अधिकांश मानिसले अण्डा खाने गर्छन् । यसलाई कसैले उसिनेर वा तेलमा तारेर पनि खाने गर्छन् । अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।
चिकित्सकहरु पोषक तत्वले भरपूर भएकाले खानामा अण्डा सामेल गर्न सल्लाह दिने गर्छन् । यसमा भिटामिन ए, बी, डी र बी १२ का अलावा लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्वले भरपूर हुन्छ ।
अण्डामा कोलेस्टेरोल हुन्छ भन्ने प्रमाणित भएपछि ब्रिटिश हार्ट फाउण्डेसनले सन् २००७ मा हप्तामा तीनवटा अण्डामात्र खाने सल्लाह दिएको थियो । उसिनेको अण्डा खाँदा जति फाइदा हुन्छ त्यत्ति अमलेट बनाइएको या फ्राइ गरिएको अण्डाले दिँदैन ।
यसले कोलेस्टेरोलको मात्रा बढाउँछ । यस्तो फाइदाजनक अण्डा विग्रेको परेको खण्डमा शरीरलाई असर गर्छ । यस कारण अण्डा विग्रेको हो कि होइन भनेर पहिला पत्ता लगाउनु आवश्यक छ ।
अण्डा ताजा हो कि होइन भन्ने जान्न एउटा कचौरामा चिसो पानी लिनुपर्छ । त्यसमा अण्डा हाल्नुपर्छ । यदि अण्डा डुब्छ भने त्यो ताजा हो, डुब्दैन भने त्यो ताजा होइन । कुखुराले अण्डा पारेको दिनदेखि २८ दिनसम्म खान योग्य हुन्छ






Discussion about this post