HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

हातखुट्टा हिलोले खाने समस्याको कारण र उपचार

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

वर्षायाममा हिलोले हातखुट्टा खाने समस्या निकै हुन्छ । यो समस्या खासगरी फंगल संक्रमण र एलर्जीको कारण हुन्छ । जुन क्यान्डिडा र डर्माटोफाइट्स कीटाणुको संक्रमणबाट हुन्छ । हातखुट्टा पानी वा हिलोमा नियमित धेरैबेर बसेर काम गर्दा यी कीटाणुको संक्रमण हुने गर्छ ।

एलर्जीको कारण पनि हातखुट्टा खाने समस्या देखिन्छ । एलर्जीबाट भएमा यो सर्दैन भने फंगल संक्रमणाबाट समस्या भएको छ भने सर्न सक्छ । यसबाहेक हातखुट्टामा हुने छालालाई जोगाउने बाहिरी पत्र कमजोर वा पातलो भएमा पनि यस्तो समस्या आउँछ ।

क–कसलाई बढी हुन्छ ?

खासगरी पानीमा धेरैबेर काम गर्नुपर्ने व्यक्ति, किसान, तरकारी व्यापारी, माछामासु व्यवसायी, माछा मार्ने काम गर्ने व्यक्ति, केमिकलको काम गर्ने व्यक्तिलाई हिलो खाने समस्या धेरै देखिन्छ । बिहानदेखि बेलुकासम्म भान्सामा खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने काममा महिलाहरु बढी सक्रिय हुने भएकाले उनीहरुमा अझ बढी यो समस्या देखिन्छ ।

तर पानीको सम्पर्कमा खासै नआउने व्यक्तिलाई पनि हिलोले खाने समस्या देखिन्छ । मधुमेह, बाथरोग, क्यान्सर, एचआईभी एड्स, अंग प्रत्यारोपण गरेका बिरामी, अन्य दीर्घरोगीमा पनि यस्तो समस्या देखिन्छ ।

लक्षणहरु

एकदमै हात र खुट्टाको कापकापमा चिलाउने, छालाको कत्ला निस्किने, छाला रातो हुने, पानीको फोका उठ्ने सेतो पाप्रा जम्ने, औंलाहरु सुन्निने र दुख्ने गर्छ ।

उपचार

हिलोले खाएको उपचार औषधिबाट हुन्छ । सबैभन्दा पहिले के कारणले भएको हो भन्ने छालारोग विशेषज्ञलाई जाँच गराउनुपर्छ । फंगल संक्रमण वा एलर्जी कुन कारणले भएको हो त्यही अनुसार उपचार गरिन्छ । तर यदि यसमा अन्य ब्याक्टेरियाको संक्रमण भएर घाउ पाक्ने, सुन्निने भएको छ भने शल्यक्रियासमेत गर्नुपर्ने हुन्छ ।

कसरी बच्ने ?

पानीमा सम्भव भएसम्म कम काम गर्ने, पानीमा काम गर्दा हातमा रबरको पञ्जा र खुट्टामा बुट लगाएर गर्नुपर्छ । बेलुका मोइस्चराइजर क्रिम, तेल लगाएर सुत्ने गर्न सकिन्छ । यसबाहेक हिलो पानीमा पसेर काम गर्नुपरेमा हात, खुट्टा र औंलाको कापमा भ्यास्लिन, तेल वा कुनै मोइस्चराइजर दल्नुपर्छ । पसिना सोस्ने खालको मोजा लगाउने, खुट्टा धोएपछि पुछ्ने गर्नुपर्छ ।

Previous Post

अर्थ मन्त्रालयसँग समन्वय गरेर सुन प्रकरणलाई अघि बढाउने गृहमन्त्री श्रेष्ठको भनाई

Next Post

छिटो सुत्ने र ढिलो उठ्ने कुरा अल्पायुमा मृत्यु हुने सम्भावनासँग असम्वद्धः अध्ययन

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

छिटो सुत्ने र ढिलो उठ्ने कुरा अल्पायुमा मृत्यु हुने सम्भावनासँग असम्वद्धः अध्ययन

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.