HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

टन्सिलले यसरी मुटु बिगार्छ..

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

बालबालिकालाई घाँटी दुख्ने, थुक निल्न गाह्रो हुने, टन्सिल बढ्ने, पाक्ने आदि स्वास्थ्य समस्या बारम्बार भइरहन्छ । यो मामुलीजस्तो देखिने घाँटी दुख्ने रोगले मुटुको रोग उत्पन्न गराउन सक्छ भन्ने कुरा धेरैलाई थाहा छैन ।

घाँटी दुख्ने, टन्सिल बढ्ने र पाक्ने भएको बेलामा राम्रोसँग उपचार भएन भने मुटुका भल्भहरु बिग्रिने रोग बाथ मुटुरोग उत्पन्न हुन सक्छ । टन्सिल र मुटुको यो गहिरो सम्बन्धबारे सबैले थाहा पाउनु जरुरी छ ।

बालबालिका र युवालाई प्रभावित पार्ने मुटुका रोगहरुमध्ये बाथ मुटु रोग मुख्य हो । यो रोग विकासोन्मुख राष्ट्रहरुमा बढी भएको पाइन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विकासोन्मुख राष्ट्रहरुमा ५ देखि १५ वर्ष उमेरका एक हजार बालबालिकाहरुमध्ये करिब ३ जना यस रोगबाट पीडित हुने गरेका छन् ।

यिनीहरुमध्ये वार्षिक करिब १० प्रतिशतको मृत्यु हुने गरेको छ । हाल नेपालमा ५ लाखभन्दा बढी संख्यामा बाथ मुटुरोगीहरु भएको अनुमान गरिएको छ । यस रोगबाट नेपालमा वार्षिक करिब ३ हजार बालबालिकाहरुको मृत्यु हुने गरेको छ ।
बाथ मुटु रोगको विकास तीन चरणमा हुन्छ । पहिलो चरण घाँटीको इन्फेक्सन (संक्रमण) हो ।

यो अवस्थामा घाँटीभित्र दुख्ने, टन्सिल बढ्ने र पाक्ने, थुक निल्न गाह्रो हुने र ज्वरो आउने हुन्छ । ५–७ दिनमा यो ठीक भएर जान्छ । यसको ३–४ हप्ताभित्र रोग घाँटीबाट हात–खुट्टाका ठूला जोर्नीहरुमा पुग्दछ । यो दोस्रो चरणलाई बाथ ज्वरो भनिन्छ, जुन अवस्थामा हात–खुट्टाका ठूला जोर्नीहरु पालैपालो दुख्ने, सुन्निने हुन्छ र साथमा ज्वरो पनि आउँछ ।

बाथ रोगले जोर्नीलाई छुन्छ मात्र, बिगार्दैन तर मुटुलाई भने बिगार्छ ।

रोगको तेस्रो चरण भनेको मुटुका भल्भहरु बिग्रिने अवस्था हो । यस प्रकार घाँटीबाट शुरु भई जोर्नीहरुको बाटो हुँदै यो रोगले अन्त्यमा मुटुलाई आक्रमण गर्दछ । भनिन्छ, ‘यस रोगले जोर्नीलाई चाट्छ तर मुटुलाई टोक्छ’ । यसको अर्थ हो बाथ रोगले जोर्नीलाई छुन्छ मात्र, बिगार्दैन तर मुटुलाई भने बिगार्छ । यस रोगलाई बढ्दै जानबाट रोक्न यी तीन चरणहरु जानिराख्नुपर्छ ।

बाथ मुटुरोगको रोकथाम गर्ने सबैभन्दा प्रभावकारी उपाय हो– घाँटीको संक्रमण हुँदा ७ देखि १० दिनसम्म एन्टिबायोटिक औषधि खाएर उपचार गर्ने । घाँटी दुख्दा, टन्सिल बढ्दा र पाक्दा बालबालिकाको ठीक तरिकाले उपचार ग-यो भने यो रोग पहिलो चरणमै रोकिन्छ । यसलाई प्राथमिक रोकथाम विधि भनिन्छ ।

घाँटी दुख्दा सिटामोल खाएर मात्र पुग्दैन, नुन–पानीले कुल्ला गरेर मात्र पुग्दैन, एन्टिबायोटिक औषधि नै प्रयोग गर्नुपर्छ । घाँटीका जीवाणुलाई एन्टिबोयोटिकले नष्ट पार्नुपर्छ, अनि बाथ ज्वरो, बाथ मुटु रोग उत्पन्न हुन पाउँदैन । यो साधारण जानकारी धेरैलाई छैन ।

