HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

ललितपुरले बाइक हटाएर राखिदियो बेन्च, स्थानीय भन्छन्- धेरै सजिलो भयो!

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

यहाँ पाँचवटा हरिया बेन्च छन्। बेन्चअगाडि बिरूवा रोपिएका ६ वटा ठूला गमला छन्। इँटा छापिएको भुइँ सफा छ। वरपरि खुला छ।

वृद्धवृद्धाहरू दुखेका गोडा मुर्सादै हरियो बेन्चमा बसिरहेका थिए। केही महिलाहरू गाडी कुर्दै थिए भने कोही साना बच्चालाई खानेकुरा खुवाउँदै बसेका थिए।

यो दृश्य हो ललितपुरस्थित पुलचोकको।

यो फराकिलो फुटपाथले रूप फेरेको एक महिना मात्र भयो। मोटरसाइकल/स्कुटर कोचाकोच गरेर राखिने यो ठाउँलाई ललितपुर महानगरपालिकाले चुटुक्कको सफा पार्कको रूप दिएको हो।

‘पहिले यहाँ बाइक मात्र हुन्थे, हिँड्न पनि मुस्किल थियो। अहिले बाइक हटाएर बेन्च राखिएको छ। हामीलाई बस्न सजिलो भएको छ,’ बेन्चमा आराम गरिरहेका ६५ वर्षीय बलराम महर्जनले भने।

उनी पुल्चोककै बासिन्दा हुन्। दिनभरि घरमा बस्न मन नलागेको बेला अचेल यही पार्कमा बस्न आउँछन्। यहाँ बसेर वरिपरि हेर्न आनन्द मान्छन्।

‘म त दिनमा तीन पटकसम्म यहाँ आउँछु। हामीजस्ता वृद्धलाई बस्न मिल्ने गरीको बेन्च छ। यहाँ सजिलो लाग्छ। सफा र खुला पनि छ,’ उनले भने।

यस्तै दिनभरि मजदुरी गरेर थाकेपछि कृष्ण तिमल्सिना पनि यही पार्कमा आएर समय बिताउँछन्। नुवाकोटका उनी हालसालै मजदुरी गर्न काठमाडौंं उपत्यका आएका हुन्।

Ncell
‘म आएको धेरै भएकै छैन। आउँदा नै यो पार्क थियो,’ ५० वर्षीय कृष्णले भने, ‘काम सकेपछि यहाँ आएर बस्छु। साथीहरूलाई कुर्न पर्दा पनि यहीँ बस्छु। धेरै सजिलो भएको छ।’

यही ठाउँमा बस पर्खेर बसिरहेकी रन्जना राई सिँचाइ विभागमा काम गर्छिन्। पुल्चोकको पार्कमा उनी बसुन्धारा फर्किन बस कुरेर बसेकी थिइन्।

पहिले यहाँ हिँडडुल गर्दा पनि कहिलेकाहीँ मोटरसाइकलमा खुट्टा ठोक्किएको उनले बताइन्। पार्क बनेपछि बस्ने ठाउँ भएकामा उनलाई खुसी लागेको छ।

‘पार्क नहुँदा बस्ने ठाउँ थिएन। बस कुरून्जेल उभिनै पर्थ्यो। ढिला भए जता भेट्यो त्यतै अप्ठ्यारो गरी टुसुक्क बस्नुपर्थ्यो,’ उनले भनिन्, ‘अहिले धेरै सुविधा भएको छ।’

पार्कमा धूमपान निषेध र खुला वातावरण भएकाले सजिलो गरी बस्न पाएको उनी बताउँछिन्।

कार्यालयबाट घर फर्किँदा बस्ने ठाउँ भएजस्तै घरबाट आउने बेला पनि भइदिए सहज हुन्थ्यो भन्ने उनलाई लाग्छ।

ललितपुर महानगरले भर्खरै पालिकाभित्र सात ठाउँमा मोटरसाइकल/स्कुटर पार्किङ हटाएर मानिसहरू बस्ने पार्क बनाएको हो। हालसम्म भने १८ ठाउँमा बनाइसकेको छ। गमलासहित काठका बेन्च भएका सात वटा र रूखसहित सिमेन्टका बेन्च भएका ११ वटा पार्क बनाएको हो।

पैदल र सार्वजनिक सवारीसाधनका यात्रुहरूलाई सुरक्षित रूपमा बस्ने सेवा दिने उद्देश्यले यी पार्क बनाइएको महानगरीय प्रहरी प्रमुख सिताराम हाछेथूले बताए।

