नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद एवं सचिव टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौंले तीन दिन थुनामा राख्न अनुमति दिएको छ । जिल्ला अदालतले अनुसन्धानका लागि उक्त म्याद दिएको हो । पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका रायमाझीलाई प्रहरीले आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ गरेको थियो।
प्रहरीले उनलाई सोमबार अदालतमा पेस गरेको हो । प्रहरीले अब रायमाझीको बयान लिने छ । रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलियाहरुलाई सहयोग गरेको अनुसन्धानमा पाइएको थियो ।






Discussion about this post