काठमाडौं। राजस्व अनुसन्धान विभागले विशेष सूचनाका आधारमा करिब एक सय केजी सुन बरामद गरेको छ। ब्रेक सुभित्र लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट पास भइसकेपछि विभागले नियन्त्रणमा लिएको थियो।
विभागका अधिकारीहरू सुराकीका आधारमा ब्रेक सुनभित्र सुन रहेको सूचना आएको बताउँछन्। सुराकीले यो प्रकरणमा ५० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
विभागका प्रवक्ता नवराज अधिकारीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा २९ अनुसार सुराकीले पुरस्कार पाउने बताए।दफा २९ को उपदफा १ मा सुन, हिराको हकमा १० प्रतिशत वा ५० लाख रुपैयाँमध्ये जुन घटी हुन्छ सो बराबरको रकम दिइने उल्लेख छ।







Discussion about this post