काठमाडौ, २५ असार – चर्चित लोकदोहोरी गायक तथा सर्जक प्रकाश सपूतले “पिर” गीतबाट अवार्ड प्राप्त गरेका छन् ।
गत विहीबार गायक सपूतले “रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड” उक्त गीतबाट प्राप्त गरेका हुन् । रेडियो कान्तिपुरको २४ औँ बार्षिक उत्सवका अवसरमा पाँचौं नेसनल म्युजिक अवार्ड २०७९ गायक सपूतले सम्मानित प्राप्त गरेका हुन् ।
यस्तै उक्त गीतबाट अर्की गायिका सम्झना भण्डारीले पनि अवार्ड प्राप्त गरेकी हुन् । गायक सपूतले उक्त २०७९ मा सार्वजनि गरेका थिए । गीतलाई निकै रुचाइएको थियो । गीत युटुबमा अपलोड गरेको सात दिनमै एक करोड पटक हेरिएको थियो ।
यस्तै गीतमा समावेश गरिएको सानो देह व्यापारको दृष्यका कारण गीत विवादित हुँदा उक्त गीतलाई गायक सपूतले युटुबबाट हटाएर विवादित दृष्य परिमाणजन गरि पुनः गीत युटुब अपलोड गरेका थिए । उनले युटुबमा पुनः अपलोड गरेको उक्त गीतमा ९४ लाख भन्दा बढी पटक हेरिएको छ ।






Discussion about this post