• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T08:01:50+05:45300120266 2026-06-04T08:01:50+05:45000000Thu, 04 Jun 2026 08:01:50 +0545Thu, 04 Jun 2026 08:01:50 +0545Asia/Kathmandu630_300106Asia/Kathmandu( $3026pAsia/Kathmandu, $80630 = 0 ) { // Thu20266'30 00000050Asia/Kathmandu 620266-8Jun+0545 300106Asia/Kathmandu5030am06p, 0000006ThursdayAsia/Kathmandu5050 262026000000 k620264 3008Asia/Kathmandu 0401ffAsia/KathmanduThu, 04 Jun 2026 08:01:50 +0545Asia/Kathmandu62026-06-04T08:01:50+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 08:01:50 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 01f ( '300106Asia/Kathmandu5030am06p' === $3026pAsia/Kathmandu || '1780539410' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 08:01:50 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:01:50 +05456 $80630 ? 300106Asia/Kathmandu() : 300106Asia/Kathmandu() + (01630) ( 8Asia/Kathmandu30_2026p300120266( '80630_2026ff50Asia/Kathmandu30' ) * 08+05451780539410R_04_thEC+05454Thuth ); } 01f ( '062650qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 08:01:50'; } $300106Asia/Kathmandu15420266Asia/Kathmandu = $80630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450106Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780539410+0545C' ) : 4p_300106Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300106Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450106Asia/Kathmandu( '620264', $300106Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 08:01:50 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:01:50 +05456 $04am30Asia/Kathmandu300106Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 08:01:50 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

खुट्टा किन गन्हाउँछ ? कसरि हटाउने दुर्गन्ध ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कहिलेकाहीं तपाईंलाई यस्तो भएको छ ? कसैको घर वा कार्यालयमा जुत्ता खोलेर पस्नुपर्ने भयो । जसै जुत्ता खोल्नुभयो, खुट्टा ह्वास्सै गन्हायो । अब तपाईंलाई कस्तो हुन्छ ?
भित्र पसौं वा नपसौं ? दोमन हुन्छ । खुट्टालाई ढाकछोप त गर्न सकिएला, तर गन्धलाई कहाँ लुकाउने ? आफ्नो खुट्टाको गन्धले अरुलाई बस्नै असहज पो हुने हो कि ? त्यहाँ बसुञ्जेल तनावग्रस्त रहनुहुन्छ । कहिले यहाँबाट उम्कने होला ? तपाईंको मनमा यस्तै कुराहरु खेल्न थाल्छ । अन्ततः तपाईंले आत्मविश्वास गुमाउनुहुनेछ । निर्धक्क बोल्न सक्नुहुन्न । ढुक्कले बस्न सक्नुहुन्न । लाज र ग्लानिले छटपटी हुनेछ ।

कुरा त मामुली हो, जुत्ता वा खुट्टा गन्हाउनु । तर यसले तपाईंलाई मानसिक रुपमा कति कमजोर बनाइदिन्छ ?

खुट्टा किन गन्हाउँछ ?

लामो समय एउटै जुत्ता-मोजा प्रयोग गरेपछि खुट्टा गन्हाउँछ । तर कतिपयको समस्या के हुन्छ भने एकपटक जुत्ता लगाउँदा पनि ह्वास्सै गन्हाउने ।

खुट्टा गन्हाउनु ‘मेडिकल कन्डिसन’ नभए पनि कहिलेकाहीं उपचार नै गर्नुपर्ने स्थिति पनि हुन्छ । खुट्टा किन गन्हाउँछ ? यसबाट बच्न के गर्न सकिन्छ ?

कारण-१

गर्मीयाममा यसै पनि खुट्टा गन्हाउने समस्या बढी हुन्छ । जुत्ता लगाएर हिंडडुल गर्दा पसिना आएर गन्ध निस्कन्छ । खुट्टा गन्हाउनुको मुख्य कारण नै त्यहाँ आउने पसिना हो । शरीरको अन्य भागमा भन्दा खुट्टामा पसिना आउने ग्रन्थि बढी हुन्छ ।

हातमा पसिना आउने मान्छेको शरीरमा पनि बढी पसिना आउँछ । यसलाई मेडिकल भाषामा हाइपरहाइड्रोसिस भनिन्छ । यस्तो समस्या आनुवांशिक, हर्मोनल परिवर्तन वा चिकित्सकीय स्थितिले गर्दा हुन्छ ।