रोगको संक्रमण हुँदा एन्टिबायोटिक खान र खुवाउन डराउनेहरु पनि धेरै छन् । अर्कोतर्फ अनावश्यक अवस्थामा पनि एन्टिबायोटिकको प्रयोग भैराखेका छन् । यी दुवै प्रवृत्ति ठीक होइनन् । बालबालिकाले घाँटी दुख्ने, टन्सिल बढ्ने भएको बेला ७ देखि १० दिनसम्म एन्टिबायोटिक औषधि सेवन गर्नुपर्छ ।

बाथ मुटुरोगको यो ‘प्राथमिक रोकथाम’ विधि अपनाउन जम्मा १५० देखि २०० रुपियाँ खर्च लाग्छ । (चक्की सेवन गरेको अवस्थामा) । यदि सुई लगाएर उपचार गर्ने हो भन्ने २५ रुपियाँले पुग्छ । यति थोरै खर्चले पुग्ने उपचार नगर्दा रोग बढेर गई मुटुमै पुगेपछि शल्यक्रिया गराउनुपर्दा कम्तीमा २–३ लाख रुपियाँ खर्च लाग्छ ।

यस कारण सबैले यो बुझ्नु जरुरी छ कि बालबालिकालाई घाँटी दुख्दा ठीक उपचार भयो भने सस्तो पनि पर्छ, रोग बढ्न पनि पाउँदैन । बाथ मुटु रोगको रोकथामको यो पक्ष अति महत्वपूर्ण छ ।

सरकारले महँगो उपचार निःशुल्क गरेको छ तर सस्तो रोकथामको कुनै कार्य भएको देखिँदैन ।

बाथ ज्वरोले एकपल्ट आक्रमण गरेपछि यसले रोगीलाई छाड्दैन । पछि पनि बारम्बार आक्रमण गरिराख्छ । जतिपल्ट घाँटीमा संक्रमण भयो त्यतिपल्ट बाथ ज्वरो फर्किन सक्छ । अनि जतिपल्ट बाथ ज्वरो फर्कियो त्यति नै बढी मुटुको भल्भ बिग्रिन्छ । त्यसकारण बाथ ज्वरो नफर्कियोस् र मुटुको भल्भहरु बिग्रिने क्रमलाई रोक्न सकियोस् भनी गरिने उपचार विधिलाई बाथ मुटु रोगको द्वितीय रोकथाम भनिन्छ ।

यसका लागि प्रत्येक ३ हप्तामा एकपल्ट पेनिसिलिन सुई लगाउनुपर्छ । यसको मूल्य जम्मा २५ रुपियाँ मात्र पर्दछ । यो रोगको रोकथाम एकदमै सस्तो र सरल छ । तर रोगको उपचार भने एकदमै कठिन र महँगो छ । यस कारणले पनि हामी सबैको ध्यान यस रोगको रोकथाम र नियन्त्रणतर्फ नै केन्द्रित हुनुपर्दछ ।

बाथ मुटु रोग गम्भीर स्वास्थ्य समस्या हो । यस रोगका कारण मुटुको ओपन हार्ट सर्जरी गरी भल्भ फेर्नुपर्ने अवस्थामा रहेका हजारौं बाल मुटुरोगीहरु नेपालमा छन् । यस्ता रोगीहरुले अपरेसनपछि पनि जीवनभर औषधि खाइराख्नुपर्ने हुन्छ । घाँटी दुख्नेजस्तो साधारण स्वास्थ्य समस्याबाट शुरु भएर अन्त्यमा मुटुको भल्भलाई क्षति पु¥याई यस रोगले मुटुलाई अत्यन्तै कमजोर बनाउँछ र रोगीको हार्ट फेल हुन्छ ।

यस्ता खाले सबै रोगीहरुको अपरेसन गर्नुपर्दैन, तर जीवनभर सुई लगाउने र औषधि सेवन गर्नुपर्ने हुन्छ । यो रोग लागेपछि जीवन कष्टमय बन्छ । अपरेसन कठिन र खर्चालु भएको हुनाले साधारण नेपालीका लागि सजिलै यो उपलब्ध हुन सक्दैन । केही वर्षयता नेपाल सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलगायत कतिपय ठूला मुटु अस्पतालमा मुटुको भल्भ फेर्ने अपरेसन निःशुल्क गर्दै आएको छ ।

