फाइदा
शरीरमा ऊर्जा बढ्ने, रोगप्रतिरोधात्मक क्षमता बढाउने, भिटामिनको पूर्ति, उपवासको समयमा भोकप्यासको कमी एवं थकान भगाउँछ ।
५. अपान वायुमुद्रा
चोर औंलालाई बुढी औंलाको फेदमा राखेर हलका थिचेर राख्ने तथा अनामिका, माझी औंला र बुढी औंलाको अगाडिको भाग मिलाउनुपर्छ ।
फाइदा
यसले हृदयरोग, बाथरोग भगाउँछ । शरीरमा आरोग्यताको विकास, यो मुद्रा गरेमा सञ्चो हुन्छ। पेटको ग्याँस, टाउको दुखाइ, पेट दुखाइ, कम्मर दुखाइ, नसासम्बन्धी समस्या, दम, एसिडिटीमा पनि फाइदाजनक छ ।
६. शवासन
मृत व्यक्तिको लासजस्तो हुन्छ त्यसै प्रकार निर्जीव भएर शरीरलाई हलका छाडिदिनुलाई शवासन भनिन्छ । यो अवस्थामा शरीरमा दुखाइ बढी हुने हुँदा थकान पनि उस्तै महसुस भइराखेको हुन्छ । शवासनको अभ्यासले शरीर शान्त र ऊर्जा बढाउने काम गर्छ ।
यस अवस्थामा बिस्तारै शरीरको प्रत्येक भागमा बढी ध्यान दिनुहोस् र श्वासप्रश्वासको गति सुस्त राख्नुपर्छ। जब शरीर १०–१२ मिनेटमा पूर्ण रूपमा आराम हुन्छ, तपाईं नयाँ ताजापन महसुस गर्न सक्नुहुन्छ ।
सावधानी
महिनावारीको समयमा शीर्षासन, कपालभाँतीजस्ता गाह्रो खालका आसन गर्नुहुँदैन । यस समय शरीर अन्य बेलाभन्दा कमजोर हुने हुँदा आधिकारिक योग प्रशिक्षकसँग सल्लाह गरेर मात्र अभ्यास गर्नुपर्छ ।







Discussion about this post