HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

वनजंगलमा सजिलै पाइने, बनाउन सजिलो हुने र खादा स्वादिलो हुने निगुरोको यस्ता छन् फाइदै फाईदा

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

वनजंगलमा सजिलै पाइने, निगुरो बनाउन सजिलो हुने, खादा स्वादिलो हुने निगुरो स्वास्थ्यका लागि पोषिलो निगुरो पूर्ण अर्ग्यानिक सब्जी, निगुरो । कति गुणी निगुरो ? हुन त अहिले सहरी क्षेत्रको करेसाबारीमा निगुरो रोप्ने चलन छ । यद्यपि यो वनजंगलमा सजिलै पाइन्छ । खासगरी बर्खायाम सुरु भएसँगै निगुरो खोज्ने, टिप्ने गरिन्छ । गाउँघरमा त निगुरोले नै सागसब्जीको अभाव टार्न सकिन्छ । निगुरोलाई भुटेर खाए हुन्छ, आलुमा मिसाए पनि हुन्छ । आलु र निगुरोको ग्रेभी पनि स्वादिलो हुन्छ । यस्तै, निगुरोमा दही मिसाएर सेवन गर्दा पनि कम स्वादको हुँदैन ।

पौष्टिकताले भरिपूर्ण: निगुरो खानुको फाइदैफाइदा छन् । आफैँ वनजंगलमा गएर खोज्ने हो भने भान्साको खर्च कटौती हुने भयो । वनजंगलमा उम्रिएका हुनाले यो जैविक र मौसमी तरकारी पनि हो । पोषणविद्हरुले निगुरो पौष्टिकताले भरिपूर्ण रहेको बताउने गर्छन् । निगुरोको सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको उनीहरुको भनाइ छ । पोषणविद्हरू भन्छन्, ‘यसमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ ।’ बालबालिका र गर्भवती महिलालाई त निगुरो अरू बढी लाभदायक छ । किनभने निगुरोको तरकारी सेवन गरिहरहँदा भिटामिन प्राकृतिक रुपमै प्राप्त हुन्छ। अतिरिक्त भिटामिनको चक्की चपाइरहनु पर्दैन । पोषणविद्हरूले यसमा कोलेस्टोर एवं बोसोजन्य पदार्थ नपाइने भएकाले कुनैपनि किसिमको हानि नहुने बताएका छन् ।

पूर्णत: जैविक: निगुरो यतिबेलाको मौसमी सागसब्जी हुन् । वनजंगलमा आफैँ उम्रने भएकाले यसमा कुनै रासायनिक मल वा विषादी प्रयोग हुँदैन । अर्थात् यो पूर्णत: जैविक हुन्छ । अहिले हामीले खाने धेरैजसो सागसब्जी विषादी मिसाइएको हुन्छ । व्यवसायिक ढंगले उत्पादन गरिएका सागसब्जीमा रासयनिक मल, किटनासक औषधि प्रयोग गरिन्छ । यस्ता सागसब्जी फलाउन, बढाउन, भण्डारण गर्न पनि रसायन वा विषादी मिसाउने गरिन्छ ।

के हो निगुरो ? यो उन्यू प्रजातिको घाँस हो । पहाड र तराई सबैतिरको जंगलमा निगुरो पाइन्छ । तर, यसको जातमा केही भिन्नता हुन्छ । साथै, स्वाद पनि फरक हुन्छ । तुलनात्मक रुपमा पहाडको जंगलमा पाइने निगुरो बढी स्वादिलो हुन्छ । पहाडदेखि तराईसम्म: निगुरोलाई कतिपय ठाउँमा न्युरो वा निहुरो पनि भनिन्छ । पहाडमा कालो निगुरो बढी रुचाइन्छ । यसैगरी तराईमा हरियो ।

करेसाबारीमा रोप्न सकिन्छ: त्यसो त निगुरोलाई करेसाबारीमा रोपेर पनि खान सकिन्छ । जंगलमा निगुरोको जरा जतिपनि पाइन्छन् । जरालाई करेसाबारीमा रोप्न सकिन्छ । तर, निगुरोको लागि माटो ओसिलो हुनुपर्छ । चिस्यान भएको माटोमा निगुरो उत्पादन गर्न सकिन्छ ।

तर, सर्तक हुनुपर्छ: निगुरो जस्तै देखिने सबै वनस्पति खान लायक भने हुँदैन । कतिपय निगुरो जस्तै देखिने वनस्पति विषाक्त हुन्छ। निगुरोको तरकारी टिपेर खाँदा कतिपय बिरामी परेको खबर पनि बारम्बार आउनेगर्छ । त्यसैले आफूले चिनेको अवस्थामा मात्र निगुरो खोज्ने, टिप्ने वा किन्ने गर्नुपर्छ ।

Previous Post

छिट्टै बिर्सने बानी छ ? त्यसो भए खानुहोस् यस्ता खानेकुरा

Next Post

अभिनेत्री आँचल शर्माले दिइन् दुई फेसबुक एकाउन्टविरुद्ध साइबर ब्यूरोमा उजुरी

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

अभिनेत्री आँचल शर्माले दिइन् दुई फेसबुक एकाउन्टविरुद्ध साइबर ब्यूरोमा उजुरी

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.