२ साउन –त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको सुन गालेको ‘प्रत्यक्ष प्रसारण’ गर्ने तयारी गरिएको छ ।
राजस्व अनुसन्धान विभागको टोलीले साउन ३ मा साँझ त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट करिब १ सय किलो सुन बरामद गरेको थियो। राजस्व अनुसन्धान विभागले बरामद ८ पोका सुन राष्ट्र बैङ्कको टक्सार महाशाखामा पठाएको छ ।
राष्ट्र बैङ्कका अधिकारीहरूका अनुसार गालेपछि मात्रै सो सुनको परिमाण तौलिन मिल्छ । तर, गाल्ने प्रक्रिया सुरु गर्न राजस्व अनुसन्धान विभागको पत्र पठाउनुपर्छ ।
राजस्व अनुसन्धान विभागले प्रत्यक्ष प्रसारण (लाइभ) गरेर सुन गाल्ने र तौलिने तयारी गरेको छ । ‘प्रत्यक्ष प्रसारण’ गरेर सुन गाल्नेबारे छलफल भइरहेको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले बताएका छन् । उनले भने, ‘त्यो विषय अहिले छलफलकै क्रममा छ ।’







Discussion about this post