HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

पित्तथैलीमा पत्थरी भएको कसरी थाहा पाउने ? यसका लक्षणहरु के के हुन् ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो समय नेपालमा पित्तथैलीमा पत्थरी हुने बिरामीको संख्या बढ्दो छ । प्रायः ४० वर्ष आसपासको मान्छेमा यो समस्या धेरै देखिने गरेको छ । यद्यपि, पछिल्लो समय सानो उमेरका मानिसहरू पनि यो समस्या लिएर अस्पताल धाउन थालेका छन् । मोटोपन भएका मान्छे र महिलामा यो समस्या धेरै देखिने गरेको छ । वंशानुगत कारणले पनि यस्तो समस्या देखिने गरेको छ ।

लक्षण
पित्तथैलीमा पत्थरीको लक्षण ग्यास्ट्रिकको जस्तो हुन्छ । अधिकांश मानिस ग्यास्ट्रिक भनेर बसेका हुन्छन् । मुटुको भागभन्दा मुनि दुखाइ हुन्छ ।
दायाँपट्टिको कोखामा दुखाइ महसुस हुन्छ । कसैलाई देब्रे कोखामा पनि दुखाइ हुन्छ ।
पेट फुलेजस्तो महसुस हुन्छ । खाना खाएपछि धेरै पेट दुखाइ हुन्छ । खानापछि धेरै दुखाइ भयो भने पत्थरी नै सम्झिँदा हुन्छ ।
चिल्लो खाँदा पेट ढुस्स हुन्छ । खाना खाएपछि पखाला पनि लाग्न सक्छ ।

पहिचान र उपचार विधि

पेटको अल्ट्रासाउन्ड गरेपछि मात्रै पित्तथैलीमा पत्थरी भए नभएको पत्ता लाग्छ । खाली पेटमा अल्ट्रासाउन्ड गरेर जाँच गर्नुपर्छ । पत्थरी नलीमा गएर अड्कियो भने जन्डिस हुने सम्भावना हुन्छ । त्यसपछि सहन नसक्ने दुखाइ हुन सक्छ । पाचन ग्रन्थि सुन्निन सक्छ । त्यसैले धेरै लक्षण नहुँदा उपचार गर्नुपर्छ । जन्डिस भयो भने कलेजोमा इन्फेक्सन हुन सक्छ । पत्थरी ठूलो छ र लामो समय भइसकेको छ भने क्यान्सर हुने खतरा पनि हुन्छ ।

पित्तथैलीमा मासु पलाएर एक सेन्टिमिटरभन्दा ठूलो छ भने क्यान्सर हुने सम्भावना हुन्छ । त्यसका लागि सिटिस्क्यान गरेर जाँच गरिन्छ । सिटिस्क्यान, एमआरसिपी र अल्ट्रासाउन्ड जाँच गरेपछि मात्रै थाहा हुन्छ । कहिलेकाहीँ पित्तथैलीको कारण मात्रै दुखाइ नहुन सक्छ, त्यस्तो अवस्थामा इन्डोस्कोपी गर्नुपर्छ । कहिलेकाहीँ पेटमा अल्सर हुँदा पनि दुख्न सक्छ, त्यसलाई छुट्याउन यसरी जाँच गरिन्छ ।

पत्थरी मात्रै निकाल्यो भने पित्तथैलीमा नयाँ समस्या देखिन सक्छ । त्यसैले अप्रेसन गरेर पित्तथैली पूरै निकाल्नुपर्ने हुन्छ । पित्तथैली निकाल्नु भनेको पित्त निकाल्नु होइन । पित्तको ‘सोर्स’ भनेको कलेजो हो । कलेजोले पित्त उत्पादन नै गरिरहन्छ । खाना पचाउने काम पित्तले गरिरहन्छ । पित्तथैलीको अप्रेसन गर्दा चिरेर र ल्याप्रोस्कोपी प्रविधिबाट प्वाल पारेर गर्न सकिन्छ । चिरेर गरे पनि ल्याप्रोस्कोपी विधिबाट प्वाल पारेर गरे पनि तरिकाचाहिँ उस्तै हो ।

पित्तथैलीको कारणले दुखाइ बढी छ, ज्वरो आएको छ भने तत्कालै अप्रेसन गर्नुपर्ने हुन्छ । तर, पाचन ग्रन्थिमै असर गरिसकेको छ भने केही पर्खेर गर्नुपर्ने हुन्छ । सुन्निएको छ, दुखाइ धेरै भएको छ भने दूरबिन प्रविधिबाट ९ल्याप्रोस्कोपी विधि० नै अप्रेसन गर्न सकिन्छ । पित्तथैलीको अप्रेसनपछि केही समय आराम गर्नुपर्छ । खानेकुरामा केही बार्नुपर्दैन ।

कस्तो अवस्थामा अप्रेसन नगर्ने ?

पित्तथैलीमा पत्थरी भएपछि अप्रेसन नै गर्नुपर्छ भन्ने हुँदैन । जसलाई ग्यास्ट्रिक छैन, चिल्लो खाँदा दुखाइ हुँदैन । त्यस्ता व्यक्तिले अप्रेसन गर्नुपर्दैन । त्यसले केही असर गर्दैन ।

यदि ६० वर्षमाथिका मान्छेलाई पत्थरीको कुनै लक्षण देखिएन भने अप्रेसन गर्नुपर्दैन । मधुमेहको समस्या भएका, पित्तथैली बाक्लो हुँदै गएका, अन्य रोगको औषधि लिइरहेका मान्छेले लक्षण नभए पनि अप्रेसन गर्नुपर्छ ।

लक्षण नदेखिएको मान्छेले चिल्लो कम खानुपर्छ । चिल्लोले पत्थरी गराउँदैन, तर दुखाइ धेरै गराउन सक्छ । पेट भारी हुने गरी खानुहुँदैन ।

Previous Post

कोलेस्टेरोल कम गर्न के खाने ? थाहापाउनुहोस्

Next Post

किन बज्यो एनटीसीको मोबाइलमा गाउँ गाउँबाट उठ..?

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

किन बज्यो एनटीसीको मोबाइलमा गाउँ गाउँबाट उठ..?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.