HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणाको नाम लिइएको अडिओ जेलमा रहेका सन्देश शर्माको स्वरसँग मिल्यो

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडेर नेपाली कांग्रेसकी नेतासमेत रहेकी सांसद आरजु राणा देउवाको नाम लिइएको अडिओ जेलमा रहेका सन्देश शर्माको स्वरसँग मिलेको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ घर भएका ३४ वर्षीय शर्मा कारागारमा छन्। उनीमाथि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंले ठगी तथा संगठित अपराध कसुर मुद्दामा अनुसन्धान गरिरहेको छ।

राणाले उक्त अडिओ ‘फेक’ भएको दाबी गर्दै सत्यतथ्य बाहिर ल्याउन प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन्।

नेपाल प्रहरी महानिरीक्षक सचिवालयका प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले आइतबार निवेदकलाई दिएको जानकारी पत्रमा शर्माको स्वरसँग अडिओ मेल खाएको उल्लेख गरेका छन्।

‘उक्त अडिओ कहाँ र कसबाट उत्पति भएको भन्ने सम्बन्धमा टिकटक सिंगापुरलाई पत्राचार भएकोमा थप विवरण प्राप्त हुन सकेको छैन। निज सन्देश शर्माको सम्बन्धमा मुद्दा अदालतमा कारबाहीकै क्रममा रहेकोले थप विवरण अदालतबाट हुने व्यहोरा जानकारी गराइन्छ,’ उक्त जानकारी पत्रमा उल्लेख छ।

प्रहरी प्रवक्ता कडायतले आरजुले नै आफूले साइबर ब्यूरोमा दिएको निवेदनबारे के भइरहेको छ जानकारी दिन माग गर्दै निवेदन दिएको बताए।

‘उहाँले मेरो निवेदनबारे के भइरहेको छ जानकारी पाऊँ भन्नुभएकोले हामीले लेखेर दिएका हौं,’ उनले सेतोपाटीसँग भने, ‘तर यो कसरी सार्वजनिक भयो थाहा छैन।’

गत वैशाख २४ गते सेतोपाटीले नक्कली भुटानी शरणार्थी प्रकरणमा राणा र कांग्रेसकी अर्की सांसद मञ्जु खाणको नाम जोडिएको अडिओबारे समाचार छापेको थियो।

भुटानी शरणार्थी प्रकरणमा आरजु राणा र मञ्जु खाणलाई पैसा बुझाएको दाबी गरिएको अडिओ प्रहरीसँग, अनुसन्धान हुँदै

राणाले उक्त अडिओमाथि छानबिन गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा गत वैशाख २७ गते उजुरी दिएकी थिइन्। उनले उजुरीमा ‘मेरोसमेत नाम जोडी कुराकानी गरिएको अडिओ रेकर्ड कहाँ, कसले, कसरी र के उद्देश्यले रेकर्ड गरेका हुन्? उक्त अडिओका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कडाभन्दा कडा कारबाही गरियोस्’ भनेर लेखेकी थिइन्।

Previous Post

संसद्को गतिरोध हट्यो, प्रधानमन्त्रीले स्पष्टीकरण दिने

Next Post

नेप्से २८ अङ्कले बढ्यो, तीन अर्ब चार करोड रुपैयाँको कारोबार

HoKhabar

HoKhabar

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

नेप्से २८ अङ्कले बढ्यो, तीन अर्ब चार करोड रुपैयाँको कारोबार

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.