HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

मृगौला बचाउने हो आजैबाट त्याग्नुहोस् यी ७ खराब बानीहरु,

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मृगौला मानव शरीरको निकै नै महत्वपूर्ण अंग हो। यसले रगतलाई सफा गर्ने तथा शरीरका लागि आवश्यक तत्व छानेर विकारलाई पिसाबको माध्यमबाट बाहिर पठाउने काम गर्दछ। मानव शरीरमा दुईवटा मृगौला हुन्छन्।

मृगौलाको खराबीले तपाईंलाई मृत्युको मुखसम्म पुर्‍याउन सक्छ। त्यसैले मृगौलालाई बचाउनका लागि हामीले निकै सावधानी अपनाउनु जरुरी छ।
हामीले सामान्य मानेर ख्याल नगर्ने कतिपय कुराहरु छन्, जसले हाम्रो मृगौलालाई दिनप्रतिदिन खराब बनाइरहेको छ। आजैबाट यस्तो कुरामा ख्याल गर्‍यौं भने मृगौला नै ड्यामेज हुनबाट बचाउन सक्छौँ।

के-के हुन् त यी सात कुरा ?

१. पानी कम पिउनु: यदि तपाईं पर्याप्त मात्रामा पानी पिउनु हुँदैन भने तपाईंको मृगौला खराब हुने सम्भावना निकै बढी हुन्छ। मृगौलालाई रगत सफा गर्नका लागि पर्याप्त मात्रामा झोलिलो पदार्थको आवश्यकता पर्छ।

पानी कम पिउँदा यसका लागि आवश्यक झोलिलो पदार्थ पुग्दैन, जसका कारण मृगौलाले राम्रोसँग काम गर्न पाउँदैन। यस्तो अवस्थामा तपाईंको शरीरबाट बाहिरिनु पर्ने विकार तत्व शरीरमा नै रहन्छ। यसले शरीरका अन्य अंगहरुलाई त प्रभाव पार्छ नै, मृगौला खराब गर्न पनि निकै ठूलो भूमिका निभाउँछ।

२. पिसाब रोक्नुयदि तपाईंले लामो समयसम्म पिसाब रोक्नुहुन्छ भने यो मृगौलाका लागि निकै घातक बानी हो। यस्तो बानीले मृगौलामा पथ्थरी हुने तथा मृगौला नै ड्यामेज हुने खतरा बढाउँछ। त्यसैले पिसाब लाग्दा रोकेर बस्ने गल्ती कहिल्यै नगर्नुहोस्।

३. नुनको अत्याधिक सेवननुन मानव शरीरका लागि आवश्यक तत्व त हो, तर पनि यसको अधिक सेवन हाम्रा लागि फाइदाजनक हुँदैन। नुनको अत्याधिक सेवनले शरीरमा रक्तचाप बढ्दछ। जसले मृगौलालाई पनि अतिरिक्त बोझ पर्न जान्छ। यस्तो बोझले मृगौलालाई खराब गर्न भूमिका खेल्छ। दिनमा ५ ग्रामभन्दा बढी सोडियम हाम्रा लागि फाइदा जनक हुँदैन।

४. खानामा मिनरल्स र भिटामिनको कमीभोजनमा फलफूल र ताजा सागपात समावेश हुनु मृगौलासहित पूरै शरीरका लागि लाभदायक हुन्छ। मृगौला खराब हुने तथा पथ्थर जम्ने खतरा तब हुन्छ, जब हाम्रो भोजनमा मिनरल्स र भिटामिनको कमी हुन्छ। मृगौलालाई खतराबाट जोगाउनका लागि म्याग्नेशियम र भिटामिन ६ निकै नै महत्वपूर्ण तत्व हो।

५. निद्राको कमीजब हामी मस्त निदाउँछौं, तब हाम्रो मृगौलाका तन्तुहरुको नवनिर्माण हुन्छ। त्यसैले पनि पर्याप्त मात्रामा निदाउनु मृगौलाका लागि अति नै आवश्यक छ। यदि तपाईं पर्याप्त निदाउनु हुँदैन भने यो कार्यमा बाधा पुग्छ। जसको प्रत्यक्ष असर मृगौलामा पर्दछ।

६. कोल्ड ड्रिंक्स सेवनकोल्ड ड्रिंक्स पिउँदै गर्दा सायदैले महसुस गरेका हुन्छन्, यो हाम्रो शरीरका लागि कति हानिकारक छ भन्ने कुरा। अधिक मात्रामा कोल्ड ड्रिंक्स पिउँदा शरीरमा रहेको प्रोटिन पनि पिसाबको माध्यबाट बाहिर निस्किन्छ।

यसको अर्थ भनेको तपाईंको मृगौलाले सही ढंगले काम गर्न सक्दैन भन्ने नै हो। मृगौलाले सही ढंगले काम गर्ने हो भने शरीरलाई आवश्यक तत्व बाहिर निस्किन नै पाउँदैन। यसरी किड्नीले काम नगर्दा नगर्दै अन्ततोगत्वा किड्नी पूरै ड्यामेज हुनसक्छ।

७. रक्सी सेवन र अधिक मांसहारमासु खाँदा हाम्रो किड्नीको काम निकै बढ्दछ। खुराकमा अत्याधिक प्रोटिन हुँदा किड्नी निकै व्यस्त रहनुपर्छ। मासु अत्याधिक प्रोटिन पाइने खाद‍्य पदार्थ हो।

त्यसैले यसले किड्नीलाई निकै व्यस्त राख्दछ। जसले किड्नीलाई खराब बनाउन भूमिका खेल्छ।यसको अर्थ मासुले हाम्रो शरीरमा फाइदा नै गर्दैन भन्ने होइन। मासु आवश्यक छ, तर हाम्रो जस्तो नेपाली पारा (पाएको दिन मासुमात्र खाने, अरु दिन ठण्डाराम) ले मासु खानु फाइदा जनक हुँदैन। सम्भव हुन्छ भने दैनिक भोजनमा

थोरै-थोरै मासुलाई पनि समावेश गर्नु उत्तम हुन्। प्रोटिनका लागि मासु सबैभन्दा महत्वपूर्ण स्रोत हो।साथै रक्सी सेवन पनि किड्नीका लागि प्रतुत्पादक हुनसक्छ। नियमित अल्कोहल सेवन गर्दा किड्नीमा नराम्रो असर पर्दछ।

Previous Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन, साउन १५ गते सोमबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

Next Post

यी हुन् महिलालाई असाध्यै मनपर्ने ५ सेक्स पोजिसनहरु

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

यी हुन् महिलालाई असाध्यै मनपर्ने ५ सेक्स पोजिसनहरु

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.