HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

ब्रेन ट्युमरका यी सामान्य १० लक्षणलाई भूलेर पनि नगर्नुहोस् वेवास्ता

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कहिलेकाहीँ टाउको दुख्नु स्वाभाविक हो । तर तपाईंलाई बारम्बार टाउको दुखिरहेको त छैन रु यदि छ भने, जचाइहाल्नुस्। त्यो गम्भीर समस्या हुनसक्छ। बारम्बार टाउको दुख्नु ब्रेन ट्युमरको संकेत पनि हुनसक्छ। ब्रेन ट्यूमर एक गम्भीर समस्या हो। समयमै रोग पत्ता लागेर उपचार भएको खण्डमा यो रोग निको हुन्छ। उपचारमा भएको थोरै मात्र ढिलाइले ज्या’नसमेत जानसक्छ।

विशेषगरी, ब्रेन ट्युमर भएमा मस्तिष्कको एउटा कोषिका वा अन्य थुप्रै कोषिका असामान्य रुपले बढ्न थाल्छन्, जसका कारण अन्य कोषिका क्षतिग्रस्त हुन थाल्छन्। कुनै ब्रेन ट्युमर वंशाणुगत कारणले हुनसक्छ भने कुनै रेडियसनमा एक्सपोज हुनाले पनि हुनसक्छ। सुरुवाती अवस्थामै यसको पहिचान भएको खण्डमा यो रोग पूर्णतया निको पार्न सकिने भएकाले यसको लक्षणबारे गहिराइमा बुझ्न आवश्यक छ।

टाउको दुख्नु: टाउको दुख्नु ब्रेन ट्युमरको सबैभन्दा पहिला तथा सामान्य लक्षण हो। ब्रेन ट्युमर भएमा सुरु-सुरुमा टाउको दुख्ने समस्या बिहानको समयमा बढी हुने गर्छ र पछि लगातार हुने गर्छ । यस्तो दुखाइ कयौंपटक यति धेरै हुन्छ कि मानिसले आफ्नो मानसिक सन्तुलन नै गमाउन सक्छ। यदि तपाईलाई पनि लगातार टाउको दुख्छ भने एकपटक अवश्य चिकित्सकलाई जचाउनुस् ।

उल्टी आउनु तथा खान मन नलाग्नु: ब्रेन ट्युमरको अर्को लक्षण भनेको वान्ता हुनु हो । कहिलेकाहीँ टाउको दुख्नाले दिनभर केही खान मन लाग्दैन । टाउको दुख्ने समस्या झैं वान्ता हुने समस्या पनि सुरुसुरुमा विहानको समयमा धेरै हुने गर्छ। तर पछिपछि भएपछि यो समस्या बढ्दै जान्छ। शरीर असन्तुलित हुनु: ब्रेन ट्युमर भएमा अक्सर रिङ्गटा लाग्ने गर्छ। कहिलेकाहीँ धेरै रिङ्गटा लागेमा मानिस ढल्नेसमेत गर्छ । विशेषगरी ट्युमर सेरिबेलममा भएमा यसले शारीरिक सन्तुलनलाई प्रभावित पार्ने गर्छ, जसले गर्दा कयौंपटक हिँड्दा हिँड्दै शरीरको सन्तुलन विग्रेर मानिस ढल्ने गर्छ।

मुर्छा पर्नु: ब्रेन ट्युमरका कारण जब कोषिकाले मस्तिष्कभित्र आफ्ना जालो विछ्याउन थाल्छ वा फैलिन थाल्छ तब यसले वरिपरिका कोषिकालाई समेत प्रभावित पार्ने गर्छ। जसका कारण विरामी बारम्बार मुर्छा पर्ने तथा बेहोश हुने गर्दछ। हात खुट्टामा ऐठन महसुस हुनु: ट्युमरको कोषिका जब प्याराइटल लोबमा हुन थाल्छ, तब मानिसको हात तथा खुट्टामा अचानक ऐठन हुन सुरु हुन्छ । उसलाई आफ्नो शरीरका सबै अंग निस्कृय हुन थालेको महसुस हुन्छ। यो प्यारालाइसिस हुनु पूर्वको अवस्था हो ।

प्यारालाइसिस महसुस हुनु: ब्रेन ट्युमरका कारण कयौंपटक मानिसको शरीरका विभिन्न अंगहरुबाट मस्तिष्कको कन्ट्रोल टुट्ने गर्छ। जसका कारण उसलाई ति अंगको संवेदनशीलता महसुस हुन सक्दैन । विरामीलाई प्यारालासिस वा पक्षघात भएजस्तो महसुस हुन्छ। यस्तो परिस्थितिमा हात तथा खुट्टाले काम गर्न बन्द गर्छ। यो स्थिति त्यतिबेला पैदा हुन्छ, जब मानिसको मस्तिष्कको प्याराइटल लोबमा ट्यूमर हुने गर्छ।

बोल्नमा समस्या: मस्तिष्कले शरीरका हरेक अंगलाई नियन्त्रण गर्दछ। त्यसैले, ट्युमरको कोषिका जुनसुकै कोषिकाको सम्पर्कमा आएपनि त्यसले उक्त कोषिकालाई प्रभावित पार्ने गर्दछ। यसैगरी, जब यी कोषिका ट्यापोरल लोबमा प्रवेश गर्छन्, तब व्यक्तिलाई बोल्नमा समस्या हुन्छ । यही कारण व्यक्तिको आवाज हराउनुका साथै उनीहरुको मुखसमेत बाङ्गिने गर्छ।

स्वभावमा परिवर्तन: ब्रेन ट्युमरका कारण हाम्रो अंग तथा मानसिक अवस्थामा मात्र नभइ स्वभावसमेत प्रभावित हुने गर्छ । ट्युमर अगाडिको लोबमा पुगेमा त्यसले व्यक्तिको स्वभावमा समेत परिवर्तन ल्याउँछ। व्यक्तिले आफ्नो व्यवहारलाई नियन्त्रण गर्न सक्दैन, जसका कारण उसमा चिडचिडापन तथा उदासी आउने गर्छ। सुन्नमा कठिनाइब्रेन ट्यूमर जब व्यक्तिको ट्यापोरल लोबमा पुग्दछ, तब यसले बोल्नमा मात्र नभई सुन्नमासमेत समस्या उत्पन्न गराउँछ। कयौंपटक त कानको जाली पनि फाटे झैं महसुस हुन्छ।

कमजोरी महसुस हुनु: ब्रेन ट्युमरको सुरुवाती लक्षणमा टाउको दुख्नुका साथै कमजोरी महसुस हुनथाल्छ। जब मस्तिष्कमा ट्युमर पलाउन थाल्छ, तब वरिपरिका कोषिका प्रभावित हुन थाल्छन्। जसका कारण टाउको दुख्नुका साथै सम्पूर्ण शरीर कमजोर भएको महसुस हुन थाल्छ।

Previous Post

नक्कली महले झुक्याउँछ, कसरी चिन्ने शुद्ध मह ?

Next Post

अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली जादै

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली जादै

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.