HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

४ खानेकुरा, जसले मुटु स्वस्थ राख्छ

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मुटुमा विभिन्न कारणले समस्या आउँछ । मुटुरोग लाग्नुको प्रमुख कारण खानपिन हो । यदि दैनिक रुपमा लो डेन्सिटी लिपोप्रोटिन (एलडीएल) अर्थात् खराब कोलेस्टेरोल बढ्ने चिल्लो, गुलियो र नुनिलो खानेकुरा बढी खाएमा मुटुरोगको जोखिम उच्च हुन्छ ।

यस्ता खानेकुराले बोसो जमेर मुटुको रक्तनली साँघुरो बनाउँछ । जसकारण रक्तनली नै बन्द हुने सम्भावना हुन्छ । मुटुमा रक्तप्रवाह नियमित हुँदैन र यसले कोलोनरी हार्ट डिजिज र हृदयघातको सबैभन्दा प्रमुख कारण मानिन्छ ।

त्यसैले मुटुलाई स्वस्थ राख्न यी खानेकुरामा जोड दिनुपर्छ ।

हरियो सागपात : मुटु स्वस्थ राख्न चम्सुर, पालुङ्गो, मेथीको साग, रायो, तोरी, फर्सीको मुन्टाजस्ता हरियो सागपात लाभदायक हुन्छन् । यी तरकारीमा उच्च मात्रामा भिटामिन, खनिज पदार्थ, न्युट्रिसियन पाइने भएकाले रगतलाई जम्न र रक्तचाप घटाउन मद्दत गर्छ । हरियो सागपात दैनिक खानामा समावेश गरे मुटुरोग लाग्ने सम्भावना निकै कम हुन्छ ।

फलफूल : फलफूल चिनीको मात्रा कम र बढी हुने दुई प्रकारका हुन्छन् । मुटुका लागि चिनीको मात्रा कम भएका फलफूल उपयुक्त हुन्छ । यसमा बेरी प्रजातिको अंगुरलगायत फलफूल पर्छन् । बेरीले रक्तनलीको भित्री पत्रलाई पनि स्वस्थ बनाउँछ ।

फाइबरयुक्त खानेकुरा : फाइबरयुक्त खानेकुरा मुटुलाई स्वस्थ राख्न उपयुक्त हुन्छ । फाइबरयुक्त खानेकुराले रगतमा कोलेस्टेरोल र ग्लुकोजको मात्रा कम गराएर रक्तनलीमा खराब कोलेस्टोरोल जम्मा हुन दिंदैन । फाइबरयुक्त खानेकुरा जस्तै गेडागुडी, गाँजर, जौ, फलफूल, ड्राइफ्रुट, बोक्रासहितको फलफूल, ब्रोकाउली, गाँजर, हरियो सागसब्जी, काउली, च्याउ, कुरिलो, हरियो केराउ हुन् । छोक्रासहितको गहुँको पिठो, काफल, सुन्तला पनि फाइबरको राम्रो स्रोत भएकाले दैनिक खानु उपयुक्त हुन्छ ।

प्रोटिनयुक्त माछामासु : प्रोटिनको राम्रो स्रोत माछामासु सन्तुलित रुपमा खान सकिन्छ । तर यसमा बोसोको मात्रा भने न्यून हुनुपर्छ । माछामासु दैनिक भन्दा पनि सन्तुलन मिलाएर खान सके लाभदायक हुन्छ । त्यस्तै दाल र गेडागुडी पनि खानमा दैनिक समावेश गरे मुटुरोगबाट बच्न सहयोग पुग्छ ।

खानपानबाटै मुटुलाई स्वस्थ राख्न सकिन्छ ?

खानपान मुटुरोगको प्रमुख कारण भए पनि वंशाणुगत, उच्च रक्तचाप, मधुमेहका कारण पनि मुटुरोग लाग्न सक्छ । शारीरिक व्यायामको कमी, तौलको कारण पनि मुटुरोग लाग्ने सम्भावना हुन्छ ।

हरेक रोग लाग्नुमा खानपानकै मुख्य भूमिका हुन्छ । उदाहरणको लागि यदि कसैलाई १० प्रतिशत मुटुरोग लाग्ने सम्भावना छ भने खानपानमा ध्यान दिएमा २-३ प्रतिशत मात्रै यसको सम्भावना हुन्छ । त्यसैले खानपानका साथै शारीरिक व्यायाम, तौल घटाउन सकेमा र धुम्रपान मद्यपान छाड्न सकेमा धेरै हदसम्म मुटुरोगबाट बच्न सकिन्छ ।

कस्तो खानपानले मुटुलाई हानि गर्छ ?

धेरै नुनिलो, चिल्लो, कार्बोहाइड्रेट धेरै भएको, रातो र बोसोयुक्त मासु, जंकफुड, गुलिया खानेकुरा, तारेको, भुटेको खानेकुरा मुटुका लागि हानिकारक हुन्छन् । त्यस्तै अत्यधिक माछामासु सेवन, धुम्रपान र मद्यपानले पनि मुटुलाई हानि पुर्‍याउँछ ।

Previous Post

पैसा कमाउनी तरीका ,कसरी कमाउने ? सुख-सयल कसरी प्राप्त गर्ने ?

Next Post

खानामा कपाल भेटिए के गर्ने ? खाने की नखाने ?

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

खानामा कपाल भेटिए के गर्ने ? खाने की नखाने ?

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    २ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.