• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T08:07:07+05:45300720266 2026-06-04T08:07:07+05:45000000Thu, 04 Jun 2026 08:07:07 +0545Thu, 04 Jun 2026 08:07:07 +0545Asia/Kathmandu630_300706Asia/Kathmandu( $3026pAsia/Kathmandu, $80630 = 0 ) { // Thu20266'30 00000007Asia/Kathmandu 620266-8Jun+0545 300706Asia/Kathmandu0730am06p, 0000006ThursdayAsia/Kathmandu0707 262026000000 k620264 3008Asia/Kathmandu 0407ffAsia/KathmanduThu, 04 Jun 2026 08:07:07 +0545Asia/Kathmandu62026-06-04T08:07:07+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 08:07:07 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 07f ( '300706Asia/Kathmandu0730am06p' === $3026pAsia/Kathmandu || '1780539727' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 08:07:07 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:07:07 +05456 $80630 ? 300706Asia/Kathmandu() : 300706Asia/Kathmandu() + (07630) ( 8Asia/Kathmandu30_2026p300720266( '80630_2026ff07Asia/Kathmandu30' ) * 08+05451780539727R_04_thEC+05454Thuth ); } 07f ( '062607qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 08:07:07'; } $300706Asia/Kathmandu15420266Asia/Kathmandu = $80630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450706Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780539727+0545C' ) : 4p_300706Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300706Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450706Asia/Kathmandu( '620264', $300706Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 08:07:07 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:07:07 +05456 $04am30Asia/Kathmandu300706Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 08:07:07 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

साबधान ! किन बालबालिकामा रुघाखोकीको राम्रो उपचार नभए निमोनिया हुनसक्छ ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

चिसो बढेसँगै स्वास्थ्य संस्थामा रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । चिसो मौसममा पाँच वर्षमुनिका बालबालिकालाई रुघाखोकी, झाडापखाला, निमोनियाजस्ता समस्या देखिने गर्छ ।

अभिभावकले ख्याल नगर्दा वा गलत उपचार गर्दा बालबालिकाको स्वास्थ्यमा जटिलता देखिने र कतिपयलाई आईसीयूमै राख्नुपर्ने अवस्था आएको वरिष्ठ बाल रोग विशेषज्ञ प्रा.डा.गणेश राई बताउँछन् ।

आफूकहाँ आउने बिरामीमध्ये दुई तिहाइ भन्दा बढी रुघाखोकीजन्य समस्या लिएर आएको उनको भनाइ छ । चिसो मौसममा बालबालिकामा देखिने स्वास्थ्य समस्या र त्यसबाट जोगिन अपनाउनुपर्ने सतर्कताबारे डा. राईसँग अनलाइनखबरका पुष्पराज चौलागाईंले गरेको कुराकानीको सम्पादित अंश :

चिसो मौसममा बालबालिकामा कस्तो समस्या देखिन्छ ?

श्वासप्रश्वासजन्य र विन्टर झाडापखाला बढी देखिन्छ । विन्टर झाडापखालामा बान्ता पखाला हुन्छ । रुघाखोकी लागेमा ४–५ दिनमा ठीक हुन्छ, दुई–तीन दिन ज्वरो आउन सक्छ । तर, रुघाखोकीको भने राम्रो उपचार नभए निमोनियासमेत हुन सक्छ ।

बालबालिकालाई सास फेर्न गाह्रो हुने, लामो–लामो सास फेर्ने समस्या देखिए निमोनियाको शंका गर्नुपर्छ । दमको समस्या देखिए छाती घ्यारघ्यार हुन्छ । समयमै उपचार नपाए जटिलता बढेर आईसीयूमै भर्ना गर्नुपर्ने हुन सक्छ ।

भनेपछि चिसो मौसम बालबालिकाका लागि जोखिमपूर्ण हुन्छ ?

बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । चिसो समयमा न्यानोका लागि धेरै जना एउटै कोठामा बस्ने प्रचलन छ । यस्तो बेला श्वासप्रश्वासको माध्यमबाट बालबालिकामा रुघाखोकी सर्ने सम्भावना हुन्छ ।

रुघाखोकी पनि गर्मी मौसममा भन्दा जाडोमा बढी लाग्छ । रुघाखोकीको समयमै सही उपचार नभए निमोनिया हुने र दुई वर्षभन्दा कम उमेरका बालबालिकामा दम (ब्रोन्काइटिस) को लक्षण देखिन सक्छ । जसले गर्दा छातीमा दाग बस्ने समस्या हुन्छ र कहिलेकाहीँ मुटुमा पनि समस्या देखिन्छ ।

जाडोमा देखिने अर्को समस्या रोटा भाइरसको पनि हो । खासगरी नवजात शिशु वा कम उमेरका बालबच्चालाई यसले सताउँछ । रोटा भाइरसको संक्रमणले बालबालिकालाई लगातार वान्ता गराउँछ, पखाला पनि लाग्छ ।

यस्तो अवस्था ४८ घण्टासम्म रहन सक्छ । यो संक्रमण यसकारण घातक हुन्छ कि, यसले कडा किसिमको जल वियोजन गराउन सक्छ । जलवियोजनकै कारण बच्चाको मृत्यु पनि हुन सक्छ ।

पछिल्ला वर्षहरुमा चिसो मौसममा अस्पताल आउने बालबालिकाको संख्या कम थियो, यो वर्ष किन बढेको होला ?

कोरोना महामारीका कारण धेरै बालबालिका विद्यालय गएनन्, घरमै आइसोलेट भएर बसे, त्यसकारण बजारमा बनेका खानेकुराहरु खाएनन् । घरमै रहँदा श्वास प्रश्वासजन्य रोग कम सर्‍यो ।

त्यसैले निमोनिया, दम, झाडापखाला पनि कम भयो । कोरोना कहर कम भएपछि पुन हामीले सामाजिक कार्य गर्न थाल्यौं । अहिले दैनिक अस्पताल आउने १०० बालबालिकामध्ये ७० जनामा रुघाखोकी र १०-१५ जनामा झाडापखालाको समस्या देखिन्छ ।

चिसो मौसममा किन स्वास्थ्य समस्या देखिन्छ ?

चिसोले शरीरको सुरक्षा प्रणाली कमजोर पार्छ । पानी नपरेकाले वातावरण एकदमै सुख्खा छ । जसले गर्दा लामो समयसम्म किटाणुहरु बढी समय सक्रिय रहन्छ । चिसोमा सरसफाइमा कमी हुने भएकाले पनि रुघाखोकीजन्य समस्या बढी देखिन्छ ।

स-सना बालबालिकालाई दम हुँदैन भन्ने मानसिकता छ नि ?

ठूलो मानिसमा जस्तै बच्चामा पनि दमको समस्या देखिन्छ । यद्यपि बालबालिकालाई दमको समस्या कमै हुन्थ्यो । तर, हिजोआज वायु प्रदुषणको मात्रा बढेको छ । खानेकुराहरु प्राकृतिक छैनन् । त्यसैले नेपालमा बाल दमले भयावह रूप लिइरहेको छ ।

नेपालमा बच्चाको श्वास–प्रश्वास प्रणालीमा समस्या देखिएमा निमोनिया नै भयो भन्ने प्रचलन छ, तर होइन । बच्चामा देखिएको श्वास–प्रश्वास समस्या दम पनि हुन सक्छ । निमोनिया र दम फरक कुरा हुन् ।

निमोनिया हुँदा ज्वरो बढी हुन्छ । तर, दममा ज्वरो नआउने वा कम आउने हुन्छ । दम हुँदा घ्यारघ्यार बढी हुन्छ । विभिन्न क्लिनिक र औषधि पसलले निमोनिया र दम भएका बालबालिकालाई एकै किसिमको औषधि दिएको देखिन्छ ।

निमोनिया, ब्रोन्काइटिस (दम), रुघाखोकीको बेग्ला–बेग्लै किसिमको उपचार पद्धति छ । दमको समस्या इनहेलरको सहायताले उपचार गर्न सकिन्छ । यसले बालबालिकाई साइड इफेक्ट पनि कम गर्छ ।

धेरैजसो बाल दम उमेर बढ्दै जाँदा आफैं कम हुँदै जान्छ । बच्चामा लागेको दम युवा अवस्थासम्म कम भइसकेको हुन्छ भने केहीमा बाँकी हुन्छ ।

कस्ता बालबालिका बढी जोखिममा हुन्छन् ?

