HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,साउन महिनाको हेर्नुहोस : राशिफल

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) 

कुनै संघसंस्थामा आबद्ध रही काम गर्नुपर्दा केही व्यस्त भइएला । छोराछोरीको जिद्दीपनालाई तह लगाउन कुनै कुरामा सम्झौता गर्नुपर्नेछ । एक–अर्काको कुरा बुझी काम गर्नसके दाम्पत्य जीवन सरल रहनेछ । विभिन्न कामको जिम्मेवारीले आफ्नो काम र स्वास्थ्यलाई पनि समय दिन कठिन पर्नसक्छ । बोली एवं व्यावहारिक काम गर्दा सजगता अपनाउनुपर्नेछ । सम्बन्धित मानिससँग मात्र गोपनीय कुरा गर्दा राम्रो हुनेछ ।

वृष  ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) 

मनकोतनाव हटेर जानेछ । काम गर्ने जाँगर बढ्न गई शरीर पनि स्वस्थ रहनेछ । प्रायः सबै काम आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । आर्थिक एवं व्यापारिक क्षेत्र सुदृढ रहनेछ । कुनै काम विशेषले कतै जानुपर्ने हुनसक्छ । तपाईको इच्छा र मानको ख्याल गर्दै काम गर्ने प्रयास हुनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । व्यक्तिगत काममा सफलता मिल्नेछ । दाम्पत्य जीवनमा आपसी माया एवं सद्भाव कायम रहनेछ । प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) 

कुनै कुराले मन अस्थिर हुनसक्छ । कुनै कुराको निर्णय गर्नुपूर्व राम्ररी सोच्नुपर्नेछ । सुरु गरेको काम क्रमशः पूरा हुँदै जानेछ । सबै कुरा आफूअनुसार नहुन सक्छ । सोचेअनुसार काममा सफलता पाउन निकै परिश्रम गर्नुपर्नेछ । जोडीबाट अपेक्षित साथ एवं सहयोग पाइनेछ । पारिवारिक खुसीका निमित्त कुनै कुरामा सम्झौता गर्नुपर्ला । आर्थिक पक्ष सुदृढ भए पनि खर्च पनि भैरहनेछ । अनावश्यक खर्चबाट बच्न प्राथमिकतानुसारका कुरामा मात्र जोड दिनुपर्नेछ ।

कर्कट  ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) 

योजनानुरूप काममा सफलता मिल्दै जानेछ । दाम्पत्य जीवनमा जोडीबाट अपेक्षित सुख एवं सद्भाव पाइनेछ । आफ्नो इच्छानुसारका काममा आफूलाई संलग्न गराउने मौका मिल्नेछ । कुनै कामविशेषले कतै यात्रा हुनेछ । खानपान र आरामको उचित प्रबन्ध हुनेछ । व्यक्तिगत काम एवं खुसीका लागि केही खर्च हुनेछ । कतैबाट कुनै उपहार मिल्नेछ । पारिवारिक सुख एवं सहयोग मिल्नेछ । कतिपय कुरामा चित्तबुझ्दो सफलता नमिल्दा मन खिन्न हुनसक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) 

स–साना कुराको पनि निकै ख्याल गर्नुपर्नेछ । अनपेक्षित रहँदै आफ्नो स्वास्थ्य र खानपानको आफैले ख्याल गर्नुपर्नेछ । समयानुसारका काम आफैं गर्दा मन खुसी रहनेछ । प्राथमिकताका कुरामा मात्र ध्यान दिन सके आफैंलाई सहज हुनेछ । के कुरा कत्तिको उपयुक्त र महत्वपूर्ण छ भनी आफैले सोची काम गर्नुपर्नेछ । अनावश्यक खर्चबाट बच्न किनमेल गर्दा सजग रहनुपर्ने बेला छ । समय र कामको तालमेल मिलाउन सके आपूmलाई समय दिन सकिनेछ । कसरी मन सुखी र तन स्वस्थ रहन्छ भन्ने कुराको ख्याल गर्नसके आफन्तलाई सजिलो हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

तपाईंको कामकुरालाई लिएर समाजमा चर्चा हुनेछ । तपाईंको वाकपटुता र कार्यदक्षताको उचित कदर हुनेछ । कामविशेषले कतैको यात्रा गर्नुपर्नेछ । दाम्पत्य जीवनमा माया एवं समझदारी कायम रहनेछ । छोराछोरीबाट पनि सुख एवं सन्तोष मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । व्यापारिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । कतैबाट रोकिएको रकम हात लाग्नेछ । कुनै नयाँ कामका लागि प्रस्ताव आउनसक्छ । नयाँ रोजगारीको सम्भावना पनि छ । समयानुसार कामको प्राथमिकता हेरी आफैंले निर्णय गर्नुपर्नेछ । जे कुराले मनमा सन्तोष हुन्छ त्यही काम गर्दा मन तनावरहित रहनेछ ।सबै कुरा सोचेअनुसार मिल्दै जानेछन् ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) 

कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । मनमा भएको तनाव हटी शरीर स्वस्थ रहनेछ । रोकिएको कामले गति लिन थाल्नेछ । सोचेअनुसार सबै काममा सफलता मिल्दै जानेछ । प्रतिस्पर्धात्मक क्रियाकलापमा सफलता मिल्नेछ । रमाइलो पारिवारिक जमघट हुनेछ । साथीहरूसित कतै रमाइलो भेटघाट गर्ने कार्यक्रम बन्नसक्छ । छोराछोरीबाट अपेक्षित सुख एवं सन्तोष पाइनेछ । दाम्पत्य जीवनमा सोचेजस्तै समझदारी कायम रहनेछ । नचाहँदा नचाहँदै पनि अनपेक्षित विवाद हुनसक्छ । सकेसम्म कुराकानी गर्दा जिस्किने वा ठट्टा गर्ने कार्य नगर्नु नै राम्रो हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । काम नै सुझबुझले समाधान हुनेछ । आर्थिक पक्ष राम्रै भए पनिआकस्मिक बाधा आए पनि अनपेक्षित खर्च हुनेछ । आर्थिक लेनदेनको काममा सजग रहनुपर्ने बेला छ । दाम्पत्य जीवनमा सोचेजस्तै समझदारी कायम रहनेछ । कतैबाट आकस्मिक उपहार प्राप्त हुनेछ । धार्मिक कार्यमा मनको झुकाव बढ्नेछ । कसैकसैलाई केही समय माइती गएर बस्ने मौका मिल्नेछ । व्यक्तिगत कामका लागि समय दिन पाइनेछ । कामका साथसाथै स्वास्थ्य र खानपानमा पनि ध्यान दिनुपर्ने बेला छ ।

धनु  ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

पारिवारिक सुख–समृद्धि बढ्नेछ । कुनै नयाँ ठाउँको अवलोकन गर्ने मौका मिल्नेछ । साथीहरूसित भेटघाट गर्ने अवसर जुर्नसक्छ । कसैलाई सन्तान लाभको योग पनि छ । कुनै–कुनै कुरा आफूले सोचेअनुसार नहुनसक्छ । दाम्पत्य जीवनमा कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ । कुनै निर्णयात्मक कार्य गर्दा मनमा दोधार हुनेछ । शान्त, धैर्य र सकारात्मक रहँदै काम गर्नुपर्नेछ । स्वास्थ्य, खानपान र व्यायामको पनि ख्याल गर्नुपर्ने बेला छ ।

मकर  ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) 

आफ्नो इच्छा मुताबिक सबै कुरा मिल्दै जानेछन् । प्रतिस्पर्धात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै व्यापारिक क्षेत्रमा सफलता मिल्नेछ । सन्तान सुखको योग छ । व्यक्तिगत काममा सफलता मिल्नेछ । कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । पेटको समस्या हुनसक्ने योग रहेकाले स्वास्थ्यमा सजग रहनुपर्ने बेला छ । सोचेअनुरूप काममा सफल हुन निकै खट्नुपर्नेछ । कुनै पनि निर्णायक काम गर्नुअघि राम्ररी सोचविचार गर्नुपर्ने बेला छ । हतारमा कुनै काम नगर्नु नै उचित हुनेछ ।

कुम्भ  ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) 

मनमा भएको द्विविधा हटेर जानेछ । काम गर्ने उत्साह एवं पराक्रम बढ्दा शरीर स्वस्थ रहनेछ । प्रतिस्पर्धात्मक क्रियाकलापमा छानिने प्रबल सम्भावना छ । रिस गर्ने व्यक्तिहरू आफै तर्किन थाल्नेछन् । काममा मन रम्न थाल्नेछ । व्यक्तिगत क्रियाकलापमा पनि समय दिन भ्याइनेछ । पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । आत्मविश्वास बढ्न जाँदा जसले जे गरे पनि केही फरक पर्ने छैन । व्यावहारिक कार्य गर्दा भने सजग रहनुपर्नेछ । अनपेक्षित विवादबाट बच्न कुराकानी गर्दा निकै विचार पु¥याउनुपर्नेछ ।

मीन  ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) 

व्यक्तिगत काम गर्दा गोपनीयतामा ध्यान दिनुपर्नेछ । अनपेक्षित रहँदै काम गर्दा मनमा सन्तोष मिल्नेछ । राम्रै हिसाबले काम गर्दागर्दै पनि दाम्पत्य जीवनमा सामान्य विवाद हुनसक्छ । छोराछोरीलाई हात लिन तिनैको तौरतरिकालाई अपनाउनुपर्नेछ । मनस्थिति बुझी सोहीअनुरूप काम गर्न सके पारिवारिक वातावरण सुखमय रहनेछ । कसैले भनेको कार्यक्षेत्रमा सक्रिय रहनसके सम्भावित अपजसबाट बच्न मनमा घत पर्नसक्छ । केही समय व्यक्तिगत कामका लागि छुट्याउन सके मन तनावरहित रहनेछ ।

Previous Post

गाउँमा भन्दा सहरमा बस्नेहरूको किन बढी हुन्छ ‘हाई ब्लड प्रेसर’ ?

Next Post

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना,मौसम पूर्वानुमान

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना,मौसम पूर्वानुमान

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.