आइतबार नेप्से परिसूचक ६२.२१ अंक बढेर २११७.७३ बिन्दुमा पुगेको हो। त्यस्तै सेन्सेटिभ इण्डेक्स ९.६४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ४.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८९ अंकले बढेको छ। नेप्से ६२ अंकले बढेसँगै नेप्से परिसूचक २१ सय बिन्दुमाथि पुगेको छ।
आइतबार कारोबारमा आएका २७५ कम्पनीको १ करोड ४७ लाख ५१ हजार कित्ता शेयर ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।






Discussion about this post