कुपोषण भएका बालबालिका बढी जोखिममा हुन्छन् । मुटु रोग लागेका, रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिकामा पनि यस्तो रोगको जोखिम हुन्छ । समय नपुगी जन्मिएका वा तौल कम भएका बालबालिकामा निमोनिया र श्वासप्रश्वासजन्य रोग बढी देखिन्छ । सबैभन्दा बढी ५ बर्षभन्दा मुनिका बालबालिकालाई झाडापखला र श्वासप्रश्वासमा समस्या देखिन्छ ।

एक बर्षमुनिका बालबालिकालाई श्वासप्रश्वासजन्य र झाडापखालाका समस्या भएमा जटिलता बढेर मृत्यु हुने सम्भावना पनि हुन्छ । अभिभावकले सानो बेलामा निमोनिया भएकाले ठूलो हुँदा पनि छाती घ्यारघ्यार हुन्छ भन्नुहुन्छ, वास्तवमा यो गलत बुझाइ हो ।

एउटै मान्छेलाई बारम्बार निमोनिया हुँदैन । पटक–पटक निमोनिया भइरहेको अवस्था छ भने त्यो बालबालिकालाई अन्य कुनै रोग छ वा रोगसँग लड्न सक्ने क्षमता कम छ भनेर बुझ्नपर्छ ।

पटक–पटक बालबालिकालाई रुघाखोकी लाग्ने वा घ्यारघ्यार हुने र निमोनियाका लक्षण देखिन्छ भने त्यो बाल दम हुनसक्छ । समयमा सही उपचार नपाएको अवस्थामा फोक्सो बिग्रेर जान्छ । जसका कारण कडा खालको दम हुने र पढाइलेखाइमा अन्य बालबालिका भन्दा कमजोर हुने समस्या देखिन्छ ।

रुघाखोकीजन्य समस्यामा कस्ता खालका लक्षण र जटिलता देखिन्छन् ?

निरन्तर खोकी लागिरहन्छ, नाकबाट पातलो पानी बग्छ, ज्वरो मन्द खालको छ भने यस्ता समस्या ७२ देखि ८० घन्टामा आफैं ठीक भएर जान्छ । यसको लागि सिटामोल वा घरेलु उपचारबाटै पनि ठीक हुन्छ ।

खोकी र रुघाको जतिसुकै उपचार गरेपनि ठीक हुन ६-७ दिन लाग्छ । तर, ८० घन्टाभन्दा बढी ज्वरो आएमा, सास छिटो–छिटो फेर्ने, खाना खान नसक्ने, वान्ता हुने, घ्यारघ्यार धेरै गर्ने, कोखा धेरै हान्ने समस्या देखिएमा जटिलता देखियो भनेर बुझ्नुपर्छ ।

त्यसैगरी, कडा किसिमको जलवियोजन हुने, बच्चाको आँखा गाडिने, बच्चा सुस्त हुने, मुर्छा परेर बेहोस हुने समस्या पनि देखिन सक्छ । सामान्यतया बच्चाले २४ घन्टामा पाँच पटक पिसाब फेर्नुपर्ने हुन्छ । पिसाब कम गरेमा पनि केही जटिल समस्या देखिँदै छ भनेर बुझ्नुपर्छ । यस्तो समस्या देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा लैजानुपर्छ ।

बालबालिकामा रुघाखोकी लाग्दा अभिभावकले आफैंले औषधि किनेर खुवाइरहेको पाइन्छ । यसले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ?

रुघाखोकी समस्यामा एन्टिबायोटिक औषधि आवश्यक पर्दैन । तर, बालबालिकालाई तीन–चार एन्टिबायोटिक चलाएको पनि देखिएको छ । कफ सिरफ र अन्य एन्टिबायोटिक मिलाएर खुवाउँदा बच्चाको मुटुको चाल बढी हुनजान्छ । जसको असर बढी निन्द्रा लाग्ने, खान नसक्ने र मुटुमा असर गर्दै बच्चाको ज्यान समेत जानसक्छ ।

