काठमाडौ, ५ साउन– नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नाम पछिल्लो सुनकाण्डमा कांग्रेसका नेता जीतजंग बस्नेतले मुछेका छन् ।
नेता बस्नेतले केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा सुन प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री श्रेष्ठ, माओवादी नेता कृष्णबहादुर महराको नाम पनि आएको बताएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेताहरु गृहमन्त्री श्रेष्ठलाई बधाई दिन गएको सन्दर्भ निकाल्दै उनले भने, ‘केही साथीहरु गृहमन्त्रीकहाँ जानुभएको थियो । आज जाऔं न, गृहमन्त्रीको नाम आएको छ । म पनि जान्छु । उहाँको राजीनामा माग्न जाऔं ।’
यस्तै नेता बस्नेतले थपे, ‘हाम्रा साथीहरु अब गृहमन्त्रीकहाँ जाने कि नजाने ?’ पार्टीभित्र सभापति र आफ्नै नेताहरुलाई खुल्याएर आफू ठूलो हुने प्रवृत्ति रहेको उनले बताए ।
सरकारको प्रभावकारिता शून्य रहेकाले यो सरकारमा सहभागी भएर जाने कि नजाने सोच्नुपर्ने बेला आएको नेता बस्नेतले बताए ।







Discussion about this post