७ साउन– लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राख्दै विरोध जुलुस सहित आज आइतबार सिंहदरबार घेराउ गरेका छन ।
उनीहरूले नव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्न, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न तथा समाजवादी अर्थतन्त्रको विकास गर्न माग राखेका छन ।
उनीहरुले माइतीघर मण्डलाबाट जुलुस सहित थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल, घण्टाघर हुँदै भद्रकाली पुगी कोणसभा गरेका थिए।






Discussion about this post