भारतबाट ल्याइने मुर्रा जातका राँगाले बजार माहोल तताएको छ । सदनदेखि सडक र सामाजिक सञ्जालसम्म जताततै भारतबाट ल्याइने यी १५ राँगाकै चर्चा छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार उच्च प्रजनन् मानिएका १५ वटा मुर्रा राँगा नेपाल सरकारलाई वस्तुगत सहायता स्वरूप भारतले निशुल्क उपलब्ध गराएको हो । यसको प्राविधिक पक्ष निरीक्षणका लागि विज्ञ एवं प्राविधिकहरू छिट्टै भारतस्थित सम्बन्धित सरकारी फार्ममा जाने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता सहसचिव प्रकाशकुमार सन्जेलले मंगलवार विज्ञप्ति जारी गर्दै प्राविधिक पक्ष टुंगिएपश्चात भारतीय पक्षबाट नेपालको भन्सार नाकासम्म ती राँगा उपलब्ध गराउने छ ।
यसरी प्राप्त रोगालाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन् कार्यालयहरू (पोखरा, नेपालगंज र लाहान) मा व्यवस्थापनगरी उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरिने र कृषकलाई कृत्रिम गर्भाधान कार्यको लागि उपलब्ध गराइने व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।
१५ वटा राँगाबाट तीन वर्षपछि वार्षिक कम्तीमा साढे एक लाख डोज वीर्य उत्पादन भई कम्तीमा १ लाख भैसीमा कृत्रिम गर्भाधान गराउन सकिने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयका अनुसार यसअघि सन् २०१८ मा नेपालमा भएको नेपाल भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको बैठकमा भएको निर्णयानुसार नेपाल सरकारबाट विभिन्न समयमा औपचारिकरअनौपचारिक तवरबाट भारत सरकारसँग ३० वटा उच्च प्रजनन् मानका मुर्रा राँगो उपलब्ध गराउन अनुरोध गरिएको थियो ।
तर भारतले भने १५ वटा राँगा उपलब्ध गराउने भएको छ ।






Discussion about this post