काठमाडौैं, २६ असार – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तीन दलले सदन बन्द गर्न नहुने बताएका छन् ।
सभापति लामिछानेले हिजो (सोमबार) प्रतिनिधी सभाको बैठकमा बोल्दै यस्तो बताएका हुन् । जनताका मुद्दामा संसद बन्द भए आफूहरुलाई मान्य हुने तर पार्टीको मुद्दामा संसद बन्द भए आफूहरुलाई मान्य नहुने बताएका छन् ।
यसअघिको बैठकमा रास्वपालाई बोल्न नदिएकोमा पनि सभापति लामिछानेले रास्वपाले घोर आपत्ति जनाएको पनि बताए ।
उनले संसदमा बोल्दै भने,“यस भन्दा दुई दिन अगाडि संसदमा जुन किसिमले रास्वपालाई वाइपास गरे आफ्ना कुराहरु राख्न दिएन । हामी त्यसमा घोर आपत्ति जनाउन चाहन्छौं । रास्वपा प्रतिपक्षको भूमिकामा छ । र रास्वपा प्रतिपक्षमा हुनुको पनि आफ्ना मुद्दाहरु छन् । त्यसकारण रास्वपा अरु कुनै दलको मुद्दा हैन । आफ्ना मुद्दाहरु जो जनताका मुद्दाहरु हुन् यस मुद्दामा अभिएको छ । आफ्नै स्वतन्त्र अस्तित्वका रास्वपा उभिएको छ यसबारेमा हिका होस् भन्न चाहन्छु ।”
यस्तै सभापति लामिछानेले संसदमा बोल्दै प्रधामन्त्रीले दिएको अभिव्यक्ति पनि गम्भिर आपत्ति भएको र उक्त अभिव्यक्ति बारे प्रधानमन्त्रीले संसदमा स्पष्ट पार्न पर्ने बताए । रास्वपा प्रतिपक्षमा भए पनि सरकारले गरेका राम्रो कामको खुलेर प्रसंश गर्ने उनले बताएका छन् ।






Discussion about this post