HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

आँखा पाक्ने समस्या र बच्ने उपाय

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

आँखा हाम्रो शरिरको महत्वपूर्ण र संवेदनशील अङ्ग हो । आँखामा विभिन्न खालका समस्याहरु देखा पर्न सक्छन् । आँखा पाक्ने रोगलाई अङ्ग्रेजीमा कन्जङ्टिभाइरस अथवा पिङ्क आई भनिन्छ । यो रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री भागमा पोलेको महशुस हुन्छ । मुख्यतया भाइरस र व्याक्टेरियाको समस्याले आँखा पाक्ने गर्छ ।

आँखामा समस्या देखिँदा आँखा फुस्रो वा रातो देखिनु, त्यस्तै आँखामा पीडा हुनुका साथै पोल्नु, चिलाएको वा केही बिझाएको महशुस हुन, आँखा पाक्ने रोग लागेको आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एकआपसमा टाँसिने हुन्छ । यो रोग लाग्दा आँखाको सेतो भाग सुन्निन पनि सक्छ । यदि आँखा पाक्ने रोगका साथमा एलर्जी भयो भने अझ धेरै चिलाउने हुन सक्छ । यसले एउटा मात्रै वा दुबै आँखामा असर पुर्याउन सक्छ ।

आँखामा भाइरस, ब्याक्टेरिया वा अन्य कारण धुँवा धुलो अथवा स्याम्पु, साबुन आदीले असर गर्दा यस कन्जङ्टिभाइरस सुन्नि पुग्छ र यसकारण आँखा पोल्छ र सुन्निन पुग्छ । र यसमा भएका निकै मसिना रक्तनली सुनिन्छ,फुल्छ र आँखा एकदमै रातो र पाकेको देखिन्छ । आँखा पाकेको मानिसलाई हेर्दैमा आफुलाई सर्दैन । यदि ब्याक्टेरिया वा भाइरसको कारणले कसैलाई आँखा पाक्ने भएको समस्या रहेछ र उसको हातले आँखामा छोएको रहेछ भने सोही हात राम्रोसँग नधोई अन्य तिर छोईदिँदा ब्याक्टेरिया वा भाइरस सबैतिर फैलिन्छ । त्यसपछि त्यस चिजमा छोएर आँखामा लाने सबैको आँखा पाक्ने समस्या हुन सक्छ ।

आँखा हेरेर लक्षणहरुको आधारमा मात्र पनि भाइरस, ब्याक्टेरिया वा एलर्जी कुन कारणले हो भन्ने अनुमान लगाउन सकिन्छ । उदाहरणका लागि यदी आँखा धेरै नै चिलाउँछ भने एलर्जीको कारण हुन सक्छ । प्रायः दुबै आँखा एकैपटक रातो हुन्छ । आँखा मुनी सुनिएको जस्तो कालो दाग जस्तो देखिन्छ । यदि आँखामा चिप्रा छ भने ब्याक्टेरिकाको कारण हुन सक्छ । ब्याक्टेरिकाको कारण हो भने कसैकसैमा पहिले एउटा मात्र आँखा रातो हुने र पछि ब्याक्टेरिया सरेर दुबै आँखा रातो हुन सक्छ । यदि पातलो तरल पदार्थ चुहिरहन्छ र हलुका चिलाउँछ भने भाइरसका कारण हुन सक्छ ।

रोकथाम र उपचार

–एलर्जीको कारण हो भने चिकित्सकको सल्लाहमा लगाउने र खाने औषधी प्रयोग गर्नुपर्छ ।

–ब्याक्टेरियाकाे कारणले हो भने एन्टावाएटिक औषधी लगाउने गर्नुपर्छ ।

–सबैभन्दा धेरै आँखा पाक्ने समस्या भाइरसको कारणले हुने गर्छ । र एक दुई वटा विशेष कम परिस्थितीमा बाहेक अधिकांश केशमा भाइरसको कारणले हुनेलाई कुनै औषधी प्रयोग गर्नु पर्दैन ।

–आँखा पाकेको व्यक्तिले वा रुघाखोकी लागेको व्यक्तिले आफ्नो सामान अरुसँग सेयर गर्नु हुँदैन ।

–बारम्बार साबुन पानीले राम्रोसँग हात धुनुपर्छ । हात र औला आँखामा लैजानु हुँदैन ।

–दिनहुँ नुहाउने, विरामीले दिनहुँ कपडा फेर्ने, सिरानी दिनहुँ फेर्ने गर्नुपर्छ ।

–आँखा पाक्दा कन्ट्याक लेन्स लगाउनु हुँदैन । र हातले छुने सबै सामान नियमित सफा राख्नुपर्छ ।

–आँखा निकै दुख्न थाल्यो र धेरै नै सुनिन थाल्यो भने तुरुन्त आँखाको डाक्टरलाई देखाउनुपर्छ ।

Previous Post

बुटवल लगायतका सिमावर्ती बजारमा फैलियो आँखा पाक्ने रोग,

Next Post

संसदको अवरोध हटाउने प्रचण्ड र ओलीबीच भेटवार्ता

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

संसदको अवरोध हटाउने प्रचण्ड र ओलीबीच भेटवार्ता

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.