HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

गर्मीमा पानीफ्रिजको चिसो पिउन हुन्छ ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

टन्टलापुर घामबाट घरमा फर्किएपछि फ्रिजको चिसो पानी पिउन कसलाई मन नपर्ला ? गर्मीसँगै थकाइले प्यास लागिरहेको अवस्थामा चिसो पानीले घाँटी भिजाउनुको मज्जा नै बेग्लै हुन्छ ।

तर चिसो पानी पिउँदा स्वास्थ्यलाई हानि गर्छ कि गर्दैन भन्नेमा भने धेरैको ध्यान पुगेको हुँदैन । यसै सन्दर्भलाई लिएर भएका विभिन्न अध्ययन अनुसन्धानले भने घामबाट धापिएर आउने बित्तिकै चिसो पानी खाँदा स्वास्थ्यलाई असर पर्न सक्ने देखाएका छन् ।

त्यसो भए चिसो पानी खान हुँदैन त ?

पोषणविद् योगिता सापकोटाले सधैं चिसो पानी खाने स्वस्थ व्यक्तिलाई खासै फरक नपर्ने भएपछि बिरामीमा नकारात्मक प्रभाव पार्ने बताउँछिन् । यस्तै, मेडिकलन्युज टुडेमा प्रकाशित लेखमा भनिएको छ, ‘आयुर्वेदिक विज्ञान अनुसार चिसो पानी पिउँदा शरीरमा तापक्रम असन्तुलन हुन्छ, जसले गर्दा थप ऊर्जा शरीरलाई चाहिन्छ । यसले पाचनप्रक्रिया सुस्त हुन्छ ।’

चिसो पानीको तुलनामा तातो वा मनतातो पानीले खानेकुरा पचाउन सहज हुने लेखमा उल्लेख छ । चिसो पानीले एकाल्सीया (खानानलीमा हुने समस्या) हुने व्यक्तिलाई हानि गर्ने जर्नल अफ न्युरोग्यास्ट्रोइन्ट्रोलोजी एण्ड मोटोलिटिमा प्रकाशित लेखमा उल्लेख छ ।

पाचनमा प्रभाव

पोषणविद् सापकोटाका अनुसार केही अध्ययनले शरीरले कुनै पनि पदार्थलाई आफ्नो तापक्रममा ल्याउने तर अति कम तापक्रमको खानेकुरालाई पनि शरीरले तापक्रम अनुसार ढाल्न थाल्छ । जसले प्रक्रियालाई सुस्त बनाउँछ र अपचको समस्या निम्त्याउँछ ।

घाँटी दुख्ने समस्या

चिसो पानी पिउँदा घाँटी दुख्ने र आवाज परिवर्तन हुने आम समस्या नै हो । सधैं चिसो पानी पिउनेलाई भन्दा कहिलेकाहीं पिउनेलाई घाँटी दुख्ने समस्या बढी हुने सापकोटा बताउँछिन् ।

हृदय गतिमा प्रभाव

एक्कासि घामबाट धापिएर आएर चिसो पानी खाँदा शरीरको मुटुको धड्कन पनि कम गर्न सक्ने एक अध्ययनले देखाएको छ । फ्रिजको चिसो पानी बढी पिउनाले दशौं क्रेनियल नर्भ (भ्यागस नर्भ) उत्तेजित हुन्छ र कम तापक्रमको पानीको असर सिधै भ्यागस नर्भमा पर्छ । जसकारण मुटुको धड्कन घट्ने हुन्छ ।

टाउकोमा समस्या

चिसो पानी वा आइस पानी पिउँदा मेरुदण्डका संवेदनशील स्नायुहरूलाई चिसो पार्न सक्ने सापकोटा बताउँछिन् । जसले टाउको दुख्ने, अनुहार र कपालको मांसपेशी अचानक संकुचित गर्न सक्ने उनी बताउँछिन् । ‘तर पनि यसको अध्ययनको ठोस निचोड भने निस्किसकेको छैन,’ उनी भन्छिन् ।

दाँतमा समस्या

फ्रिजको चिसो पानीले दाँतमा असर गर्न सक्ने दन्त चिकित्सक डा. मनिषा खर्बुजा बताउँछिन् । ‘चिसो खानेकुरा वा सफ्ट ड्रिंक्स पिउँदा दाँतको इनामेल नष्ट हुन सक्छ, उनी भन्छिन्, ‘दाँतको इनामेल पहिले नै खिइसकेको अवस्थामा धेरै चिसो पानीले डेन्टिनका छिद्र हुँदै पल्पमा भएका स्नायुलाई उत्तेजित पारेर दाँत दुख्ने वा सिरिङसिरिङ भएको महसुस हुन सक्छ ।’ यद्यपि कहिलेकाहीं फ्रिजको चिसो पानी पिउँदा त्यति फरक नपर्ने उनी बताउँछिन् ।

Previous Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन जेठ २४ गते बुधबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

Next Post

असारदेखि पैसै-पैसासँग खेल्नेछन् यी ३ राशिका मानिस !

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

असारदेखि पैसै-पैसासँग खेल्नेछन् यी ३ राशिका मानिस !

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.