HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

जतिपल्ट सेक्स ,त्यत्तिपल्ट पिल्स सेबन

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

‘डाक्टर सा’ब नमस्कार, ‘प्राइभेट पार्ट’मा समस्या देखियो,’ किशोरी खुलेर भन्छिन्। अहिलेका किशोरीहरुले निर्धक्क समस्या भन्न सकेकोमा गाइनोक्लोजिष्ट डा. लता बज्रचार्य खुशी हुन्छिन्। उनले भनिन् आफ्ना समस्या निर्धक्क भन्नसक्नु समाजमा आएको सकरात्मक परिवर्तनको एउटा नतिजा हो भन्ने लाग्छ । उनी त्यो उमेरकी हुँदा यस्ता विषय सहकर्मीसँगै गर्न हिचकिचाउने अवस्था थियो।

त्यो समयमा प्रजनन वा यौन समस्याले गाँजेर ज्यानै जाने अवस्था नआइ मुख खोल्न सकिने अवस्था थिएन। समस्या भन्यो, उल्टै चरित्रमाथि औंला उठाउने डर हुन्थ्यो । डा. बज्राचार्यकोमा जिज्ञासा र समस्या लिएर आउनेमा धेरै युवतीहरु छन्। ती युवतीहरु आफ्ना समस्या निर्धक्क भन्दै जान्छन्, ‘प्राइभेट पार्ट’मा चिलायो। दाग देखियो। ब्वाइफ्रेन्डसँग सेक्स भा’थ्यो। पिल्स त खाएँ तर शंका लाइरा’छ। आदि इत्यादि। डा. बज्रचार्य चकित पर्छिन्, ‘समाज त निकै अघि बढिसकेछ। म कहाँ समस्या लिएर आउने ५० प्रतिशत युवती त ब्वाइफ्रेन्ड भएको र उसँग सहवास हुने गरेको निर्धक्क बताउँछन्।’

उनीकहाँ आउनेमा आफ्ना ‘मल्टिपल’ सेक्स पार्टनर भएकाले भविष्यमा यौन तथा प्रजनन समस्या आउँछ कि भनेर सोध्ने पनि छन्। सहरी एरियामा बढ्दो प्रजनन तथा यौन स्वास्थ्य शिक्षाले मात्रै डा. लता बज्राचार्यलाई गुहारेका होइनन्। उमेर त्यति धेरै नहुँदै यौन तथा प्रजनन समस्यामा पर्नेको सँख्या पनि बढेको देखिन्छ।

डा. बज्राचार्यलाई सही लाग्छ, ‘सानो समस्या हुने बित्तिकै उपचारका लागि आउँछन्।’ पीर लाग्छ, ‘विकृतिले हामीलाई नराम्ररी गाँज्दै त छैन।’ अझ ठूलो संख्यामा त जोशमा होस् गुमाएर कण्डम जस्ता सुरक्षित साधन प्रयोग नगर्ने बढेका छन्। ‘आधुनिकतासँगै आफूलाई ढाल्ने क्रममा असुरक्षित सम्बन्ध स्थापित गर्नुचाहिँ विकृति हो,’ डा. बज्राचार्य भन्छिन्।

जतिपल्ट सेक्स, त्यत्तिपल्ट पिल्स ‘ब्वाइफ्रेन्डसँग रमाइलो गर्दा गर्दै यौनसम्बन्ध भइहाल्यो। पछि इर्मेजेन्सी पिल्स त लिएकी थिएँ तर पनि शंका लाइरा’छ,’ उनलाई निर्धक्क भन्छन् केटीहरु।

‘यो उपक्रम महिनौंदेखि दोहोरिएको हुन्छ,’ डा. लता भन्छिन्, ‘यो आकस्मिक गर्भ निरोधक पिल्स हो तर हप्तैपिच्छे ब्वाइफ्रेन्डसँग असुरक्षित यौन सम्बन्ध राखेर हप्तैपिच्छे पिल्स सेवन गर्ने बढेका छन्। यसले साइड इफेक्ट गरेपछि हामीकहाँ आइपुग्छन्।’

अपुरो जानकारीका कारण यो चक्कीलाई परिवारको नियोजनको साधनको रुपमा प्रयोग गर्ने गरिएको पाइएको उनी बताउँछिन्। उनका अनुसार यसको प्रयोगले गर्भ रहँदैन भन्ने मात्रै बुझाई धेरै किशोरीमा रहेको छ। अहिलेको पुस्ताले ज्ञान पाए र स्वतन्त्रता पाए। उनको बुझाईमा यो दुईटै अपुरो भयो, ‘ज्ञान यति मात्रै पाए कि कुन साधनको प्रयोग गर्दा गर्भ रहँदैन र स्वतन्त्रता त्यसलाई मात्रै ठाने कि ब्वाइफ्रेन्डसँग यौन सम्बन्ध राख्नुपर्छ।’

अहिलेको पुस्ताले फाइदा मात्रै बुझ्ने र त्यसले ल्याउने समस्यालाई वेवास्ता गर्ने गरेको उनी बताउँछिन् छिन्।

मेडिकल गर्भपतन बढ्दो

असुरक्षित सम्बन्ध बनाएपछि समस्यामा पर्नेको कहानी यहीँनेर टुंगिदैन। ‘अहिले सहरी क्षेत्रमा अर्को समस्या बढिरहेको छ त्यो हो मेडिकल गर्भपतन,’ डा. बज्रचार्यले भनिन्। विशेषज्ञको निगारानी र सल्लाहबिनै मेडिकलमा गर्भपतनका औषधि किनेर खाँदा भएका समस्या लिएर पनि धेरै महिलाहरु आफूसम्म आइपुगेको उनी बताउँछिन्।

सहरी महिलामा अहिले केही सकरात्मक परिवर्तन पनि देखिएका छन्। ‘केही समयअघि आफ्नो दुध बच्चालाई खुवाउँदा ज्यान बिग्रिने पीरले गाइभैंसीको खुवाउने गरेको सुनिन्थ्यो। अहिले भने आफ्नै दुध खुवाउनेहरु धेरै छन्,’ उनले भनिन्।

पेटको सौन्दर्यको पीर गर्भवती अवस्थामा र त्यसपछि आफ्नो सौन्दर्यमा कमी आउने पीरले भने महिलालाई छाडेको छैन। अनुहारको चायाँपोतासँगै पेटको सौन्दर्य बिग्रेकोमा पीर गर्ने धेरै छन्। उनका अनुसार पेटको केही अंश देखाएर सारी लगाउने चलन आएकाले पेटको सुन्दरताको चिन्ता गर्ने बढेका हुन्। ‘विशेष गरी गर्भावस्थामा पेटको छाला तन्किँदा सेता धर्साहरु देखिने भएकाले ती कसरी मेट्ने भनेर आउने धेरै हुन्छन्,’ डा. बज्रचार्य भन्छिन्।
स्वास्थ्य पत्रीका बाट साभार

Previous Post

कलाकार ‘बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ, वानएक्स बेटमा

Next Post

सुत्नुभन्दा अगाडि उमालेर खानुहोस् केरा, केहि दिनमै देखिनेछ यस्तो चमत्कार

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

सुत्नुभन्दा अगाडि उमालेर खानुहोस् केरा, केहि दिनमै देखिनेछ यस्तो चमत्कार

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.