HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

असार १९ गते मंगलबार,आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । ईर्ष्या गर्नेहरुले फसाउन सक्छन् । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । आश्वासन बाँढ्नेहरूले झुक्याउन सक्छन् । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । कर्म योगमा अभिवृद्धि हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । भ्रमणका बीच मान सम्मान पनि प्राप्त हुने समय छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । विवादले मन खिन्न तुल्याउन सक्छ । विभिन्न अवसर प्राप्त हुनेछन् । रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ । तर्क शक्ति बढेपनि कुराकानी गर्दा गोपनीयतामा ध्यान दिनुहोला । प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । विभिन्न उपहार समेत पाइएला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) व्यवहारिक झमेला आइलाग्न सक्छन् । तर, अप्ठ्यारो परिस्थितिमा पनि आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । दीर्घकालीन काममा लगानी गर्ने अवसर पनि प्राप्त हुनेछ । आँटले जटिल काम समेत सम्पादन हुन सक्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) इच्छा शक्ति बढ्नुका साथै चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ । पारिवारिक जमघटको फाइदा उठाउँदै विभिन्न परिकारको आनन्द लिन पाइनेछ । खर्च भएपनि लामो यात्रा गर्ने अवसर जुट्नेछ । टाढाका साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) विश्वास गरेकाले धोका दिनेछन् भने साथीभाइहरू टाढिन सक्छन् । परिस्थितिको बन्धनमा परिने योग भएकाले सजग रहनुहोला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । तर्क शक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ । कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन् । बोली व्यवहारमा सजग रहनुहोला । हिसाब किताबमा सावधान नहुँदा विवादमा परिनेछ । मान सम्मानमा चोट पुग्न सक्छ । सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखा पर्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) सहयोगीहरू जुट्नाले काममा फाइदा उठाउन सकिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । आँटेका काम बन्नाले जोश जाँगर बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घर खर्च पनि बढ्नेछ । ठूलो लगानीबाट कम मात्र फाइदा हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ । अरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउनेछ । सुख दुःखमा साथ दिनेहरू कमै भेटिनेछन् । व्यवसायमा केही उतारचढाव आएपनि अन्ततः फाइदै हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला । मेहनत गर्दा पढाइ लेखाइमा प्रगति हुने समय छ । खर्च लागेपनि कामको प्रयत्न सफल हुने समय छ । स्वास्थ्यमा मौसमी समस्या आउन सक्छ । साझेदारीमा पनि सम्बन्ध बिग्रनाले यदाकदा अप्ठ्यारोमा परिनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) खर्च बढ्नाले समस्या उत्पन्न हुन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । नजिकका आफन्त टाढिन सक्छन् । विशिष्ट जनसँग मित्रता बढ्न सक्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । बुद्धिको उपयोगले काम लिने समय छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) नाता गाँस्नेहरूले केही दुःख दिनेछन् । रोकिएका काममा दोहोर्याएर प्रयास गर्दा फाइदा हुनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । भाग्य बलवान् रहनेछ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ । व्यवसायमूलक भ्रमण गर्ने समय छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ । पहिलेका सहयोगी भने प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन् । रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ ।

Previous Post

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनले कति कमाए ?

Next Post

अक्सिजनको स्तर बढाउन र फोक्सोलाई स्वास्थ्य राख्न यी खानेकुराहरु खानुहोस

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

अक्सिजनको स्तर बढाउन र फोक्सोलाई स्वास्थ्य राख्न यी खानेकुराहरु खानुहोस

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.