हामीले एक सय बालबालिका हेर्दा ५० भन्दा बढीलाई विभिन्न एन्टिबायोटिक औषधि खुवाएको पाइन्छ । बालबालिकालाई झाडापखाला हुँदा जीवनजल मात्रै खुवाउनपर्छ । तर, झाडापखाला लाग्दा पनि बिभिन्न एन्टिबायोटिक औषधि चलाएको पाइन्छ ।

अस्पतालसम्म आइपुग्दा बालबालिकालाई रोग होइन, औषधिले असर पुर्याइरहेको छ । फार्मेसीबाट आफुखुशी औषधि किनेर खुवाउँनु बालबालिकाका लागि घातक हुन सक्छ ।

रुघाखोकीमा घरेलु उपचार के गर्न सकिन्छ ?

रुघाखोकी लागेको बेला दूधमा थोरै मह राखेर खुवाउनु एकदमै फाइदाजनक मानिन्छ । त्यसैगरी, दिनमा दुईदेखि तीन पटकसम्म तुलसीको पात, बेसार उमालेर रस बनाएर खुवाउन सकिन्छ । रुघाखोकी लागेको बेला दाल, भात, दूध थोरै–थोरै दिनुपर्छ ।

श्वासप्रश्वासको समस्या भएको बेला मनतातो झोल पदार्थ दिनुपर्छ, जसले खोकी र घाँटीको दुखाइ कम हुन्छ । माछा, मासु र अण्डा पनि खुवाउन सकिन्छ । मनतातो पानीमा भिजाएर फलफूल खुवाउन सकिन्छ । तर, फ्रिजमा राखेको खानेकुरा खुवाउन हुँदैन ।

धेरै अभिभावकले रोग लागेपछि माछा, मासु, अण्डा, दूध दिन बन्द गर्छून् । झोलिलो पदार्थ खुवाउनुपर्छ भनेर दालको रस मात्रै खुवाउँछौं । दालको रसले मात्र शरीरलाई शक्ति पुग्दैन ।

रुघाखोकी लागेको बेला धेरै पौष्टिक आहारको आवश्यकता पर्छ । रोगले सताएको बेला खानेकुरा कम हुँदा बालबालिकाको रोगसँग लड्ने क्षमता कम हुन्छ । रुघाखोकी लागेका बालबालिकालाई न्यानो बनाएर राख्ने, लामो र हावा नछिर्ने कपडा लगाइदिनुपर्छ ।

चिसो मौसममा बालबालिकालाई स्वास्थ्य समस्याबाट जोगाउन अभिभावकलाई के सुझाव दिनुहुन्छ ?

बच्चालाई ६ महिनासम्म आमाको दूधमात्र खुवाउँदा धेरै रोग लाग्नबाट जोगाउन सकिन्छ । आमाको दूधमा धेरै रोगसँग लड्न सहयोग गर्ने पौष्टिक तत्व हुन्छन् । ६ महिनापछि विस्तारै अन्य खानेकुरा खुवाउँदै लैजानुपर्छ । साथै बच्चालाई न्यायो बनाएर राख्नुपर्छ । धेरै जना एकै ठाउँमा गुम्सिएर बस्ने, आगो ताप्ने, हिटर बाल्ने गर्नु हुँदैन ।

नेपाल सरकारले १५ महिनासम्मका बालबालिकालाई १३ थरीका खोप उपलब्ध गराएको छ । त्यसमध्येका अधिकांश खोपले निमोनिया, रुघाखोकी कम गर्छन् । झाडापखाला कम गर्नका लागि सरकारले दुई–तीन बर्षदेखि रोटा भाइरसको खोप दिइरहेको छ ।

बालबालिकालाई समयमै खोप लगाएमा धेरै रोगबाट बचाउन सकिन्छ । यदि हुँदा-हुँदै पनि बालबालिकाले पूर्ण खोप पाएका छैनन् । बालबालिकालाई १५ महिनाभित्र लगाउनुपर्ने खोप लगाउन छुटेमा ५ बर्षसम्म जुनसुकै बेला लगाउन सकिन्छ ।

Previous Post

नेपाल एयरलाइन्सको उडान ‘डिले’ भएपछि निगमले छानबिन समिति बनायो

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,साउन ०३ गते बुधबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,साउन ०३ गते बुधबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ३ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In