• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T08:07:37+05:45300720266 2026-06-04T08:07:37+05:45000000Thu, 04 Jun 2026 08:07:37 +0545Thu, 04 Jun 2026 08:07:37 +0545Asia/Kathmandu630_300706Asia/Kathmandu( $3026pAsia/Kathmandu, $80630 = 0 ) { // Thu20266'30 00000037Asia/Kathmandu 620266-8Jun+0545 300706Asia/Kathmandu3730am06p, 0000006ThursdayAsia/Kathmandu3737 262026000000 k620264 3008Asia/Kathmandu 0407ffAsia/KathmanduThu, 04 Jun 2026 08:07:37 +0545Asia/Kathmandu62026-06-04T08:07:37+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 08:07:37 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 07f ( '300706Asia/Kathmandu3730am06p' === $3026pAsia/Kathmandu || '1780539757' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 08:07:37 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:07:37 +05456 $80630 ? 300706Asia/Kathmandu() : 300706Asia/Kathmandu() + (07630) ( 8Asia/Kathmandu30_2026p300720266( '80630_2026ff37Asia/Kathmandu30' ) * 08+05451780539757R_04_thEC+05454Thuth ); } 07f ( '062637qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 08:07:37'; } $300706Asia/Kathmandu15420266Asia/Kathmandu = $80630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450706Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780539757+0545C' ) : 4p_300706Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300706Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450706Asia/Kathmandu( '620264', $300706Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 08:07:37 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:07:37 +05456 $04am30Asia/Kathmandu300706Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 08:07:37 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

साउदीमा मजदुरीका लागि जान पनि एसइई पास हुनुपर्ने!

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नेपाली श्रमिकहरू अब रोजगारीका लागि साउदी अरब जाँदा शैक्षिक योग्यताको प्रमाणपत्र चाहिने भएको छ।

यस्तो प्रमाणपत्र परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणित गर्नुपर्ने छ। त्यसपछि फेरि साउदी दूतावासबाट प्रमाणीकरण भएपछि मात्रै नेपाली श्रमिकहरू जान पाउने व्यवस्था साउदी सरकारले गरेको हो।

यी निकायबाट प्रमाणीकरण हुने शैक्षिक प्रमाणपत्र न्यूनतम एसइई/एसएलसीको हो। योभन्दा तल्लो तहको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गरिँदैन।

यसकारण अब मजदुरी (लेबर) लगायत जुनसुकै कामका लागि साउदी जाने श्रमिकले न्यूनतम एसइई/एसएलसीसम्मको अध्ययन पूरा गरेको हुनुपर्ने भएको हो।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले साउदीको यो व्यवस्थाअनुसार श्रमिक पठाउन नसक्ने बताए।

‘यसमा हाम्रो आपत्ति छ। किनभने मानौं यहाँबाट एक जना ड्राइभर साउदी जान्छ। ऊसँग ड्राइभिङ लाइसेन्स हुन्छ तर एसएलसी पास नगरेको पनि हुनसक्छ,’ उनले भने, ‘साउदीले बरू सीप परीक्षण गरेर लैजान सक्छ। तर यसरी प्रमाणपत्र हेरेर लैजान्छु भन्न त पाइएन नि!’

मजदुरीका लागि जाने श्रमिकको शैक्षिक योग्यता तोकिनु गलत अभ्यास भएको उनले बताए।

‘हाम्रा एसइई, स्नातक, स्नातकोत्तर पढेका सबै मान्छे त साउदीमा मजदुरी गर्न जाँदैनन्। अझ साउदी जाने भनेको त अधिकांश, निर्माण, सरसफाइ, सुरक्षा गार्ड लगायत काममा हो। यो क्षेत्रमा काम गर्न सीप चाहिन्छ, शैक्षिक योग्यता होइन,’ उनले थपे।

