१५ साउन–कलाकार सारुक ताम्राकारको मोबाइल परीक्षण रिपोर्ट आएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दान बहादुर कार्कीका अनुसार प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याबबाट ताम्राकारको मोबाइल जाँच रिपोर्ट आएको हो।
३१ वर्षीय सारुकले लेखेको ‘१ पेज लामो’ सुसाइड नोट मोबाइलमा भेटिएको प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले बताएका छन् । सारुक असार २८ मा घरमा मृत अवस्थामा भेटिएका थिए ।
मोबाइलमा नोट लेख्दै सारुकले आफ्ना सबै साथीभाइलाई सम्झेका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘आफ्नो मृत्युमा उनले कसैलाई आरोप लगाएका छैनन् ।’
‘साथीभाइ, आमा र बुवालाई उनले सम्झना गरेका छन्’, ती अधिकृतले भने, ‘आफ्नै कारण घटना भएको नोटमा लेखेका छन् ।’
आफ्नो मृत्युमा कसैलाई दोष नदिएका सारुकले आमालाई सम्झदै भनेका छन्, ‘अर्को जन्म मेरी आमाकै कोखमा जन्म पाऊँ ।’
नोटमा उनले थप लेखका छन्, ‘पुलिसहरू डन्ट फ मि कन्ट्रोभर्सी, इट्स अल माई फल्ट । यो सबै यहीँ अन्त्य हुनु थियो, बन्द भयो । मेक मि रेस्ट इन पिस ।’






Discussion about this post