गाउँघरमा पाइने कर्कलोलाई मानिसहरुले तरकारी बनाएर खाने गर्दछन्। भिटामिनले भरिएको कर्कलो, यसको फल र पात नै तरकारी बनाएर खाने गर्दछन्। यसको नियमित सेबनले स्वास्थलाई फाईदा पुया्उछ। यो स्वास्थ्यका लागि एक अचुक औषधी मानिन्छ।
काठमाडौं । गाउँघरमा पाइने कर्कलोलाई मानिसहरुले तरकारी बनाएर खाने गर्दछन्। भिटामिनले भरिएको कर्कलो, यसको फल र पात नै तरकारी बनाएर खाने गर्दछन्। यसको नियमित सेबनले स्वास्थलाई फाईदा पुया्उछ। यो स्वास्थ्यका लागि एक अचुक औषधी मानिन्छ।
हामीले तरकारीको रुपमा खाइरहेको भएपनि हाम्रो शरीरको लागि कति फाइदा छ भन्ने बारेमा भने त्यति थाहा धेरैलाई थाहा नहुन सक्छ। कर्कलोमा प्रसस्त मात्रामा फाइवर, प्रोटिन, पोटासियम, भिटामिन, क्याल्सियम, आइरन लगायतका पोषक तत्वहरु पाइन्छ न जसले गर्दा विभिन्नरोग सँग लड्ने क्षमता रहन्छ। सल्फर, एमोनिया, नाइट्राइट, जिंक आदि हुने, सेपिलो अरु खेती राम्रो नहुने, कृषिका लागि प्रतिकूल मानी फालिएको जग्गामा पनि फलिदिन्छ कर्कलो।
कतिपय प्रवासी नेपाली त खोजीखोजी कर्कलो किनेर गाभाको झोलमा भात, खुर्सानी र कागती ठोसी ठोसी खाएर नेपाली खानाको धीत मार्छन्। अनुसन्धानहरुबाट प्रमाणित तथ्य के हो भने हाम्रो शरीरमा ग्लाइसिरिन, ग्लाइकोलेट, हाइड्रोक्सी प्रोलिन र भिटामिन ‘सी’ आदिको मेटाबोलिजममा निस्कने र टिस्यू हुँदै रगतमा पुग्ने अक्जालेट मिर्गौलाको पत्थरी हुनुसँग बढी सम्बन्धित छ।
खाद्य सप्लिमेन्टका रूपमा खाइने भिटामिन ‘सी’ मेटाबोलिजम गर्दा निस्कने अक्जालेट मिर्गौलाको पत्थरीको अर्को मुख्य कारक हो। त्यसको ठीक विपरीत खाना अमला, कागती आदिमा पाइने भिटामिन ‘सी’ को मेटाबोलिजम गर्दा निस्कने अक्जालेट मिर्गौलाको पत्थरीको कारक बनेको भेटिँदैन।
हरियो सागपातमा क्याल्सियम प्रशस्त भेटिन्छ। क्याल्सियमकै लागि हरियो सागपात खाने गर्दा जुन हरियो सागपातमा अक्जालेट धेरै हुन्छ, त्यसले क्याल्सियम अक्जालेट बनाउने र उक्त क्याल्सियम आन्द्राबाट रगतमा सोस्नको लागि उपलब्ध नहुने हुँदा क्याल्सियमको लागि उक्त हरियो सागपात भरपर्दो हुँदैन भन्ने तर्क विज्ञानले सही प्रमाणित गरिदिएको छ।
कर्कलो र पालुंगो दुबैमा धेरै क्याल्सियम र अक्जालेट हुन्छ। क्याल्सियम र अक्जालेट धेरै हुँदाहुँदै पनि यो क्याल्सियम अक्जालेट बनी शरीरलाई उपलब्ध हुँदैन र दिसाबाट बाहिरिन्छ। त्यसको ठीकविपरीत केल, ब्रोकाउली, सीबी, बोडी, दूध, तोफु आदिमा अक्जालेटभन्दा क्याल्सियम बढी हुने हुँदा यिनीहरू क्याल्सियमका लागि भर पर्नु व्यावहारिक हुन जान्छ।






Discussion about this post