‘दिनभरि काम गरेर घर फर्किने बेलामा गाडी कुर्नुपर्छ। बस्ने ठाउँ नभएकाले उभिँदा झन् थकान हुन्छ। स्कुले बच्चाहरू बस कुर्दा भारी झोला बोकेर, आमाबाहरूले बच्चा र सामान बोकेर उभिन नपरोस्, बूढाबूढीलाई चिया पिउँदै कुराकानी गर्ने, बस्न मिल्ने ठाउँ होस् भनेरै हामीले यस्ता पार्क बनाउने अभियान सुरू गरेका हौं,’ हाछेथूले भने।

पार्कमा बिरूवा र बेन्चसँगै फोहोर फाल्ने भाँडो पनि राखिएको छ।

उनका अनुसार महानगरको निर्देशनमा नगर प्रहरी समूहले यी पार्कको डिजाइन गर्छन्। पार्क बनाएपछि त्यसको हेरचाह जिम्मा पनि नगर प्रहरीकै हो।

पार्कमा राखिएका बोटबिरूवाको स्थानीय बासिन्दाले पनि सुरक्षा गरेको हाछेथूले बताए।

‘हामीले गमलामा रोपेका बोटबिरूवा, फूल अहिलेसम्म जस्ताको त्यस्तै छन्। त्यसैले हामी धेरै खुसी छौं। हामीले गरेको काम सबैलाई मनपरेर जतन गरिरहनुभएको छ,’ उनले भने।

पार्कमा साउन महिनाभित्र निःशुल्क इन्टरनेट व्यवस्था पनि गर्ने योजना रहेको उनले बताए।

उनका अनुसार पहिले सवारीसाधन पार्किङ हुँदै आएको ठाउँमा पार्क बनाएपछि अहिले त्यहाँ नजिक व्यवसाय गर्नेहरूले आफ्ना ग्राहकका लागि पार्किङ व्यवस्था आफैं गर्न थालेका छन्। त्यस्तै महानगर आफैंले पनि केही ठाउँमा पार्किङ व्यवस्था गरिदिएको छ।

‘हाल महानगरभित्र २८ ठाउँमा पार्किङ व्यवस्था गरिएको छ,’ उनले भने।

महानगरपालिकाको भवन नजिकै, पाटन अस्पताल, भनिमण्डल, लगनखेल चोक, कुमारीपाटी, कुपण्डोल, महालक्ष्मी स्थान, एकान्तकुनाको यातायात कार्यालयअगाडि लगायत ठाउँमा निःशुल्क पार्किङ व्यवस्था गरिएको उनले बताए।

त्यस्तै महानगरले फुटपाथमा रूखका बिरूवा पनि रोपिरहेको छ। कपुर, चाप, जापानी चेरी, कोइरालो जस्ता रूखका ६ सय बिरूवा रोपिइसकेको महानगरले जनाएको छ।

हाछेथूका अनुसार बिजुलीको तार नछोओस् भनेर यी रूख वर्षमा तीनपटक काँटछाँट गरिन्छ। रूख रोपेपछि गोडमेल, पानी हाल्ने, सबै स्याहारसुसार गर्ने काम नगर प्रहरीकै समूहले गर्छ।

‘सवारी दुर्घटनाबाट रूख भाँचिए दुर्घटना गराउने सवारीधनीले नै रूख किनिदिनुपर्ने नियम छ,’ उनले भने।

साथै एक वर्षभित्र पालिकालाई हरियाली बनाउने महानगरको लक्ष्य छ।

त्यस्तै प्रत्येक वडामा सार्वजनिक शौचालय बनाउने काम अघि बढिरहेको हाछेथूले जानकारी दिए। मान्छेको भिडभाड हुने ठाउँमा सार्वजनिक शौचालय बनाउने योजना हो। हालसम्म तीनवटा वडामा सार्वजनिक शौचालय बनिसकेको छ।

Previous Post

अबको दुइ महिना यी राशिमा हुनेछ बुध देवको कृपा,अत्यन्तै शुभ

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन, साउन १६ गते मंगलबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

HoKhabar

HoKhabar

Related Posts

समाचार

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

by हो खबर
२ घण्टा अगाडि
0
1.2k

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...

Read more

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

२ घण्टा अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन, साउन १६ गते मंगलबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    २ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.