HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

अनुहारमा चायापोतो किन आउँछ ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
OLYMPUS DIGITAL CAMERA

OLYMPUS DIGITAL CAMERA

136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सफा, चम्किलो र दागरहित छाला कसलाई मन नपर्ला ? तर कहिले छालासम्बन्धी रोग त कहिले हाम्रो आफ्नै लापरवाहीले अनुहारको छालामा समस्या आइरहेको हुन्छ ।

अनुहार राम्रो हुँदा पनि कतिपय अवस्थामा छालामा दाग, चाया र पोतो आउने समस्याले सताउन सक्छ । यस्तो समस्याले व्यक्तिमा नैराश्यता ल्याउने र आत्मविश्वासमा समेत कमी ल्याउन सक्छ । यदि समयमै छालाको हेरचाह गरे यसको पनि समाधान हुन सक्छ ।

कारण

सूर्यको किरण

अनुहारमा चायापोतो आउनु छालासमबन्धी एक रोग हो । छालालाई रङ दिने मेलानोसाइट कोषिकाहरु बढेपछि अनुहारको रङ गाढा भई चायापोतो बढाउँछ यसलाई बढाउने मुख्य कारक घामको किरण नै हो । सूर्यको परावैजनी किरणले छालाको विभिन्न समस्या निम्त्याउन सक्छ । बढी मात्रामा घाममा काम गर्ने र बस्ने व्यक्तिमा यस्तो समस्या देखिन सक्छ ।

वंशाणुगत

चायापोतो आउनुको अर्को कारण वंशाणुगत पनि हुन सक्छ । यदि परिवारको सदस्यमा चायापोतो आउने समस्या भए सन्तानमा पनि देखिन सक्छ ।

औषधि

महिलामा गर्भनिरोधक चक्की पिल्स, छारेरोगको औषधि सेवन गर्ने घामको सम्पर्कमा आइराख्दा यस्तो समस्या देखिन सक्छ ।

स्वास्थ्य समस्या

थाइराइड, गर्भावस्था, हार्मोनल परिवर्तन, विभिन्न ग्रन्थिमा ट्युमर हुँदा कोषिकाहरु बढ्न जान्छन् । त्यसकारण पनि चायापोतोको समस्या देखिन्छ । त्यस्तै १० प्रतिशतमा विनाकारण पनि यो समस्या देखिन्छ ।

कहाँ-कहाँ आउँछ ?

यो सबैभन्दा बढी अनुहारमा देखिन्छ । प्रायः गालाभन्दा माथि हड्डी भएको भाग, नाक, निधार र चिउँडोमा देखिन्छ । यदि छालाको सतहमा मात्र पोतो भएमा भने हल्का खैरो मात्र हुन्छ । तर छालाको भित्री सतहमा असर गरेको खण्डमा गाढा निलो र कालो देखिन्छ ।

उपचार

यसको मुख्य उपचार भनेको नै घामबाट बच्नु हो । किनभने घामको सम्पर्कमा छाला पर्ने बित्तिकै मेलुनोसाइट कोषिकाहरु उत्तेजित हुन थाल्छन । त्यसैले घाममा निस्किंदा वा घाममा काम गर्नुपरेमा सनस्क्रिन लगाउनु अनिवार्य छ । सनस्क्रिन लगाउँदा छालाको प्रकारअनुसार लगाउनुपर्छ । यदि चिल्लो अनुहार भएमा जेल बेस वा लोसनयुक्त लगाउने र सुख्खा छाला भए क्रिम लगाउने गर्नुपर्छ । साथै ३० देखि ५० सम्मको एसपीएफ भएको सनस्क्रिन लगाउनु उपयुक्त हुन्छ ।

छालाको उपचार कुनै क्रिम लगाएर मात्र हुँदैन, एन्टिअक्सिडेन्ट खानेकुरामा जोड दिनुपर्छ । जसको लागि भिटामिन सी र एयुक्त खानेकुरा दैनिक खानुपर्छ । गाँजर, काँक्रा, पाकेको फर्सी, अमलाको रस खाँदा छालालाई घाम वा विभिन्न कारणले पुर्‍याएको क्षति व्यहोर्न मद्दत पुग्छ ।

त्यस्तै यसको उपचार छालाको प्रकार अनुसार गरिन्छ । चिकित्सकले छालाको प्रकार हेरेर यसलाई हटाउने मलम दिन सक्छन् । कसैलाई भने मलमले मात्र नभई औषधि पनि आवश्यक पर्न सक्छ ।

यदि चाया हल्का खैरो भएमा निको हुन र उपचारमा सहज हुन्छ, किनकि यसले छालाको सतहमा मात्रै असर गरेको हुन्छ । तर भित्री सतहमा फैलिएको चायापोतो गाढा हुने हुँदा उपचार पनि कठिन हुन सक्छ ।

औषधिले मात्र कम नहुने केसमा सर्जिकल उपचार विधि, भिटामिन सीको मात्रा बढाएर गरिने केमिकल पिलबाट पनि उपचार गरिन्छ । अहिले चलेको तर अन्य उपचारको दाँजोमा खर्चालु लेजर प्रविधिबाट पनि यसको उपचार सम्भव छ ।

ध्यान दिनुपर्ने कुरा

अनुहारमा चायापोतो आउने समस्या समाधानका लागि छालासम्बन्धी चिकित्सकको परामर्श लिनुपर्छ । कुन औषधि कति मात्रामा दिंदा राम्रो हुन्छ भन्ने कुरा छालाको प्रकृति हेरेर तय गरिने हुँदा जथाभावी औषधि आफैं लगाउनु हुँदैन ।

जथाभावी केमिकल भएको औषधिले छालालाई झनै बिगार्न सक्छ । फलस्वरूप छाला पातलो हुँदै जाने, शरीरभर डन्डीफोर आउने, छाला रातो हुनेदेखि रक्तनलीलाई असर गर्नेसम्म जोखिम हुन्छ ।
(प्रा. डा. भट्टराई छाला तथा यौनरोग विशेषज्ञ हुन् ।

Previous Post

कटहरसँग के-के मिसाएर खानु हुँदैन ?

Next Post

अकबरे खुर्सानीका १५ गुण

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

अकबरे खुर्सानीका १५ गुण

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.