दाङ , ५ साउन– प्रहरी दाङको तुलसीपुरमा ७३ वर्षीया वृद्धा महिलालाई बस भित्र सामूहिक बलात्कार गरेको आरोपमा दुई युवालाई पक्राउ गरेको छ ।
पक्राउ र्पाेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान जिल्लाको कुमाख गाउँपालिका – ७ का २० वर्षीय रेशम बिक रहेका छन ।
प्रहरीले वृद्ध महिलामाथि बलात्कार गरी रहेकै अवस्थामा उनीहरुलाई तुलसीपुर बसपार्कबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिएका छन ।
प्युठान स्वर्गद्वारी नगरपालिकाकी ७३ बर्सिया ती महिला राति अबेर मात्रै तुलसीपुर बसपार्क आइ पुगेकी थिइन् । आरोपित दुई जनाले सहयोग गर्ने वाहानामा ललाइफकाइ तुलसीपुर – ५ स्थित बसपार्क भित्र पार्किङ गरी राखिएको ना ४ ख ७८४८ नम्बरको बस भित्र पुराएका थिए। त्यसपछि पालैपालो बलात्कार गरी रहेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
महिलाको चित्कार सुनेपछि स्थानीयले प्रहरीलाई सूचना दिएको र त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी जानकारी दिएका छन ।






Discussion about this post