HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

धेरै हाई आइरहने मानिसलाई हुनसक्छ यी ४ रोगको जोखिम !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

तपाईं रातभरि निदाउनु भएको छैन भने दिनभरि आलस्य हुन्छ। हाइ, हाइ आइरहन्छ। बेलुका अबेर खाना खानुपर्‍यो भने बच्चाहरु हाई काढ्दै बस्छन्।
दिउँसो होस् या बेलुका एकसुरमा टिभी हेर्दै गर्दा हाइ आएर दिक्क लाग्न सक्छ।

दिउँसो कार्यालयमा काम गर्दागर्दै हाइ काढेर बाथरुमा मुख धुन जानुपर्दा कति नमजा होला। कहिलेकाहीँ त सबारी साधन चलाउँदा नै हाइ आएर हैरान ।मानिसलाई बारम्बार हाइ आउँछ।

अक्सिजनको अभावले हाइ आउने गरेको मानिन्छ। तर, हाइ काढ्नु श्वासप्रश्वासभन्दा बेग्लै कुरा हो। श्वासप्रश्वास र हाई काढ्ने प्रक्रिया शरीर र दिमागका बेग्लाबेग्लै संयन्त्रले नियन्त्रण गरेका हुन्छन्।

दिक्क लागेको अवस्थामा वा निद्रा लाग्दा हाइ आउने गरेको मानिसहरु बताउँछन्। तर हाइ आउनाका कारणहरुबारे धेरै मानिस अनभिज्ञ हुन्छन्। हाइ आउनुका कारण यस्ता छन्ः

१. दिमाग शतिल बनाउन

हाइ काढ्दा दिमागलाई आधारभूत रुपमा स्वस्थ हावा प्रदान हुन्छ र शान्त बनाउँछ। सन् २०११ को एउटा अध्ययन यस तथ्यको नजिक पुगेको थियो। जस अनुसार मानिसले जाडो मौसममा धेरै र बाहिरको तापक्रम बढी हुँदा कम हाइ काढ्ने गर्छन्। हामीले मुख बाएर जोडले हाइ काढ्दा दिमागलाई थप ऊर्जा मिल्ने वैज्ञानिकहरु बताउँछन्। अनिदो बस्दा दिमागको तापक्रम बढ्छ। सुत्न वा दिमागलाई शितल पार्न हाइ आइरहन्छ।

२. दिमागको आकार ठूलो

‘बायोलोजी लेटर्स’मा प्रकाशित एउटा रिपोर्ट अनुसार जति ठूलो हाइ काढ्नु हुन्छ, त्यति ठूलो दिमाग हुनुपर्छ। लामो र ठूलो हाई काढ्ने स्तनधारी प्राणीको ठूलो दिमाग हुने अनुसन्धानकर्ताले पत्ता लगाएका छन्। उनीहरुको दिमागमा धेरै मात्रामा कोषहरु हुन्छन्। यदि हाइ काढ्दा दिमाग शान्त हुने हो र दिमागलाई ऊर्जा प्राप्त हुने हो भने स्वभाविक रुपमा ठूलो दिमाग हुनेहरुलाई बढी अक्सिजनको आवश्यकता पर्छ। तसर्थ ठूलो र लामो हाई आउँछ भने दिमाग पनि ठूलो छ भनेर बुझ्न सकिन्छ।

३. स्ट्रोक वा हृदयघातको संकेत

हाइले स्ट्रोक, हृदयघात वा अन्य स्वास्थ्यसँग सम्बन्धित समस्याको पनि संकेत गर्छ। तर, अस्वभाविक रुपमा निरन्तर वा लामो हाइ आएमा मात्र स्वास्थ्य समस्या बिग्रँदैछ वा बिग्रिएछ भनेर बुझ्नु राम्रो हुनेछ। हृदयघातले भेगस नर्भ (जनु दिमागदेखि पेटसम्म फैलिएको हुन्छ) लाई बढी सक्रिय बनाउँछ, जसका कारण अत्याधिक हाइ आउँछ।

मृगी रोगका बिरामी र शरीरको कोष असामान्य भएका मानिसले अत्याधिक हाइ काढ्ने विज्ञहरु बताउँछन्। त्यस्तै, टाउको दुख्ने, एन्जाइटी हुने मानिसको दिमाग तातो हुने भएकाले उनीहरुलाई बढी हाइ आउन सक्छ।

४. सरुवा रोग

हाइ काढ्नु संक्रमणजन्य रोग जस्तै हो। यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ। तसर्थ एक अर्कालाई सहानुभूति देखाउँदा वा नजिक बस्दा हाइ सर्छ। सन् २०११ मा गरिएको एक अध्ययनले हाई काढ्दा परिवारका सदस्य, साथीहरुबीच सर्ने गरेको खुलाएको थियो। नजिकैको मानिसले हाइ काढेको केही मिनेटपछि अर्को मानिसलाई पनि हाइ आउने अध्ययनमा उल्लेख छ।

Previous Post

तेलमा तारेको आलुले निम्त्याउछ क्यान्सर, जान्नुहोस् कसरी !

Next Post

छोराको बिहेमा गएका बुवा सम्धिनी लिएर फरार

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

छोराको बिहेमा गएका बुवा सम्धिनी लिएर फरार

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.