गत चौबिस घन्टादेखि नवलपुरसहित पाँच जिल्लाका विभिन्न भूभागमा भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार गएराति दखि नै स्याङ्जा, दाङ, नवलपुर, रूपन्देही, पाल्पा र ती आसपासमा लगातार भारी वर्षा भइरहेको हो ।
नवलपुरमा बितेको चौबिस घन्टामा २२१ मिलिलिटर, स्याङ्जामा २१४ मिलिलिटर, दाङमा १५८ मिलिलिटर, रूपन्देहीमा १६६ मिलिलिटर, पाल्पामा १८१ मिलिलिटर, तनुहँमा १९० मिलिलिटर, पाल्पाको तानसेनमा १६८ मिलिलिटर वर्षा भएको छ।
ती जिल्लाका केही स्थानहरूमा अहिले पनि भारी वर्षा भइरहेको मौसमविद् सविना शाक्यले जानकारी दिइन्। नवलपुर , पाल्पा र रूपन्देहीमा भारी वर्षा हुँदा तिनाउ नदीले खतराको तह पार गरेको थियो। अहिले उक्त नदीमा पानीको बहाब घटेर सतर्कता तह भन्दा तल पुगेको छ।






Discussion about this post