HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

जन्मिनासाथ कतिपय शिशुलाई किन हुन्छ जन्डिस ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

जन्मिनासाथ शिशुमा जन्डिस हुनु सामान्य हो । समयभन्दा पहिले जन्मिएका शिशुमा त यो झन् सामान्य हो । नवजात शिशुलाई जन्मेको दुई–तीन दिनभित्र जन्डिस हुन सक्छ । केही शिशुमा जन्मेको एकदेखि दुई हप्ताभित्र यो आफैं निको हुन्छ भने केहीमा फैलिँदै जान्छ । तर, कहिलेकाहीँ जन्डिस अन्य रोगहरूको पनि सङ्केत हुन सक्छ ।

धेरै बच्चामा यो अस्थायी रूपमा देखिन्छ र यसले बच्चालाई खासै क्षति पनि पुर्याउँदैन उपचार पछि राम्ररी निको हुन्छ । केहीमा भने यो गम्भीर हुन पनि हुन सक्छ । त्यसैले शिशुमा हुने जन्मजात जन्डिस भनेको हो ? यसले कुनै दीर्घकालीन समस्या हुन्छ कि हुँदैन ? लगायत विषयमा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरकी नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. नीमा श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश :

गर्भमै जन्डिस हुन्छ कि जन्मिएपछि ?

गर्भमै जन्डिस हुँदैन, शिशु जन्मिएपछि मात्र हुने हो । यस्तो जन्डिस प्रायः बच्चा जन्मिएको २४ घण्टापछि देखा पर्छ ।

के कारणले जन्डिस हुन्छ ?

कलेजोले रगतबाट ‘बिलिरुबिन’ सफा गर्ने काम गर्छ तर कलेजोको राम्रोसँग विकास नभएका बालबालिकालाई बिलिरुबिन फिल्टर गर्न समस्या हुन्छ । त्यस्ता बालबालिकाको शरीरमा बिलिरुबिनको मात्रा बढ्दै जान्छ र जन्डिसको समस्या देखा पर्छ । समयअगावै जन्मिएका शिशु, पर्याप्त स्तन दूध वा फर्मुला नपाएका बच्चाहरू, पहिलो बच्चामा जन्डिस देखा परेको छ भने दोस्रो बच्चामा पनि देखिने सम्भावना हुन्छ ।

आमाको रगत समूहसँग मिल्दोजुल्दो नभएका बच्चालाई नवजात जन्डिसको जोखिम बढी हुन्छ । यसबाहेक नवजात शिशुमा कलेजोमा समस्या, संक्रमण, इन्जाइमको कमी र बच्चाको रातो रक्त कोषिकामा असामान्यताका कारण पनि जन्डिस हुने गर्छ ।

डा. नीमा श्रेष्ठ
शिशुलाई जन्डिस हुँदा आमालाई पनि हुन्छ ?

शिशुलाई जन्डिस हुँदा आमालाई जन्डिस हुँदैन । शिशुलाई जन्डिस हुँदा आमाले खाना बार्नुपर्छ भन्ने भ्रम पनि छ । तर शिशुलाई जन्डिस हुँदा आमाले खाना पनि बार्नु पर्दैन ।

जन्मजात जन्डिस हुँदा उनीहरूलाई कुनै दीर्घकालीन समस्या हुन्छ ?

जन्मजात जन्डिस हुँदा शिशुलाई कुनै दीर्घकालीन समस्या हुँदैन । तर कुनै बच्चाको जन्डिस एकदमै बढी भएर त्यो मस्तिष्कसम्म पुग्यो भने त्यसले गर्दा मस्तिष्कघात हुने छारेरोग लाग्ने सम्भावना हुन्छ । समयमै उपचार भयो भने यस्तो सम्भावना पनि हुँदैन ।

कानमा समस्या हुन्छ भनिन्छ नि ?

जन्डिस एकदमै फैलिएर मस्तिष्कसम्म पुगेको बच्चामा कानमा र आँखामा समस्या हुन्छ । कुनै कारण बस जन्डिस घटेन बढेको बढ्यै गरेर रगत नै परिवर्तन गरेर उपचार गर्नुपर्ने अवस्था भएका बच्चामा कानमा र आँखामा समस्या हुने सम्भावना रहन्छ ।

शिशुलाई जन्डिस भएपछि कसरी स्याहारसुसार गर्ने ?

शिशुलाई सामान्य जन्डिस भएको छ भने ३० मिनेटदेखि ४५ मिनेट सबै लुगा खोलेर घाममा राख्नुपर्छ । बच्चालाई इन्फेक्सनबाट बचाउनुपर्छ । उनीहरूलाई आमाको दूध राम्ररी खान दिनुपर्छ । बच्चाको दिसा पिसाब पनि राम्ररी भएको हुनुपर्छ । किनकि यो जन्डिस दिसा पिसाबमार्फत बाहिर निस्किएर जान्छ र बिस्तारै कम हुँदै जान्छ ।

औषधि उपचार कसरी गर्ने ?

नवजात शिशुमा भएको जन्डिसको उपचार सम्भव छ । धेरै फैलिएको छैन भने यो आफैं निको हुन्छ । तर फैलिंदै गयो भने अस्पताल गएर चिकित्सकको परामर्श लिनुपर्छ । जन्डिस फैलिरहेको छ भने ‘फेटो थेरापी’ सेक्ने विधिमार्फत उपचार गरिन्छ । यो उपचारबाट पनि जन्डिस फैलिन रोकिएन भने रगत नै फेरेर उपचार गर्नुपर्ने हुन्छ ।

Previous Post

सेक्सपछि पुरुष भुसुक्कै, महिला जुरुक्कै, कारण के हो ?

Next Post

गर्मीमा बालबालिकालाई घमौराबाट कसरी जोगाउने ?

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

गर्मीमा बालबालिकालाई घमौराबाट कसरी जोगाउने ?

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २१ मिनेट अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.