पछिल्लो समय आर्थिक तरलतासंग ब्यापार ब्यवसाय ठप्प भएकाले घर भाडा घटाएर सहयोग गर्न ब्यसायीले आग्रह गरेका छन ।
अहिले ब्यसायीहरु अत्यन्त अप्ठेरो अवस्थामा रहेको बताउँदै पोखराका रेष्टुरेण्ट तथा बार एशोसियसन सिटी रेवान पोखराले घरभाडा घटाउन घरधनीलाई अपिल गरेको हो ।
सिटी रेवान पोखराका अध्यक्ष दीपक तिमिल्सनाले घरभाडा आधा घटाउन घरधनीहरुलाई अपिल गरेका हुन् ।आर्थिक तरलताका कारण व्यापार, व्यवसाय चौपट भएको भन्दै व्यवसायी बचाउन घरभाडा घटाउनुपर्ने अध्यक्ष तिमिल्सिनाले बताए ।
उनले एकातिर आर्थिक मन्दीले व्यापार चौपट रहेको र अर्कोतिर बैंकको ब्याज , किस्ताले थिचिँदा व्यवसायी उठ्नै नसक्ने भएकाले घरधनीहरुले सहयोग गर्नु पर्ने बताएका हुन ।
उनले ब्यसायी र ब्यवसाय बचाउन घरधनीहरुले ५० प्रतिशत घर भाडा घटाउन आग्रह गरे ।उनले यदी धरबेटीले भाडामा सहुलियत नगर्नेको अवस्थामा व्यवसायीले व्यवसाय छाडेर पलायन हुनु पर्ने अवस्था आउन सक्ने बताए ।
उनले पोखरा क्षेत्रमा हालसम्म २५ देखि ३० प्रतिशत व्यवसायी व्यवसाय छाडेर पलायन भइसकेको दावी गर्दै यदी घरभाडा नघटाएको अवस्थामा अझै त्यति नै संख्यामा पलायन हुने उल्लेख गरे ।






Discussion about this post