काठमाण्डौ, ३ असार– काठमाण्डौं महानगरपालिकाको टोली भद्रकुमारी घले सेवा सदन खाली गराउन काठमाण्डौंको अनामनगर देवीनगर पुगेको छ ।
सार्वजनिक जग्गा अतिक्रमण गरेर सेवा सदन सञ्चालन गरेको भन्दै महानगरले उक्त भवन खाली गराउन नगर प्रहरी परिचालन गरेको हो ।
सेवा सदनमा रहेका सामग्रीहरु हटाएपछि उक्त स्थानमा डोजर चलाउने काम भइरहेको महानगरका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिएका छन ।
काठमाण्डौ महानगरपालिका–१० देवीनगरमा रहेको भद्रकुमारी घले सेवा सदनले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले तीन दिनभित्र सबै संरचना खाली गर्न अल्टिमेटम दिएको थियो ।
सदनले ५ रोपनी १२ आनामा बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालय, उपभोक्ता सहकारी संस्थालगायत संस्था सञ्चालन गर्दै आएको छ ।






Discussion about this post