भान्सामा प्राय नटुट्ने मसला हो सुकमेल । खासमा परिकार स्वादिष्ट बनाउन हामिले सुकमेल प्रयोग गर्ने गर्छौ । तर यसमा औषधिय गुण हुन्छ । औषधिय गुणले भरिपुर्ण सुकमेलमा नियासिन, पाइरिडोक्सिन, रिवोफ्लाभिन, थियामाइन, भिटामिन ए, भिटामिन सी, सोडियम, पोटासियम, क्याल्सियम, कपर, आइरन, म्यांगनिज, जिंक लगायतका तत्वहरु पाइन्छ । यसको सेवनले ग्यास्ट्रिक, कोलेस्टेरोल तथा क्यान्सरलाई नियन्त्रण गर्न सहयोग गर्छ ।
साथै यसको सेवनले रक्तसन्चारमा पनि सुधार ल्याउछ । त्यस्तै सुकमेलको सेवनले मुटुसम्बन्धी समस्याबाट पनि टाढा रहन सकिन्छ ।तपाईको दाँतसम्बन्धी रोग भएमा पनि यसले ठिक गर्छ । त्यस्तै दमको समस्या छ भने पनि सुकमेलले ठिक हुन्छ । तपाईमा यात्रा गर्दा बान्ता आउने गर्छ भने पनि सुकमेल च्याप्दा बान्ता आउदैन । यसको सेवनले मानसिक तनाव हुँदैन । यसको सेवनले मुखमा आउने दुर्गन्ध पनि कम गर्छ ।
यस्ता छन् अरु फाईदाहरु: क) मुटुको धड्कनमा सुधार: आजकल मुटुको रोग सामान्य भएको छ । प्राय: मानिसहरूको मुटुको धड्कन कम हुन्छ। मुटुको धड्कनलाई सही राख्नको लागी सानो सुकुमेल निकै प्रभावकारी हुन्छ । सुकुमेलमा पोटासियम, क्याल्सियम र म्याग्नेसियम जस्ता खनिज पदार्थ पाइन्छ । मानवको रक्त, शरीरमा पाइने तरल पदार्थ र टिसयुजको मुख्य तत्व पोटासियम हो । सुकुमेलमा पोटासियम पर्याप्त मात्रामा पाइन्छ ।
ख) फोक्सोको समस्यालाई हटाउछ: सुकुमेलले फोक्सोमा रक्त संचालनको गतिलाई बढाउँछ। यसले स्वासको समस्या जस्तै चिसो र खोकीबाट राहत प्रदान गर्दछ । आयुर्वेदमा सुकुमेलको परिणाम गर्मी मानिएको छ । जसले शरीरको लागि गर्मी दिन्छ । त्यसकारण यसको सेवन गर्नाले तपाईँको शरीरमा कम भन्दा कम चिसोको असर हुन्छ ।
ग) रक्तचाप नियन्त्रण गर्छ: सुकुमेलको सेवन गर्नाले रक्तचाप नियन्त्रण गर्न प्रभावकारी हुन्छ । मानव शरीरमा धेरैजसो रोगले उच्च रक्तचापको कारण जन्म लिन्छ । यदि तपाई पनि प्रतिदिन दुईदेखि तीनवटासम्म सुकुमेलको सेवन गर्नु हुन्छ भने तपाइ रक्तचापबाट मुक्त हुनुहुन्छ ।
घ) मुखको गन्ध हटाउन: सुकुमेलले स्वाद बढाउनुका साथै माउथ फ्रेश्नरको काम पनि गर्छ । यसको सेवन गर्नाले मुखको गन्धमा सुधार आउछ । यदि तपाईँको मुख धेरै गनाउँछ र मान्छेहरू तपाइको छेउमा पर्न हिचकिचाउँछन् भने हर समय एउटा सुकुमेल मुखमा राख्न सक्नुहुन्छ । ङ) कब्जियतबाट राहत: तपाईंलाई कब्जियत छ भने पनि सुकुमेल पकाएको पानी पिउनाले तपाईँलाई फाइदा गर्छ । यसले तपाईँको पाचन क्रियालाई सही बनाएर कब्जियतबाट राहत पाउन सक्नुहुन्छ ।
च) उल्टी हुने समस्यामा राहत: लामो दूरीको यात्रा गर्दा उल्टी हुने समस्या हुन्छ । यात्रा शुरु गर्नुभन्दा पहिला सुकुमेलको प्रयोगले यस समस्यालाई हटाउन मद्दत गर्नेछ । यदि तपाईँलाई यात्रामा सबै समय उल्टीको समस्या हुन सक्छ भन्ने लाग्छ भने तपाईले सम्पूर्ण समय सुकमेललाई मुखमा राख्न सक्नु हुन्छ । छ) घाँटी दुख्ने समस्या: मौसम परिवर्तन वा सामान्य दिनहरुमा पनि घाँटी दुख्ने समस्याबाट पीडित हुनुहुन्छ भने सुकुमेलको प्रयोग गर्नुहोस् । यसले दुखाइबाट राहत दिन्छ ।







Discussion about this post