हेटौंडा । जबर्जस्ती करणी मुद्दामा कैद सजाय तोकिएका एक जनालाई २५ बर्षपछि प्रहरीले पक्राउ गरेको छ । जबर्जस्ती करणी सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भइ सजाय तोकिएका एक व्यक्तिलाई २५ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ पर्नेमा पूर्वी चितवनको राप्ती नगरपालिका–८ का ६६ वर्षीय रामचरणप्रसाद गौतम रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको टोलीले पर्सा प्रहरीको सहयोगमा बिहीबार वीरगंजबाट पक्राउ गरेको हो ।
चितवन जिल्ला अदालतले २०५५ जेठ ६ गते जबर्जस्ती करणीसम्बन्धी कसुरमा ३ वर्ष ११ महिना ६ दिनको कैद सजाय तोकेको थियो । गौतमले उक्त सजाय भुक्तान नगरी फरार रहेका थिए । अदालतको फैसला कार्यान्वयनको लागी गौतमलाई असार २९ गते शुक्रबार जिल्ला अदालत चितवनमा उपस्थित गराईएको प्रहरीले जनाएको छ ।






Discussion about this post