मजदुरीका लागि विश्वका जुनसुकै मुलुकमा जान पनि शैक्षिक योग्यताको प्रमाणपत्र खोजिँदैन। साउदीले के कारण यस्तो व्यवस्था गर्न लागेको भनेर स्पष्ट खुलाएको छैन। अंग्रेजी भाषा बोल्ने र बुझ्न सक्ने श्रमिक चाहिएकाले यस्तो व्यस्था गरिएको भन्ने अनौपचारिक रूपमा सुनेको भण्डारीले उल्लेख गरे।

‘जे भए पनि यो व्यवस्था गलत छ। साउदीले के हिसाबले यो नीति ल्यायो? दुःख दिने नियत हो कि केही बुझ्न सकिएको छैन,’ उनले भने।

उनका अनुसार साउदीले अन्य मुलुकमा पनि यस्तो व्यवस्था लागू गर्न प्रस्ताव गरेको छ। तर अरू देशले अस्वीकार गरिसकेको र नेपालले पनि यसको समाधानका लागि कूटनीतिक पहल गर्नुपर्ने भण्डारी बताउँछन्।

‘हामीले परराष्ट्र र श्रम मन्त्रालयमा सहजीकरणका लागि आग्रह गरेका छौं। साउदी पक्षसँग छलफल गर्छौं भन्ने प्रतिक्रिया पाइएको छ,’ उनले भने।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजिव पोखरेलले न्यूनतम एसइई/एसएलसी पास भएको शैक्षिक प्रमाणपत्र अनिवार्य हुनुपर्ने व्यवस्था साउदी सरकारले एकतर्फी रूपमा गरेको बताए।

‘यस विषयमा साउदी र हामीबीच कुनै छलफल भएको छैन। यो व्यवस्था लागू गर्न व्यावहारिक पनि छैन,’ उनले भने, साउदीमा नेपालीहरू ड्राइभिङ, निर्माण क्षेत्र, सरसफाइ जस्ता काममा धेरै पुग्छन्। उनीहरू सबैले एसएलसी/एसइईसम्म पनि पास गरेका हुँदैनन्।’

यो विषयमा साउदी पक्षसँग छलफलका लागि मन्त्रालयले पत्राचार गरेको उनले बताए।

‘हामीले इमेलमार्फत् र परराष्ट्रमार्फत पनि पत्राचार भएको छ, हेरौं अब के प्रतिक्रिया आउँछ,’ पोखरेलले भने।

यो नीति अव्यावहारिक भएकाले नेपालका लागि साउदी राजदूतसँग पनि छलफल हुने उनले जानकारी दिए।

साउदी नेपाली श्रमिकहरूको आकर्षक गन्तव्य मुलुकमध्ये एक हो। साउदीमा कामको खोजीमा ठूलो संख्यामा नेपाली श्रमिक पुग्ने गरेका छन्।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत वर्ष मात्रै एक लाख ८० हजारभन्दा बढी नेपालीहरू श्रम स्वीकृति लिएर साउदी पुगेका छन्।

यो मुलुकसँग श्रम सम्झौता भने भएको छैन। नेपालले दस वर्षअघिदेखि नै श्रम सम्झौताका लागि पहल गरे पनि साउदीले चासो नदेखाउँदा सम्झौता हुन नसकेको हो।

पछिल्लो समय भने साउदी केही सकारात्मक देखिएका कारण सम्झौताका लागि आवश्यक मस्यौदा दुई देशबीच आदानप्रदान भएको श्रम मन्त्रालयले जनाएको छ।

Previous Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन जेठ २९ गते सोमबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

Next Post

कुरिलो खानुका यस्ता छन् फाइदाहरू, जान्नुभयाे भने खाेजि-खाेजि खान थाल्नुहुनेछ

HoKhabar

HoKhabar

Related Posts

समाचार

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

by हो खबर
३ घण्टा अगाडि
0
1.2k

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...

Read more

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

३ घण्टा अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k
Next Post

कुरिलो खानुका यस्ता छन् फाइदाहरू, जान्नुभयाे भने खाेजि-खाेजि खान थाल्नुहुनेछ

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ३ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In