कान्छी सिरियल पछिल्लो समयमा नेपाली दर्शकको रोजाई बनेको छ ।
आशा फिल्मस्को प्रस्तुतीमा कान्छी ओफिसियल युटुबमा हरेक हप्ता शनिबार बेलुका सार्वजनिक हुने उक्त सिरियल निकै लोकप्रिय बनेको छ ।
गाउँ समाज तथा घरपरिवारमा घट्ने घटनाहरुलाई कथा वस्तु बनाएर प्रतुतीकरण गरिने उक्त सिरियलले बच्चा देखि बुढापाकाको मन जित्न सफल भएको छ । उक्त सिरियलमा कलाकार आशा खड्काले आफै कथा लेखन, निर्माण तथा निर्देशन गर्दै आएकी छन् ।
सिरियल युटुबमा अपलोड भएको २४ घण्टा नबित्दै २३ लाख भन्दा बढी पटक हेरिन्छ । उक्त सिरियलमा सामाजिक घटनालाई निकै आकर्षक ढंगबाट प्रस्तुत गरिने भएको हुँदा पनि नेपाल हेरिने नेपाली सिरियलहरु मध्य पहिलो नम्बरमा आउछ ।
सिरियल जनचेतना मूलक तथा सन्देशमूलक र मनोरन्जनात्मक रुपमा धारावाहिक प्रस्तुत गर्नाले पनि दर्शकको माया पाउन सफल भएकोे अनुमान गर्न सकिन्छ । सिरियलको हरेक भागहरु ६० — ७० लाख भन्दा बढि पटक हेरिएको छ ।
आशा ख्डकाको निर्देशनमा रामचन्द्र अधिकारी, रमा थपालिया, शिवहरि आर्चाय, मन्जु श्रेष्ठ, स्वयम् आशा खड्का, सागर गौतम, लक्ष्मीनाथ मौत्गल्या,संगम राई, खुसी पाण्डे,मेलिना ठकुरी, लक्ष्मी भुसाल, सपना श्रेष्ठ, मन्जु श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, सन्तोष न्यौपाने, सन्देश न्यौपाने, निशु राई, सिम्रन न्यौपाने, इन्द्रजित चौलागाँई, आहाना खड्का, नवराज थापा, रोहित कार्की लगायतका कलाकारहरुको अभिन्य देख्न सकिन्छ ।
सिरियलको शीर्ष गीत पनि निक्कै मार्मिक रहेको छ । उक्त गीतमा गीतकार नारायण कंडेलको शब्द रहेको छ भने गायक तथा सर्जक जय देवकोटाको संगीत रहेको छ । यस्तै चर्चित गायिका स्मीति शाहीको उक्त गीतमा स्वर रहेको छ ।
उक्त सिरियलमा श्याम गौतमको छायाँकन योसेफ सेवकको सम्पादन यस्तै देवराज आर्चायको सह—सम्पादन रहेको छ । सिरियल हरेक पक्ष उत्तिकै उत्कृष्ट रहेको छ ।






Discussion about this post