HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

ग्यास्ट्रिकको समस्या हुनेले चिया पिउने कि कफी ? जानी राखौ

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

जाडोयाममा औसतमा भन्दा धेरै चिया वा कफी पिउने चलन धेरैको हुन्छ । कोही दूध राखेको चियाले ग्यास्ट्रिक गराउने भन्दै कालो चिया धेरै पिउने गर्छन् त कोही दूध चिया र कफी नै पिउन पनि डराउँदैनन् । तर चिया र कफी पिउनु ग्यास्ट्रिक र अपचको समस्या भएका बिरामीको लागि कत्तिको हानिकारक छ ?

वास्तवमा हिउँदमा मानिसहरू विभिन्न प्रकारका फ्राइड रोस्ट खान्छन्, जसले एसिडिटी र ग्यास्ट्रिकको समस्याहरू निम्त्याउँछ । कहिलेकाँही यस्ता खानामा रहेको अम्लताले पेटको दुखाइ, छातीमा जकडिएको वा गम्भीर टाउको दुखाइको समस्या पनि निम्त्याउँछ । तर के मानिसहरू चिया पिएर ग्यास्ट्रिक या एसिडिटीको शिकार हुने गर्छन् ? यदि हुन्छ भने यस्तो अवस्थामा चियाको विकल्पमा के पिउन सकिन्छ रु भन्ने प्रश्नको उत्तर खोज्नको लागि अन्तर्राष्ट्रियस्तरमा विभिन्न किसिमका खोजीहरू भएका छन् ।

ग्यास्ट्रिकको समस्यामा चिया र कफी

२०१३ मा गरिएको एक अध्ययनले ग्यास्ट्रिकको समस्या भएकाहरूले कफी पिउँदा समस्या झनै बढ्ने सम्भावना रहेको देखाएको छ । यस कारणले गर्दा मानिसहरूमा भोक कम लाग्ने, डकार धेरै आउने र पेटमा दुखाइको मससुस हुने गर्छ ।

चिकित्सक र स्वास्थ्य संगठनहरूले समेत ग्यास्ट्रिकको समस्या भएका मान्छेमा कफीजन्य पेय पदार्थबाट बच्नुपर्ने सुझाव दिन्छन् । ती संगठनहरूको अध्ययन रिपोर्टले ग्यास्ट्रिकका बिरामीले जति धेरै कफी वा चियाको सेवन ग¥यो उति नै यसको समस्या बढ्दै जाने बताएको छ ।

ग्यास्ट्रिकको समस्यामा कफी

जर्नल अफ गेस्ट्रोएन्टेरोलोजी एण्ड हेपेटोलोजीमा प्रकाशित एक अन्तर्वार्तामा स्ट्यानफोर्ड युनिभर्सिटीका सह प्राध्यापकले ग्यास्ट्रिक भएका बिरामीहरूको जीवनशैली परिवर्तनको बारेमा कुरा गर्दा कफी एवं कफीजन्य पेय पदार्थबाट सकेसम्म टाढै बस्न सल्लाह दिएका थिए । यसरी यदि तपाईंले कफी पिउनुहुन्छ, जसमा कफीजन्य पदार्थ अधिक मात्रा हुन्छ भने यसले पेटमा उत्पन्न हुने ग्यास सम्बन्धी समस्यालाई बढाउन पनि सक्छ ।

ग्यास्ट्रिकको समस्यामा चिया पिउँदाका फाइदाहरू

अब चिया र ग्यासको समस्याको बारेमा कुरा गर्दा अनुसन्धानकर्ताहरूले भनिरहेका छन् कि यी सबै क्याफिनयुक्त पदार्थहरूले ग्यासको समस्यालाई बढाउन सक्दछ, चाहे यो कफीमा होस् वा चियामा वा अन्य कुनै खाद्यान्न वस्तुहरूमा ।

चियामा क्याफिन मात्र हुँदैन तर अन्य धेरै कम्पोनेन्टहरू पनि हुन्छन् । यदि तपाईंले चिया पिउँदा ग्यासको समस्या बढाउने कफिन मात्रै नभएर त्यसलाई नियन्त्रण गर्ने पदार्थ पनि त्यसमा पाउन सक्नुहुनेछ । तर त्यसको लागि तपाईंले केही ध्यान दिनुपर्ने कुरा समेत छ । उदाहरणको लागि चियामा धेरै दूध र चियापत्तीहरू नथप्नुहोस् । यसको सट्टामा चियाको पनि फरक भेराइटीहरू छान्नुहोस् ।

-कागती चिया

-कालो चिया

-हर्वल चिया

-सहजनको पातको चिया

यति हुँदाहुँदै पनि ग्यास सम्बन्धी समस्याहरूको बेला चिया र कफी पिउने या नपिउने भन्ने सवालमा अझै धेरै अनुसन्धान गर्नु आवश्यक छ । किनभने धेरै अनुसन्धानहरूले पनि सुझाव दिन्छ कि पूरै आहारबाट कफिन हटाउनु पनि बुद्धिमानी होइन । किनकि कफिनले मस्तिष्कलाई सक्रिय पार्न पनि मद्दत गर्छ । शरीरको लागि कफीका अन्य धेरै फाइदाहरू पनि छन् । तर अझै पनि व्यक्तिहरूले यो कुरा सधैं मनमा राख्नुपर्र्छ कि यदि हामीले सन्तुलित तरिकाले केही खान्दैनौं भने यसले समस्याहरू निम्त्याउन सक्छ ।

Previous Post

स्तनलाई टाइट र आकर्षक कसरी बनाउने ? यस्ता छन् रोचक तरिकाहरु

Next Post

घरबाट बाहिर निस्कनु अघि गर्नुहोस् यी काम, सफल हुनेछन् हरेक काम !

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

घरबाट बाहिर निस्कनु अघि गर्नुहोस् यी काम, सफल हुनेछन् हरेक काम !

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २१ मिनेट अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.