दाङ – दाङको दङ्गीशरण गाउँपालिकामा चट्याङ लागेर आज दुईजनाको ज्यान गएको छ।
चट्याङ लागेर दङ्गीशरण गाउँपालिका-६ बागरका ३२ वर्षीय समिर केसी र दङ्गीशरण गाउँपालिका-३ चखौराका ३७ वर्षीय रामनारायण चौधरी (वीरेन्द्र) काे ज्यान गएकाे हाे ।
दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।






Discussion about this post