दुमा आइपुग्दाको मूल्य के थियो र यहाँसम्म आइपुग्दा त्यो कहिलेसम्म मौज्दात रहेको छ । हामी यिनै कुराको अध्ययन गरिरहेका छौँ । व्यवसायीहरूलाई पनि हाम्रो विनम्र आग्रह के छ भने पहिले आएर मौज्दात भएको सामग्री साविकको मूल्यमा नै जानुपर्छ ।

हामीले अनुगमन गर्दा पुरानो मौज्दातमा अवाञ्छित रूपले मूल्यवृद्धि भएको पायौँ भने कानुन बमोजिम कारबाहीमा जानैपर्ने हुन्छ ।
हामीले अनुगमनमा जाँदा काठमाण्डौ, ललितपुर र भक्तपुरबाट केही मूल्य सूचीहरू सङ्कलन गरेका थियौँ । त्यसमा केही व्यापारीहरूले कतै कतै थोक व्यापारीहरूबाटै भाउ बढेर आयो भनेका छन् । त्यसकारण हामी त्यस क्षेत्रमा चामल आपूर्ति गर्ने थाेक व्यापारीहरूसम्म पुग्ने कोसिस गरिरहेका छौँ । हाम्रो नियमित अनुगमनमा नागरिकको आधारभूत आवश्यकताका वस्तुहरू नै पर्छन् । एक हप्ताभित्रमा अर्थात् गएको ११ देखि १७ गतेसम्मको कुरा गर्दा ८६ वटा बिक्रेता फर्म, पसल तथा आउटलेटमा अनुगमन गरिसकेका छौँ । त्यसमा २३ वटा फर्मलाई कारबाही भएर नौ लाख १० हजार रुपैयाँ जरिबानासमेत गरिएको छ । याे जानकारी वेबसाइटमा पनि राखेका छौँ

Previous Post

ज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

Next Post

महिलाहरुको स्तनमै किन आकर्षित हुन्छन् पुरुषहरु ?

HoKhabar

HoKhabar

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

महिलाहरुको स्तनमै किन आकर्षित हुन्छन् पुरुषहरु ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.