नेपाल हार्ट फाउन्डेसनका अनुसार बर्सेनि १ हाजार बाथ मुटुरोगीहरुको भल्भको शल्यक्रिया हुने गरेको छ । यसमा नेपाल सरकारको करिब ३० करोड रुपियाँ खर्च हुने देखिन्छ । बाथ मुटु रोग नियन्त्रण गर्न सकिने रोग हो । कठिन र महँगो उपचार अनी रोग लागेपछि बिताउनुपर्ने कष्टदायी जीवनबाट नेपालीलाई बचाउने एकमात्र उपाय हो– यस रोगको रोकथाम र नियन्त्रण गर्नु ।

मुटुको कृत्रिम भल्भ निःशुल्क वितरण गरेर, निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाएर मात्र यो रोगबाट उपन्न सामाजिक, आर्थिक समस्या समाधान हुँदैन । राज्यको प्रयास बाथ मुटुरोगको रोकथामतर्फ नै केन्द्रित हुनु जरुरी छ । आजका दिनमा सरकारले महँगो उपचार निःशुल्क गरेको छ तर सस्तो रोकथामको कुनै कार्य भएको देखिँदैन ।

विश्व स्वास्थ्य संगठनले यस रोगको गम्भीरतालाई ध्यानमा राखी यस रोगबारे अध्ययन र अनुसन्धान गर्दै आएको छ । साथै यस रोगको प्राथमिक र द्वितीय रोकथाममा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिँदं आएको छ । यससम्बन्धमा संगठनले प्रकाशित गरेका सुझावहरु यस प्रकार छन् :

१. संसारका धेरै मुलुकहरुमा यस रोगको वास्तविक तथ्यांकको अभाव रहेको देखिन्छ । त्यस कारण ग्रामीण क्षेत्रहरुमा समेत यस रोगको अध्ययन र अनुसन्धान गर्नु अति आवश्यक छ ।

२. अविकसित र विकासोन्मुख राष्ट्रहरुले राष्ट्रिय स्तरमा रोकथाम कार्यक्रम सञ्चालन गर्नुपर्दछ । यसमा सरकारको सक्रियता अति आवश्यक छ ।

३. बाथ ज्वरो रोकथामका लागि पेनिसिलिन सुई सबैभन्दा प्रभावकारी छ । यसकारण यसको प्रयोगलाई व्यापक बनाउनुपर्छ ।

४. बाथ ज्वरो नियन्त्रणमा स्वास्थ्य शिक्षाको ठूलो महत्व छ । यसकारण देशको स्वास्थ्य र शिक्षा मन्त्रालयहरु आपसमा मिलेर कार्यक्रम बनाएमा बढी प्रभावकारी हुन्छ ।

५. यस्ता कार्यक्रमहरु राष्ट्रिय कार्यक्रमका रुपमा ग्रामीण तहसम्म पुग्ने गरी प्राथमिक स्वास्थ्य उपचार सेवाभित्रै पर्ने गरी सञ्चालन गर्ने प्रयास हुनुपर्दछ ।

६. यस्ता कार्यक्रमहरु राष्ट्रिय स्वास्थ्य विकास योजनाभित्रै समावेश गरिनुपर्दछ ।

७. बाथ ज्वरो उन्मूलन गर्न घाँटीको संक्रमणविरुद्ध खोपको आविष्कार गर्ने कार्यतर्फ अनुसन्धान हुनु जरुरी छ ।

बाथ मुटु रोग नियन्त्रणको मुख्य कार्य भनेको घाँटीको संक्रमणबाट बालबालिकाहरुलाई जोगाउनु हो । यसका लागि जनचेतना जगाउने, स्कुल शिक्षामा यस रोगबारे पठनपाठन गराउने, रोगबारे अध्ययन–अनुसन्धान गर्ने, आधारभूत स्वास्थ्य सेवा–सुविधाभित्र बाथ ज्वरोको प्राथमिक रोकथामसमेत समावेश गर्ने आदि महत्वपूर्ण कार्यहरु गर्नुपर्ने देखिन्छ ।

ग्रामीण जनताको पहुचसम्म यस कार्यक्रमलाई पु-याउनु हाम्रो कर्तव्य हो । नेपालमा ठूलो स्वास्थ्य समस्याका रुपमा रहिआएको बाथ मुटुरोग नियन्त्रण गरी यस रोगबाट हुने मृत्यु र शारीरिक अशक्तताको संख्यामा कमी ल्याउन सरकार र जनता सबै मिली लाग्नुपर्ने देखिन्छ ।

Previous Post

असार १५ गते शुक्रबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

Next Post

एसईईको नतिजा अन्तिम चरणमा

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

एसईईको नतिजा अन्तिम चरणमा

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.