जब खुट्टामा पसिना आउँछ, यसले मोजा र जुत्तामा ब्याक्टेरिया जम्मा हुन थाल्छ । यसैबाट गन्ध आउँछ ।

कारण-२

खुट्टामा पसिना आएपछि त्यो सुक्न पाउँदैन । यसरी सिञ्चित पसिनामा ब्रोविब्यामकटेरिया र प्रोपियोनिब्याक्टेरिया जस्ता ब्याक्टेरिया थुप्रिन थाल्छ र यसले दुर्गन्ध बनाउँछ ।

कारण-३

खुट्टा गन्हाउनुमा मौसमले पनि असर गरिरहेको हुन्छ । गर्मीमा बढी पसिना आउने नै भयो । पसिनाले गर्दा खुट्टा ओसिलो भइरहन्छ, जसले फंगस बढ्न थाल्छ । यही फंगस इन्फेक्सनको कारण खुट्टा गन्हाउँछ ।

कारण-४

कसिलो जुत्ताको कारण पनि खुट्टा गन्हाउँछ । कसिलो जुत्ता लगाउँदा भित्र हावा खेल्न पाउँदैन । त्यहाँ पसिना आउँछ र गन्हाउँछ ।

खुट्टा राम्ररी नधुने, एउटै मोजा बारम्बार प्रयोग गर्ने, जुत्ता सफा नगर्ने जस्ता बानीले पनि खुट्टा गन्हाउँछ ।

अब के गर्ने ?

यसको सरल समाधान भनेको खुट्टा सफा र सुख्खा राख्नु हो । मोजा नियमितजसो परिवर्तन गर्नु, जुत्ता सफा राख्नु नै हो । त्यसबाहेक खुट्टामा फिटकिरी दल्ने, कपुरको प्रयोग गर्ने काम पनि प्रभावकारी हुनसक्छ ।

सम्भव भएसम्म गुणस्तरीय मोजा लगाउनुपर्छ । सुतीको कपडाको मोजा धेरै उपयोगी हुन्छ । कतिपयलाई धेरै पसिना आउने समस्या हुन्छ । उनीहरुले लसुन तथा प्याज जस्ता गन्ध आउने खानेकुरा सकेसम्म नखाएकै राम्रो ।

जुत्ता परिवर्तन

एउटै जुत्ता बारम्बार प्रयोग गरिरहँदा त्यो मैला हुने र त्यसभित्र ब्याक्टेरिया फैलिने हुन्छ । पसिना आएपछि त्यही ब्याक्टेरिया सक्रिय भएर गन्ध आउँछ । त्यसैले सम्भव भएसम्म एउटै जुत्ता लगातार प्रयोग गर्नुहुँदैन ।

खुट्टा धुने र सुकाउने

खुट्टा गन्हाउने समस्या भएकाहरुले खुट्टाको सफाइमा चाहिं विशेष ध्यान दिनु जरुरी हुन्छ । दिनहुँ राम्ररी खुट्टा धुने र त्यसलाई सुख्खा हुन दिने गर्नुपर्छ । यसैगरी मोजा पनि परिवर्तन गरिरहनुपर्छ ।

नङको सफाइ

नङ काट्ने र सफा राख्ने गर्नुपर्छ । खुट्टामा रहेको खराब छालालाई हटाएर सुख्खा राख्नुपर्छ । गिलो वा ओसिलो छालामा कीटाणु हुर्कन्छ ।

कसिलो जुत्ता प्रयोग नगर्ने

कसिलो जुत्ता होइन, आफ्नो खुट्टाको आकारभन्दा केही खुकुलो वा सहज जुत्ता लगाउनुपर्छ ।

पाउडरको प्रयोग गर्ने

खुट्टा गन्हाउने समस्याबाट पार पाउन दुर्गन्ध हटाउने पाउडर प्रयोग गर्न सकिन्छ । अहिले बजारमा दुर्गन्ध हटाउने विभिन्न किसिमका पाउडर उपलब्ध छन् । यस्तो पाउडरले दुर्गन्ध आउने ब्याक्टेरियालाई मार्न मद्दत गर्छ ।

Previous Post

बरामद सुन जोख्नका लागि टक्सार लगियो

Next Post

अर्थ मन्त्रालयसँग समन्वय गरेर सुन प्रकरणलाई अघि बढाउने गृहमन्त्री श्रेष्ठको भनाई

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

अर्थ मन्त्रालयसँग समन्वय गरेर सुन प्रकरणलाई अघि बढाउने गृहमन्त्री श्रेष्ठको भनाई

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ३ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In